Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

सभापति लामिछानेद्वारा मधेसका मठमन्दिरमा पूजार्चना

Share:WhatsAppFacebookX (Twitter)Telegram
सभापति लामिछानेद्वारा मधेसका मठमन्दिरमा पूजार्चना
Photo / Coverage: केन्द्रबिन्दु

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले धनुषा र महोत्तरीका विभिन्न धार्मिकस्थलमा पूजार्चना गरेका छन्। छठ पर्व मनाउन पत्नी निकिता पौडेलसहित जनकपुर आएका सभापति लामिछानेले आज बिहान जानकी मन्दिरमा पूजाआजा गरेका हुन्। आजै उनले धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिकास्थित लक्ष्मीनारायण मन्दिर, महोत्तरीको जलेश्वरस्थित जलेश्वरनाथ मन्दिर र मटिहानीस्थित लक्ष्मीनारायण मन्दिरमा पनि पूजार्चना गरेको रास्वपाका जिल्ला नेता अम्बुप्रसाद साहले जानकारी दिए । सभापति लामिछाने आज अपराह्न यहाँस्थित गङ्गासागरमा आयोजना हुने छठ कार्यक्रम पनि सहभागी हुने उनले बताए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
इलामका दिनेशको कृषि उद्यम : दूध बिक्रीसँगै दुई युवालाई रोजगारी
Latest NewsJust now

इलामका दिनेशको कृषि उद्यम : दूध बिक्रीसँगै दुई युवालाई रोजगारी

• दिनेश महतले व्यावसायिक गाईपालनबाट आत्मनिर्भरता हासिल गर्दै दुई स्थानीय युवालाई रोजगारी दिएका छन्। • उनले ३० लाख रुपैयाँ लगानीमा फार्म सञ्चालन गर्दै दैनिक ५० देखि ६० लिटर दूध उत्पादन गर्दै, वार्षिक ११ लाख रुपैयाँ आम्दानी गर्दैछन्। • महतले युवालाई वैदेशिक रोजगारीको विकल्पको रूपमा स्वदेशमै उद्यम गर्न प्रेरित गर्नुपर्नेमा जोड दिएका छन्। ...

नेपालबहस
रास्वपा सभापति लामिछानेद्वारा मधेसका मठमन्दिरमा पूजार्चना
Latest NewsJust now

रास्वपा सभापति लामिछानेद्वारा मधेसका मठमन्दिरमा पूजार्चना

छठ पर्व मनाउन पत्नी निकिता पौडेलसहित जनकपुर आएका सभापित लामिछाने आइतबार अपराह्न गङ्गासागरको कार्यक्रममा सहभागी हुनेछन्। ...

कान्तिपुर
मण्डलामा अब ‘निलो सिन्दूर’
Latest NewsJust now

मण्डलामा अब ‘निलो सिन्दूर’

काठमाडौँ । मण्डला थियटरले नयाँ नाटक ‘निलो सिन्दूर’ मञ्चन गर्ने भएको छ । मैथिली नाटकका लेखक तथा निर्देशक महेन्द्र मलंगियाको चर्चित नाटक ‘देहपर कोठी खसा दिय’ अर्थात् एक पुरिया विषयमा... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play