भोटेकोसी करिडोरका सुरुङभित्र हालसम्म ३७ जनाको शव फेला

भोटेकोसी बाढीका कारण प्रभावित जलविद्युत् आयोजनाको सुरुङभित्र खोज तथा उद्धारका क्रममा ३७ जनाको शव फेला पारेको नेपाली सेनाले जनाएको छ। शुक्रबार भोटेकोसी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा धारणा राख्दै नेपाली सेनाका सहायक रथी सुवासजंग थापाले सुरुङभित्रको अवस्था अत्यन्तै जोखिमपूर्ण र जटिल रहेको बताए। सुरुङभित्र खोज तथा उद्धारका क्रममा ११औँ दिन एक चिनियाँ नागरिकलाई जीवितै उद्धार गरिएको उनले जानकारी दिए। आयोजनामा कोरियन कम्पनीको स्वामित्व तथा कोरियन सब–कन्ट्र्याक्टरमार्फत काम भइरहेको थियो। त्यहाँ नेपाली र भारतीय कामदार कार्यरत थिए। आयोजनाको दुई वटा ठूला कामदार क्याम्पसहित ड्याम साइट, पावरहाउस र अन्य क्षेत्रमा काम भइरहेको थियो। सहायक रथी थापाले आयोजनाको ९.७ किलोमिटर लामो सुरुङको नक्सा प्राप्त गरेपछि दुई जना इन्जिनियरसँग समन्वय गरी खोज तथा उद्धारको कार्ययोजना बनाइएको बताए। हेडवर्क र अडिट क्षेत्र तथा पावरहाउस क्षेत्रमा गरी ठूलो सङ्ख्यामा कामदार कार्यरत थिए। उद्धार टोलीले प्रारम्भिक रेकीका क्रममा सुरुङभित्र प्रवेश गर्ने दुई वटा सम्भावित स्थान मात्रै फेला पारेको थियो। अन्य प्रवेश मार्गहरू अवरुद्ध थिए। नेपाली सेना, चिनियाँ र कोरियन टोलीले संयुक्त रूपमा खोजी तथा उद्धारको काम अघि बढाएका थिए। पावरहाउस क्षेत्रमा कार्यरत १२० देखि १३० जना कामदारमध्ये ११० जनालाई ४८ घण्टाभित्र हेलिकप्टरमार्फत उद्धार गरिएको उनले जानकारी दिए। उनकाअनुसार डिसेन्डर बेसिन क्षेत्रमा हेलिकप्टर अवतरण गर्न सम्भव थिएन। उद्धार टोलीले जोखिम मोलेर सुरुङभित्र प्रवेश गर्ने क्रममा अत्यधिक हिलो, साँघुरो बाटो र अक्सिजनको कमीको सामना गर्नुपरेको थियो। कतिपय ठाउँमा कम्प्रेसर मेसिनको सहायताले अवरोध हटाएर सुरुङभित्र प्रवेश गरिएको थियो। सहायक रथी थापाले सुरुङको माथिल्लो भागमा रहेको प्रोटेक्सन वर्कमा ढलानको काम भइरहेको स्थानबाट ११औँ दिन एक चिनियाँ नागरिकलाई सकुशल उद्धार गर्न सफल भएको बताए। त्यस्तै, अडिट–३ बाट अस्ट्रेलियन उद्धार टोलीको ड्रोनको सहायताले सुरुङभित्र करिब एक हजार सात सय मिटर अगाडिसम्मको अवस्था अध्ययन गरिएको थियो। त्यहाँ सुरुङ पूर्ण रूपमा अवरुद्ध भएको अवस्थामा भेटिएको थियो। खोजीका क्रममा हेडवर्क क्षेत्रमा ठूला मेसिन, मिक्सर, एक्स्काभेटर र ट्रकहरू थुप्रिएको अवस्थामा भेटिएको र त्यस क्षेत्रमा ३७ जनाको शव फेला परेको उनले जानकारी दिए। थापाका अनुसार सुरुङभित्रको अवस्था हेर्दा प्रारम्भिक झड्कामै ठूलो क्षति भएको हुनसक्ने देखिएको थियो। हाल पनि खोज तथा उद्धारको काम जारी रहेको उनले बताए। हेडवर्कबाट अडिट–३ हुँदै करिब १.७ किलोमिटर भित्रसम्म पुगे पनि त्यसपछिको क्षेत्रमा जान सक्ने अवस्था नरहेको उनको भनाइ छ। सुरुङको करिब चार किलोमिटर क्षेत्रमा २१ फिटको सुरुङमा १७ फिटसम्म पानी र लेदो जमेको अवस्थामा रहेको उनले जानकारी दिए। अडिट–१ क्षेत्रबाट विस्फोट गराएर पानी निकाल्न सकिन्छ कि भन्ने विषयमा आयोजना तथा इन्जिनियरिङ टोलीसँग छलफल भइरहेको पनि उनले बताए। हाल उक्त क्षेत्रमा नेपाली सेनाका ४२ जना जनशक्ति परिचालन गरिएको सहायक रथी थापाले जानकारी दिए। The post भोटेकोसी करिडोरका सुरुङभित्र हालसम्म ३७ जनाको शव फेला appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

