Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन

Share:WhatsAppFacebookX (Twitter)Telegram
सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
Photo / Coverage: केन्द्रबिन्दु

चितवन । पृथ्वी राजमार्गअन्तर्गत घोप्टेभिरमा पहिरोका कारण सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ । इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा आइतबार, सोमबार र मङ्गलबार लगातार खसेको सुक्खा पहिरो पन्छाएर मङ्गलबार दिउँसो १ः४० बजेदेखि एकतर्फी सञ्चालनमा ल्याइएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिल थापाका अनुसार चाडपर्वका कारण सवारीको चापले गर्दा दुईतर्फी यातायात सञ्चालनमा ल्याउन कठिन भएको हो । उनले भने, “पहिरो ठूलो हुँदा र मजदुर बिदामा जाँदा सडक दुईतर्फी रुपमा सञ्चालनमा ल्याउन कठिन भएको हो ।” पहिरो पन्छाउने उकरणहरु तयारी अवस्थामा राखिएकाले सामान्य पहिरो खसेमा तत्काल सफा गर्ने गरी व्यवस्थापन गरिएको उनको भनाइ छ । मौसमको अनुकूलता, सवारी चाप र अन्य अवस्था हेरेर मात्र सडक दुईतर्फी सञ्चालनमा ल्याइने छ । यस सडक हुँदै सङ्घीय राजधानी काठमाडौँ भित्रने र बाहिरिने गाडी तथा यात्रुलाई विभिन्न समयमा खस्ने पहिरोले समस्या पार्ने गर्दछ । सडक एकतर्फी खुले पनि जोखिम कायमै रहेकाले सावधानीपूर्वक यात्रा गर्न प्रहरीको आग्रह छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
चितवनमा पटका पड्काउँदा बालक घाइते
Latest NewsJust now

चितवनमा पटका पड्काउँदा बालक घाइते

चितवन । पटका पड्काउँदा एक बालक घाइते भएका छन् । पूवी चितवनको खैरहनी नगरपालिका–२ का १२ बर्षीय आयुष गान्धारी पटका पड्काउँदा घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार पटका पड्काउने क्रममा आगोको झिल्का उछिट्टिएर बालकको कपडामा आगलागी भएको थियो । पटका पड्काउने क्रममा बुधबार साँझ आगलागी हुँदा बालकको छातीभन्दा तलको भाग जलेको जनाइएको छ । आगलागीबाट ...

केन्द्रबिन्दु
पोखरामा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु, १२ जना घाइते
Latest NewsJust now

पोखरामा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु, १२ जना घाइते

पोखरा । पोखरामा बिहीबार बिहान जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा १२ जना घाइते भएका छन् । पोखरा २३ को दुण्डेफाँटमा घाँटीछिनाबाट पोखरातर्फ आउँदै गरेको ग... ...

रातोपाटी
आज कालीमाटीमा यस्तो छ यी फलफूल तथा तरकारीको थोक मूल्य
Latest NewsJust now

आज कालीमाटीमा यस्तो छ यी फलफूल तथा तरकारीको थोक मूल्य

हरेक दिनजस्तै कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि पनि तरकारी तथा फलफूलको मूल्य तोकेको छ।  यस्तो छ मूल्य सूची कृषि उपज न्यूनतम अधिकतम औसत         गोलभेडा ठूलो(नेपाली) (के.जी.) रू ६० रू ७० रू ६५.०० ... ...

नेपालखबर
विद्युतीय गाडी दुर्घटना: १० जनाको मृत्यु, पाँच घाइते
Latest NewsJust now

विद्युतीय गाडी दुर्घटना: १० जनाको मृत्यु, पाँच घाइते

अनिल पराजुलीमकवानपुर, कात्तिक २६ गते । मकवानपुरको भीमफेदी गाउँपालिका –६, चिसापानी गढीमा यात्रुवाहक विद्युतीय गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । ... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play