Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

नेपाल चलचित्र संघको अध्यक्षमा प्रज्वल शमशेर जबरा निर्वाचित

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपाल चलचित्र संघको अध्यक्षमा प्रज्वल शमशेर जबरा निर्वाचित
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । नेपाल चलचित्र संघको अध्यक्षमा प्रज्वल शमशेर जबरा निर्वाचित भएका छन्। संघको शनिबार अबेर साँझ सम्पन्न ५२औँ साधारण सभाले तीन वर्षे कार्यकालका लागि जबराको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। अध्यक्ष पदका लागि भएको प्रतिस्पर्धामा जबराले गोपालकाजी कायस्थलाई १६ मतले पछि पार्दै जित हासिल गरेका हुन्। संघको कार्यसमिति सदस्यहरू भने निर्विरोध चयन भएका छन्। चलचित्र प्रदर्शकको खुला समूहबाट दुर्गालाल प्रधान, मिजास पोखरेल, आशिष तामाङ र योगेन्द्र मल्ल ठकुरी सदस्यमा चयन भएका छन्। त्यस्तै, चलचित्र वितरकको प्रतिनिधित्व गर्दै करण श्रेष्ठ र गोविन्दबहादुर शाही निर्विरोध निर्वाचित भएका छन्। प्रदेशगत प्रतिनिधित्वतर्फ कोशी र मधेश प्रदेशबाट चेतन बराल तथा बागमती प्रदेशबाट सुरेन्द्रकुमार थापा र विपश्यना श्रेष्ठ चयन भएका छन्। त्यसैगरी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्ने सदस्य पदमा कर्णालीका डाक्टर सिंह गुरुङ चयन भएका छन्। नेपाल चलचित्र संघ चलचित्र प्रदर्शक तथा वितरकहरूको साझा संस्था हो। नयाँ नेतृत्वले चलचित्र प्रदर्शन तथा वितरण व्यवसायका साथै नेपाली चलचित्र क्षेत्रले भोगिरहेका समस्या र चुनौती समाधानका लागि प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
राष्ट्रिय खेलकुद प्रतियोगितालाई सरकारले अबदेखि नियमित आयोजना गर्छ :  प्रधानमन्त्री शाह
Latest NewsJust now

राष्ट्रिय खेलकुद प्रतियोगितालाई सरकारले अबदेखि नियमित आयोजना गर्छ :  प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले हरेक दुई वर्षमा आयोजना गर्ने लक्ष्यसहित २०३८ सालमा सुरु भएको राष्ट्रिय खेलकुद प्रतियोगितालाई सरकारले अबदेखि प्रतियोगिताको उद्देश्यअनुरूप नियमित रूपमा आयोजना गर्ने र यसको स्तर... ...

रातोपाटी
शिक्षण शुल्क समायोजन र सिट निर्धारणको आधार सार्वजनिक नभएसम्म मेडिकल कलेजले भर्ना नलिने
Latest NewsJust now

शिक्षण शुल्क समायोजन र सिट निर्धारणको आधार सार्वजनिक नभएसम्म मेडिकल कलेजले भर्ना नलिने

काठमाडौँ । एसोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालले सिट निर्धारण प्रक्रियामा पारदर्शिता नअपनाइएको र चिकित्सा शिक्षा ऐनअनुसार वार्षिक शिक्षण शुल्क पुनरावलोकन लागू नभएको भन्दै स्नातक (युजी) तथा स्नातकोत्तर (पिजी) तहको विद्यार्थी भर्ना लिन नसक्ने जनाएको छ । एसोसिएसनले आज विज्ञप्ति जारी गर्दै आफ्ना मागहरू सम्बोधन नभएसम्म भर्ना प्रक्रिया अगाडि नबढाउन चिकित्सा शिक्षा आयोगलाई आग्रह समेत गरेको छ । विज्ञप्तिमा ...

टक्सार
मोदी र मुर्मूलाई बालेनले दिदैँछन् २ ऐतिहासिक उपहार, के छन् विशेषता ?
Latest NewsJust now

मोदी र मुर्मूलाई बालेनले दिदैँछन् २ ऐतिहासिक उपहार, के छन् विशेषता ?

काठमाण्डु– प्रधानमन्त्री बालेन्द्र शाहले भारतको राजकीय भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति द्रौपदी मुर्मूलाई नेपालका दुई महत्त्वपूर्ण धार्मिक तथा ऐतिहासिक सम्पदासँग सम्बन्धित मूर्ति उपहार दिने भएका छन् । यसअघिका नेपाली प्रधानमन्त्रीहरूले भारत भ्रमणका क्रममा पशुपतिनाथ मन्दिरको प्रतिकृति उपहार दिने गरेकोमा प्रधानमन्त्री शाहले यसपटक फरक र ऐतिहासिक महत्त्व बोकेका उपहार रोजेका हुन् । प्रधानमन्त्री […] ...

काठमाण्डुपाटी
नयाँ दिल्लीमा प्रधानमन्त्री शाह र मोदीको तस्बिर अंकित होर्डिङ बोर्ड
Latest NewsJust now

नयाँ दिल्लीमा प्रधानमन्त्री शाह र मोदीको तस्बिर अंकित होर्डिङ बोर्ड

प्रधानमन्त्री वालेन्द्र शाहको स्वागतमा भारत सरकारले राजधानी नयाँ दिल्लीका सडकमा शाह र आफ्ना प्रधानमन्त्री नरेन्द्र मोदीको संयुक्त तस्बिरको होर्डिङ बोर्ड स्थापना गरेको छ।   ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play