Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

मकवानपुरमा यात्रुवाहक इभी सडकबाट ५०० मिटर तल खस्यो

Share:WhatsAppFacebookX (Twitter)Telegram
मकवानपुरमा यात्रुवाहक इभी सडकबाट ५०० मिटर तल खस्यो
Photo / Coverage: केन्द्रबिन्दु

मकवानपुर । मकवानपुरको भीमफेदीमा यात्रुवाहक विद्युतीय (इभी) गाडी दुर्घटनामा परेको छ। बिहीबार बिहान भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढी नजिकै भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा गाडी दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिहान करिब ५ः४५ बजे काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको यात्रुवाहक गाडी सडकबाट करिब ५०० मिटर तल खसेको हो। दुर्घटनाका बेला गाडीमा चालकसहित १३ देखि १४ जना सवार रहेको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ। घटनालगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोली उद्धारका लागि परिचालन भएको छ। दुर्घटनामा मानवीय क्षति भए–नभएको यकिन विवरण भने आइसकेको छैन।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
बैतडीबाट देखिन्छ सुदूरपश्चिमको शिर ‘अपी हिमाल’
Latest NewsJust now

बैतडीबाट देखिन्छ सुदूरपश्चिमको शिर ‘अपी हिमाल’

बैतडी, कात्तिक २६ गते । बैतडीको सतबाँझ क्षेत्रबाट देखिएको सुदूरपश्चिम प्रदेशको सर्वोच्च शिखर अपी (७,१३२ मिटर) लगायतका हिमशृङ्खला देखिन्छन् । तस्बिरमा दार्चुलाको अपी–नाम्पा संरक्षण... ...

गोरखापत्र
सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
Latest NewsJust now

सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन

चितवन । पृथ्वी राजमार्गअन्तर्गत घोप्टेभिरमा पहिरोका कारण सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ । इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा आइतबार, सोमबार र मङ्गलबार लगातार खसेको सुक्खा पहिरो पन्छाएर मङ्गलबार दिउँसो १ः४० बजेदेखि एकतर्फी सञ्चालनमा ल्याइएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिल थापाका अनुसार चाडपर्वका कारण सवारीको चापले गर्दा दुईतर्फी यातायात सञ्चालनमा ल्याउन कठिन भएको हो । उनले भने, “पहिरो ठूलो हुँदा ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play