Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

भ्रामक सूचना फैलाएको आरोपमा सर्लाहीमा दुई जना नियन्त्रणमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
भ्रामक सूचना फैलाएको आरोपमा सर्लाहीमा दुई जना नियन्त्रणमा
Photo / Coverage: पर्दाफास

पक्राउ नै नपरेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको भनी फेसबुकमा सूचना प्रकाशन गरेको आरोपमा सर्लाही प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय, सर्लाहीका अनुसार नियन्त्रणमा लिइएकामा कविलासी नगरपालिका-७ का २८ वर्षीय महेश पासवान र बलरा नगरपालिका-८, गडहिया डुमरियाका ३२ वर्षीय आलम बैठा छन् । पासवानले आफ्नो व्यक्तिगत फेसबुक खाताबाट र बैठाले आफूले सञ्चालन गरेको फेसबुक पेजबाट उक्त सूचना प्रकाशन गरेको प्रहरीको आरोप छ । प्रहरीले पक्राउ नगरेका व्यक्तिबारे गलत विवरण सार्वजनिक हुँदा प्रहरीको कामकारबाहीबारे सर्वसाधारणमा भ्रम र अन्योल सिर्जना भएको कार्यालयले प्रारम्भिक अनुसन्धानलाई उद्धृत गर्दै जनाएको छ । दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी वेदप्रसाद गौतमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । प्रहरीले घटना, पक्राउ, अनुसन्धान र कारबाहीसम्बन्धी सूचना प्रकाशन वा सेयर गर्नुअघि सम्बन्धित प्रहरी कार्यालय वा सूचना अधिकारीबाट विवरण पुष्टि गर्न आग्रह गरेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
ओलीको आपत्ति– जेनजी आन्दोलनको छानबिन गर्न बनेका आयोगबाट काम भएन
OthersJust now

ओलीको आपत्ति– जेनजी आन्दोलनको छानबिन गर्न बनेका आयोगबाट काम भएन

१ मंसिर, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको तत्कालीन सरकार लोकतान्त्रिक प्रक्रियाबाट नभई बलजफ्ती, आगजनी र लुटपाटमार्फत हटाइएको जिकिर गरेका छन् । आइतबार काठमाडौंमा अखिल नेपाल किसान महासंघको बैठकलाई सम्बोधन गर्दै उनले उपद्रवकारीहरूले राज्यका संयन्त्र निष्क्रिय र निस्प्रभावी बनाएपछि आफूहरू सरकारबाट हट्नुपरेको दाबी गरे । जेनजी आन्दोलनको क्रममा भएका घटनाहरूको निष्पक्ष… ...

अनलाइन खबर
मानव बेचबिखन विधेयकमा सांसदहरूको सुझाव- ‘विधेयक पीडित मैत्री हुनुपर्छ, अपाच्य शब्दहरू परिमार्जन गरौँ’
OthersJust now

मानव बेचबिखन विधेयकमा सांसदहरूको सुझाव- ‘विधेयक पीडित मैत्री हुनुपर्छ, अपाच्य शब्दहरू परिमार्जन गरौँ’

मानव बेचबिखन विधेयकलाई थप परिमार्जन गरी पीडित मैत्री बनाउन आवश्यक रहेको सांसदहरूले बताएका छन् । महिला तथा सामाजिक मामिला समितिमा भएको मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन)विधेयक, २०८३ माथिको सैद्धान्तिक छलफलमा उनीहरूले विधेयकलाई अझ परिमार्जन गर्नुपर्नेमा जोड दिएका हुन् । वैदेशिक रोजगारीको आवरणमा हुने मानव बेचबिखन, डिजिटल शोषण, बालश्रम र अन्तरदेशीय संगठित अपराध नियन्त्रणका लागि कानूनी व्यवस्था स्पष्ट र प्रभावकारी बनाउनुपर्ने ...

पर्दाफास
के भएको हो अनिल सिंहलाई ? शुभचिन्तकहरूले गरे ‘स्वास्थ्यलाभको कामना’
OthersJust now

के भएको हो अनिल सिंहलाई ? शुभचिन्तकहरूले गरे ‘स्वास्थ्यलाभको कामना’

बि.सं. ५० को दशकमा उनका गीतले युवापुस्ताको हृदयमा प्रेमिल झङ्कार पैदा गरिदिन्थे । ‘डुब्न देऊ मलाई’, ‘तिम्रो त्यो नयनमा’, ‘इन्जिन गाडीमा’, ‘सक्छौ भने विष देऊ’ जस्ता गीतमा उनीहरू आफ्ना भावना व्यक्त भएको महसुस गर्थे । त्यसैले त क्यासेट प्लेयर र सीडीमा यी गीत खोजीखोजी खरिद गर्थे । धीत मरुन्जेल सुन्थे र प्रेमस्वरूप उपहार आदानप्रदान गर्थे… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play