Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

मंसिर ११ मा आउने ‘ककाकिकी’को ट्रेलर सार्वजनिक

Share:WhatsAppFacebookX (Twitter)Telegram
मंसिर ११ मा आउने ‘ककाकिकी’को ट्रेलर सार्वजनिक
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । हास्य प्रधान चलचित्र ‘ककाकिकी’को ट्रेलर सार्वजनिक गरिएको छ । यो चलचित्र यहि आउँदो मंसिर ११ गतेबाट प्रदर्शन हुने तयारीमा छ, यसैबिच आज (शनिबार) काठमाडौंको न्यूरोडस्थित रञ्जना सिनेप्लेक्समा एक कार्यक्रमको आयोजना गर्दै निर्माण टिमले ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलरमा चलचित्रका मुख्य बिषयहरुलाई समेटिएको छ । ट्रेलरले बताए अनुसार कुलेबारी गाउँका मानिसहरु गाउँमा अस्पताल बनाउनका लागी बिभिन्न योजना बनाउँछन्, कतिपयले बैंक लुटेरै भएपनि अस्पताल बनाउनुपर्छ भन्ने निस्कर्षमा पुगेको देखिन्छ । ट्रेलरमा चलचित्रका मुख्य कलाकारहरु तृप्ति नाडकर, गौरी मल्ल, रेखा थापा, महेश त्रिपाठी, शिशिर वाङ्देल, दिया मास्के, मनोज गजुरेल लगायतको कलाकारलाई देख्न सकिन्छ । ट्रेलर रिलिज कार्यक्रममा मुख्य कलाकार गौरी मल्लले आइरहेका धेरै फिल्मभन्दा केहि फरक बनाउने कोशिस यस फिल्मको निर्माण टिमले गरेको दाबी गरिन् । कलाकार शिशिर वाङ्देलले निर्माण टिममा युवाजोश भएका साथीहरु भएकाले काम गर्दाको अनुभव राम्रो रहेको बताए । साथै कलाकार मनोज गजुरेलले धेरैपछि फेरी चलचित्रमा जोडिन पाएको र ककाकिकी आफ्नो दोस्रो चलचित्र भएको जानकारी दिए । कार्यक्रममा निर्देशक बिक्की अगरवालले नेपाली दर्शकलाई मन पर्ने गरी चलचित्र बनाएको दाबी गरे । उनले चलचित्रको टिजर र ट्रेलर काट्ने काम पनि आफैले गरेको र फिल्म राम्रो हुँदा अथवा जस्तोसुकै प्रतिक्रिया आउँदा आफूले नै त्यसको जिम्मेवारी लिने बताए । यो चलचित्र सुरुमा भदौ १९ मा प्रदर्शन हुने भनिएको थियो तर देशमा ठुलो बाढीपहिरोले धेरैको जनधनको क्षति भएकाले त्यो बेला हाँस्ने र हँसाउने समय नभएको भन्दै चलचित्रलाई मंसिर ११ मा प्रदर्शन गर्ने निर्णय गरिएको थियो । चलचित्रलाई बिक्की अगरवालसँगै श्रृद्धा प्रसाईंले निर्देशन गरेकी हुन् । चलचित्रमा प्रकाश घिमिरे, माउत्से गुरुङ, सुवास गजुरेल, रेअर राई, खड्ग बहादुर पुन मगर (खबपु), पवन खतिवडा (म्याकुरी), मुकुन्द मैनाली, रामबाबु रेग्मी, सिडी बिजय अधिकारी, सरोज भण्डारी, सुजना श्रेष्ठ, बिश्वास तिमल्सिना (बिटी कान्छा), एलिसा भोग, सुवर्ण थापा, कमल देवकोटा लगायतको पनि अभिनय रहेको छ । चलचित्रको लेखन निर्देशक बिक्कीसँगै सरोज भण्डारी र बिकाश अर्यालले गरेका हुन् । फिल्मको निर्माता श्रृद्धा प्रसाईं र सुमित्रा थापा हुन् । यस्तै कन्सेप्ट सुमन अग्रवालको हो भने स्क्रिप्ट डक्टरकोकाम विश्वास तिमल्सिना (बिटी कान्छा)ले गरेका छन् । सुदिप बरालको डिओपी रहेको चलचित्रमा मुख्य सहायक निर्देशक अनिश बुढाथोकी हुन् भने सहायक निर्देशक बिशाल राई हुन् । मेकअपमा अनिस तामाङ, कस्टुम डिजाइनमा सुमन परियार, प्रोडक्सन हेड अरुण रेग्मी रहेका छन् । फिल्मको डिजिटल अधिकार ओएसआर डिजिटलसँग छ भने अन्तर्राष्ट्रिय रिलिज अधिकार सेभेन सिज इन्टरनेशनलले लिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
प्रयोगकर्ताका निजी तस्बिरमा पहुँच बनाएको भन्दै मेटालाई ८० करोड ५० लाख युरो जरिवाना
Latest NewsJust now

