Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

प्रयोगकर्ताका निजी तस्बिरमा पहुँच बनाएको भन्दै मेटालाई ८० करोड ५० लाख युरो जरिवाना

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रयोगकर्ताका निजी तस्बिरमा पहुँच बनाएको भन्दै मेटालाई ८० करोड ५० लाख युरो जरिवाना
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । इटालीको डेटा संरक्षण निकायले सामाजिक सञ्जाल कम्पनी मेटा प्लेटफर्म्सलाई ८० करोड ५० लाख युरो जरिवाना तोकेको छ। एन्ड्रोइड प्रयोगकर्ताको अनुमति र जानकारीबिना उनीहरूका व्यक्तिगत तस्बिर तथा भिडियोमा पहुँच बनाएको ठहर गर्दै नियामक निकायले यस्तो कारबाही गरेको हो। निकायका अनुसार मेटाको उक्त गतिविधिबाट इटालीका करिब दुई करोड एन्ड्रोइड प्रयोगकर्ता प्रभावित भएका छन्। नियामक निकायले जारी गरेको विज्ञप्तिअनुसार फेसबुक एपमा रहेको एउटा फिचरमार्फत मेटाले प्रयोगकर्ताको व्यक्तिगत ग्यालरीमा भएका तस्बिर तथा भिडियोमा पहुँच पाएको थियो। उक्त फिचरले प्रयोगकर्ताको ग्यालरीमा रहेका सामग्रीमध्ये फेसबुकमा पोस्ट गर्न मिल्ने तस्बिर तथा भिडियो सुझाव दिने काम गर्छ। यस विषयमा कारबाही गर्दै नियामकले मेटालाई ६० दिनभित्र उक्त फिचर पूर्वनिर्धारित रूपमा निष्क्रिय बनाउन र प्रयोगकर्ताबाट छुट्टै सहमति लिन निर्देशन दिएको छ। यता मेटाले भने नियामक निकायको निर्णयप्रति असहमति जनाएको छ। कम्पनीका एक प्रवक्ताले जरिवानालाई असमानुपातिक भन्दै निर्णयविरुद्ध पुनरावेदन गर्ने बताएका छन्। प्रवक्ताका अनुसार फेसबुकमा तस्बिर तथा भिडियो साझा गर्न सहयोग गर्ने उक्त फिचर प्रयोग गर्नुअघि प्रयोगकर्ताले आफ्नै डिभाइसमा अनुमति दिनुपर्छ। प्रयोगकर्ताले चाहेको समयमा सेटिङमा गएर उक्त अनुमति परिवर्तन गर्न सक्ने उनको दाबी छ। सन् २०२५ मा सुरु भएको अनुसन्धानमा प्रयोगकर्ताका तस्बिर तथा भिडियो कृत्रिम बुद्धिमत्ता (एआई) मोडललाई तालिम दिन प्रयोग गरिएको वा नगरिएको विषय भने समावेश नगरिएको नियामकले स्पष्ट पारेको छ। मेटाले पनि एआई तालिमका लागि त्यस्ता सामग्री प्रयोग गरेको आरोप अस्वीकार गर्दै आएको छ। यसैबीच, सन् २०२६ मा सुरु गरिएको अर्को फिचरमार्फत प्रयोगकर्ताको ग्यालरीमा रहेका सामग्री क्लाउडमा प्रशोधन गर्न अनुमति दिने व्यवस्थाको छुट्टै मूल्यांकन गर्ने अधिकार पनि नियामकले सुरक्षित राखेको छ। इटालीको डेटा संरक्षण निकायका अनुसार मेटामाथि लगाइएको जरिवाना कम्पनीको विश्वव्यापी कुल आम्दानीको करिब ०.४७ प्रतिशत बराबर हो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
इलामका दिनेशको कृषि उद्यम : दूध बिक्रीसँगै दुई युवालाई रोजगारी
Latest NewsJust now

इलामका दिनेशको कृषि उद्यम : दूध बिक्रीसँगै दुई युवालाई रोजगारी

• दिनेश महतले व्यावसायिक गाईपालनबाट आत्मनिर्भरता हासिल गर्दै दुई स्थानीय युवालाई रोजगारी दिएका छन्। • उनले ३० लाख रुपैयाँ लगानीमा फार्म सञ्चालन गर्दै दैनिक ५० देखि ६० लिटर दूध उत्पादन गर्दै, वार्षिक ११ लाख रुपैयाँ आम्दानी गर्दैछन्। • महतले युवालाई वैदेशिक रोजगारीको विकल्पको रूपमा स्वदेशमै उद्यम गर्न प्रेरित गर्नुपर्नेमा जोड दिएका छन्। ...

नेपालबहस
रास्वपा सभापति लामिछानेद्वारा मधेसका मठमन्दिरमा पूजार्चना
Latest NewsJust now

रास्वपा सभापति लामिछानेद्वारा मधेसका मठमन्दिरमा पूजार्चना

छठ पर्व मनाउन पत्नी निकिता पौडेलसहित जनकपुर आएका सभापित लामिछाने आइतबार अपराह्न गङ्गासागरको कार्यक्रममा सहभागी हुनेछन्। ...

कान्तिपुर
मण्डलामा अब ‘निलो सिन्दूर’
Latest NewsJust now

मण्डलामा अब ‘निलो सिन्दूर’

काठमाडौँ । मण्डला थियटरले नयाँ नाटक ‘निलो सिन्दूर’ मञ्चन गर्ने भएको छ । मैथिली नाटकका लेखक तथा निर्देशक महेन्द्र मलंगियाको चर्चित नाटक ‘देहपर कोठी खसा दिय’ अर्थात् एक पुरिया विषयमा... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play