Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

मधेशमा छठ पर्वको रौनक : घाट सिँगारिए, बजारमा चहलपहल

Share:WhatsAppFacebookX (Twitter)Telegram
मधेशमा छठ पर्वको रौनक : घाट सिँगारिए, बजारमा चहलपहल
Photo / Coverage: नेपालन्युज

काठमाडौं। लोकआस्था, प्रकृति पूजा र सामाजिक सद्भावको प्रतीक मानिने छठ पर्वको रौनकले यतिबेला मधेश प्रदेशका गाउँदेखि सहरसम्म उत्सवमय बनेको छ। चार दिनसम्म श्रद्धा र निष्ठाका साथ मनाइने यो पर्वका लागि नदी, तलाउ तथा जलाशयका किनारमा घाट निर्माण र सरसफाइका काम अन्तिम चरणमा पुगेका छन्। जनकपुरधामका ऐतिहासिक सरोवरहरू गंगासागर, धनुषसागर र महाराजसागरलगायतका पोखरीहरूलाई बेहुलीझैँ सिँगारिएको छ। महोत्तरीको मटिहानीस्थित बिग्ही नदीमा करिब डेढ किलोमिटर लामो घाट निर्माण गरिएको छ, जसलाई नेपालकै सबैभन्दा लामो छठ घाट मानिएको छ। वीरगञ्जको घडीअर्वा पोखरी र सप्तरीको छिन्नमस्तामा पनि विशेष तयारी गरिएको छ। छठ पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ। यस वर्ष जनकपुरधाममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उनकी पत्नी निकिता पौडेलले छठ मनाउने तयारी गरेका छन्। उनीहरूले कुनै सर्वसाधारणको घरमा बसेर धार्मिक विधि पूरा गर्ने कार्यक्रम छ। प्रधानमन्त्रीको पनि जनकपुर भ्रमण हुन सक्ने चर्चा रहे पनि औपचारिक पुष्टि हुन बाँकी छ। विशिष्ट व्यक्तिहरूको सम्भावित उपस्थितिलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको धनुषा प्रहरीले जनाएको छ। दीपावलीपछि बजारमा आर्थिक चहलपहल बढेको छ। छठका लागि आवश्यक पर्ने सामग्री र फलफूलको माग बढेसँगै व्यापारीहरू उत्साहित देखिएका छन्। जनकपुरधाममा मात्रै छठ लक्षित करिब ६ करोड रुपैयाँ बराबरको फलफूल भित्रिएको फलफूल व्यवसायी संघले जनाएको छ। पछिल्ला दशकमा तराई मधेशबाट सुरु भएको छठको लोकप्रियता अहिले काठमाडौंसहित देशका विभिन्न सहरमा समेत विस्तार भएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
के दीपावलीका बेला दिल्लीको वायु प्रदूषणसम्बन्धी तथ्यांक भ्रामक थियो ?
Latest NewsJust now

के दीपावलीका बेला दिल्लीको वायु प्रदूषणसम्बन्धी तथ्यांक भ्रामक थियो ?

नयाँ दिल्ली । भारतको राजधानी नयाँदिल्लीमा दीपावलीका बेला वायु प्रदूषणको वास्तविक अवस्था सरकारी तथ्यांकमा देखाइएको भन्दा निकै खराब रहेको पाइएको छ । बीबीसी भेरिफाइले गरेको अनुसन्धानले भारत सरकारका दुईवटा तथ्यांक... ...

रातोपाटी
जेन्सन हुआङ : एआईका बादशाहको निजी जीवनमा उठेका प्रश्न
Latest NewsJust now

जेन्सन हुआङ : एआईका बादशाहको निजी जीवनमा उठेका प्रश्न

हुआङको कठिन बाल्यकालदेखि एनभिडियाको सफलतासम्मको यात्रा असाधारण छ, तर चिनियाँ जासुस भनिएकी एलिस हुआङसँगको विवाहेतर सम्बन्ध र आफ्‌नै कम्पनीकी उच्च अधिकारीसँग अर्को सम्बन्धको आरोपले अहिले उनको व्यक्तिगत जीवनदेखि व्यावसायिक भविष्यमा समेत प्रश्न उठाएको छ । ...

कान्तिपुर
१० बजे १० समाचार : भीमफेदी दुर्घटनामा १४ जनाले ज्यान गुमाए, खैरो हेरोइनको कारोबार शैली फेरियो
Latest NewsJust now

१० बजे १० समाचार : भीमफेदी दुर्घटनामा १४ जनाले ज्यान गुमाए, खैरो हेरोइनको कारोबार शैली फेरियो

आज २०८३ कात्तिक २६ गते बिहीबार। आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ : भीमफेदी दुर्घटना भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको यात्रुवाहक... ...

रातोपाटी
यातायात व्यवसायी महासङ्घद्वारा दुःख व्यक्त
Latest NewsJust now

यातायात व्यवसायी महासङ्घद्वारा दुःख व्यक्त

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले मकवानपुरको भीमफेदीमा भएको विद्युतीय माइक्रोबस (इभी) दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ। महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौला (सरोज)ले आज एक शोक वक्तव्य जारी गर्दै दुर्घटनामा परी ज्यान गुमाउनेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्। साथै, शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। अध्यक्ष सिटौलाले घाइतेहरूको प्रभावकारी उपचार, आवश्यक स्वास्थ्य सेवा तथा उचित राहतको ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play