प्रयोगकर्ताका निजी तस्बिरमा पहुँच बनाएको भन्दै मेटालाई ८० करोड ५० लाख युरो जरिवाना

काठमाडौं । इटालीको डेटा संरक्षण निकायले सामाजिक सञ्जाल कम्पनी मेटा प्लेटफर्म्सलाई ८० करोड ५० लाख युरो जरिवाना तोकेको छ। एन्ड्रोइड प्रयोगकर्ताको अनुमति र जानकारीबिना उनीहरूका व्यक्तिगत तस्बिर तथा भिडियोमा पहुँच बनाएको ठहर गर्दै नियामक निकायले यस्तो कारबाही गरेको हो। निकायका अनुसार मेटाको उक्त गतिविधिबाट इटालीका करिब दुई करोड एन्ड्रोइड प्रयोगकर्ता प्रभावित भएका छन्। नियामक निकायले जारी गरेको विज्ञप्तिअनुसार फेसबुक एपमा रहेको एउटा ...

केन्द्रबिन्दु
एनआरएनए टोलीद्वारा सभामुखलाई सम्मेलनको निमन्त्रणा
Latest NewsJust now

एनआरएनए टोलीद्वारा सभामुखलाई सम्मेलनको निमन्त्रणा

काठमाडौं।गैरआवासीय नेपाली संघ (एनआरएनए) का पाँच पूर्व अध्यक्षसहितको प्रतिनिधिमण्डलले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेट गरी आगामी मध्यपूर्व क्षेत्रीय सम्मेलनमा प्रमुख आतिथ्यका लागि निमन्त्रणा गरेको छ। प्रतिनिधिमण्डलले बिहीबार सभामुख अर्याललाई कतारको दोहामा आगामी डिसेम्बर ११ र १२ मा आयोजना हुने नवौं एनआरएनए मध्यपूर्व क्षेत्रीय सम्मेलन–२०२६ को निमन्त्रणा हस्तान्तरण गरेको हो। भेटमा गैरआवासीय नेपाली नागरिकताको प्रभावकारी कार्यान्वयन, गैरआवासीय नेपाली ऐन, नेपालमा लगानी, विप्रेषण तथा ...

नेपालन्युज
छठ पर्वले राष्ट्रिय एकता र सद्‌भाव बढाउँछ :  प्रदेश प्रमुख भट्ट
Latest NewsJust now

छठ पर्वले राष्ट्रिय एकता र सद्‌भाव बढाउँछ : प्रदेश प्रमुख भट्ट

पाेखरा । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले छठ पर्वले प्रकृति र मानव जीवनबीचको सम्बन्ध उजागर गर्नुका साथै राष्ट्रिय एकता र सामाजिक सद्‌भाव अभिवृद्धिमा योगदान पुर्याउने बताएका छन् । छठका अवसरमा आज... ...

रातोपाटी
चौतर्फी आलोचनापछि मनोज गजुरेलले मागे माफी
Latest NewsJust now

चौतर्फी आलोचनापछि मनोज गजुरेलले मागे माफी

काठमाडौं । शनिबार चलचित्र ‘ककाकिकी’ को प्रमोसनका लागि गरिएको एक प्रचारात्मक सामग्रीले सबैको ध्यान खिच्यो । शनिबार चलचित्रको प्रचारका लागि हलमा रहेका बेला गौरी मल्ल र त्यसपछि मनोज गजुरेललाई प्रहरीले पक्राउ गरेको देखाइएको थियो । सुरुमा सबैले प्रहरीले गौरी मल्ल र मनोज गजुरेललाई पक्राउ गरेको भन्दै प्रहरी र सरकारकै आलोचना गरे । तर पछि उक्त […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play