Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले शपथ लिँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले शपथ लिँदै
Photo / Coverage: टक्सार

काठमाडौँ । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आज बिहान ९ बजे पद तथा गोपनीयताको शपथ लिने भएका छन्। प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णले यादवलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय भएको छ। जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेश प्रदेश संसदीय दलका नेता यादव दोस्रो पटक प्रदेश सरकारको नेतृत्वमा पुग्न लागेका हुन्। संविधानको धारा १६८ को उपधारा (३) बमोजिम मुख्यमन्त्री नियुक्त भएका यादवले शपथ ग्रहणसँगै औपचारिक रूपमा सरकारको नेतृत्व सम्हाल्नेछन्। मुख्यमन्त्री नियुक्त भए पनि यादवका लागि आगामी बाटो भने चुनौतीपूर्ण देखिएको छ। यादवले मुख्यमन्त्री नियुक्त भएको सात दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिने बताएका छन्। त्यसका लागि उनले प्रदेशसभामा रहेका दल तथा सांसदहरूको समर्थन जुटाउनुपर्नेछ। शपथ ग्रहणपछि यादवको मुख्य ध्यान सरकारलाई निरन्तरता दिन आवश्यक विश्वासको मत सुनिश्चित गर्नेतर्फ केन्द्रित हुने देखिएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
प्राङ्गारिक खेती गर्न ७५ प्रतिशत अनुदान दिँदै टेम्केमैयुङ
Latest NewsJust now

प्राङ्गारिक खेती गर्न ७५ प्रतिशत अनुदान दिँदै टेम्केमैयुङ

भोजपुर । जिल्लाको टेम्केमैयुङ गाउँपालिकाले प्राङ्गारिक खेती प्रवद्र्धन तथा विस्तार गर्ने उद्देश्यले किसानलाई प्राङ्गारिक मल खरिदमा ७५ प्रतिशत अनुदान उपलब्ध गराउन लागेको छ । कृषि उत्पादनमा रासायनिक मलको प्रयोग घटाउँदै प्राङ्गारिक... ...

रातोपाटी
भोटेकोशी बाढीमा बगेका र क्षति पुगेका विद्यालय बनाउन ४ अर्बभन्दा बढी लाग्ने अनुमान
Latest NewsJust now

भोटेकोशी बाढीमा बगेका र क्षति पुगेका विद्यालय बनाउन ४ अर्बभन्दा बढी लाग्ने अनुमान

रसुवा, नुवाकोट र धादिङका विस्थापित विद्यार्थीलाई नजिकका विद्यालय, सिकाइ केन्द्र तथा काठमाडौं र ललितपुरका विद्यालयमा पढ्ने अवसर मिलाइएको छ। ...

कान्तिपुर
प्रधानमन्त्री वालेन्द्रले उद्घाटन गर्ने जनकपुर-अयोध्या रेलको यस्तो हुनेछ आउने जाने तालिका
Latest NewsJust now

प्रधानमन्त्री वालेन्द्रले उद्घाटन गर्ने जनकपुर-अयोध्या रेलको यस्तो हुनेछ आउने जाने तालिका

माता सीताको गृहनगर जनकपुरधाम र भगवान् रामको गृहनगर अयोध्या जोड्ने रेलले तीर्थयात्रीको यात्रा अझ सहज बनाउने अपेक्षा गरिएको छ। ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play