एनप्याब्सनलाई सरकारले गर्यो निलम्बन
सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन)लाई निलम्बन गरेको छ। शुक्रबार गृह मन्त्रालयले सूचना जारी गरी एनप्याब्सनलाई निलम्बन गरिएको जनाएको छ। गृहले भनेको छ, ‘राष्ट्रिय निर्देशन ऐन, २०१८ दफा ५ बमोजिमको निर्देशन पालना नगरेकाले ऐ. ऐनको दफा ६ को उपदफा (२) बमोजिम राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाललाई अर्को निर्णय ... ...

सरकारी निर्देशन अवज्ञा गरेको भन्दै सरकारले एनप्याब्सनलाई गर्यो निलम्बन
काठमाण्डु– सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरेको छ । गृह मन्त्रालयले राष्ट्रिय निर्देशन ऐन, २०१८ बमोजिम दिएको निर्देशन पटक–पटक पालना नगरेको भन्दै एनप्याब्सनलाई निलम्बन गरेको जनाएको छ । मन्त्रालयका अनुसार एनप्याब्सनका पदाधिकारीबाट नेपाल सरकारबाट स्वीकृत विधान तथा संस्थाको मूल उद्देश्यविपरीतका गतिविधिसमेत भएको देखिएको छ । […] ...

नेप्से परिसूचक पाँच दशमलव ४५ अङ्कले घट्यो
काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक पाँच दशमलव ४५ अङ्कले घटेर दुई हजार ६९० दशमलव १५ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ५४ अङ्कले घटेर ४८७ दशमलव ६६ मा पुगेको छ । त्यस्तै फ्लोट सूचक शून्य दशमलव ३६ अङ्कले ...

बजारमा ७ महिनायताकै उच्च कारोबार, विकास बैंक समूहको परिसूचक सर्वाधिक १.६१ प्रतिशतले बढ्यो
• नेप्से परिसूचक ५.४५ अंकले घटेर २,६९०.१५ विन्दुमा पुगेको छ, जसमा १०२ कम्पनीको शेयर मूल्य बढेको र १६९ कम्पनीको घटेको छ। • विकास बैंक समूहको परिसूचक १.६१ प्रतिशतले बढेको छ, जबकि बैंकिङ, फाइनान्स र अन्य समूहका परिसूचक घटेका छन्। • लुम्बिनी विकास बैंकको ५५० रूपैयाँमा ३८ करोड ४८ लाखको कारोबार भएको छ, जुन अघिल्लो दिनको तुलनामा ७ प्रतिशतले बढेको हो। ...


