Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

भोटेकोशी बाढीमा ज्यान गुमाएका र बेपत्ताका सन्तानलाई उच्च शिक्षासम्म निःशुल्क छात्रवृत्ति

Share:WhatsAppFacebookX (Twitter)Telegram
भोटेकोशी बाढीमा ज्यान गुमाएका र बेपत्ताका सन्तानलाई उच्च शिक्षासम्म निःशुल्क छात्रवृत्ति
Photo / Coverage: नेपालन्युज

काठमाडौं ।भोटेकोशी बाढीमा परी ज्यान गुमाएका तथा बेपत्ता भएका व्यक्तिका सन्तानलाई उच्च शिक्षासम्म निःशुल्क छात्रवृत्ति उपलब्ध गराइने भएको छ । शिक्षा तथा खेलकुद मन्त्रालयले १० भदौको विनाशकारी बाढीमा अभिभावक गुमाएका तथा बेपत्ता भएका व्यक्तिका सन्तानलाई विद्यालय तहदेखि उच्च शिक्षासम्म पूर्ण छात्रवृत्ति उपलब्ध गराउने निर्णय गरेको हो। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको मन्त्रीस्तरीय निर्णयबाट पहिलो चरणमा २७ जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ । पहिचान हुँदै गएपछि थप विद्यार्थीलाई पनि विभिन्न चरणमा छात्रवृत्ति दिइनेछ । यसअघि मन्त्रालयले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना सञ्चालन निर्देशिका, २०८३’ स्वीकृत गरी अभिभावक गुमाएका वा बेपत्ता भएका व्यक्तिका सन्तानलाई विद्यालय तहसम्म निःशुल्क शिक्षा उपलब्ध गराउने प्रक्रिया अघि बढाएको थियो । अहिले त्यसलाई विस्तार गर्दै उच्च शिक्षासम्म छात्रवृत्ति उपलब्ध गराउने निर्णय गरिएको हो । निर्णयअनुसार निजी विद्यालयमा अध्ययनरत विद्यार्थीको अभिलेख शिक्षा विभागले राख्नेछ । त्यसका लागि सम्बन्धित छाता संस्था र स्थानीय तहलाई पत्राचार गरिनेछ । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका हकमा सम्बन्धित स्थानीय तहलाई पत्राचार गरिने मन्त्रालयले जनाएको छ । त्यस्तै, उच्च शिक्षा अध्ययन गरिरहेका विद्यार्थीलाई विश्वविद्यालय र क्याम्पसमा नियमित रूपमा उपलब्ध हुने छात्रवृत्ति कोटामा थप गरी समावेश गराउन निर्देशन दिइएको छ । यसका लागि विश्वविद्यालय अनुदान आयोगमार्फत आवश्यक व्यवस्था मिलाइनेछ । मन्त्री पोखरेलले पहिलो चरणमा २७ जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने र त्यसपछि पहिचानका आधारमा थप विद्यार्थीलाई पनि क्रमशः समेट्दै जाने बताएका छन् । यो निर्णय कार्यान्वयनमा आएपछि भोटेकोशी बाढीमा अभिभावक गुमाएका तथा बेपत्ता भएका व्यक्तिका सन्तानले जुनसुकै विषयमा उच्च शिक्षासम्म निःशुल्क अध्ययन गर्ने अवसर पाउनेछन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
यमनमा साउदी आक्रमणमा २२ जना मारिएको हुथी समूहको दाबी
Latest NewsJust now

यमनमा साउदी आक्रमणमा २२ जना मारिएको हुथी समूहको दाबी

साउदी अरब गठबन्धन सेनाले गरेको आक्रमणमा यमनको साना प्रान्तमा २२ जना मारिएका हुथी मिडियाले शनिबार जनाएको छ। मारिनेमध्ये अधिकांश महिला र बालबालिका रहेका बताइएको छ। संयुक्त राष्ट्रसङ्घका अनुसार गरिब मुलुक यमनमा फेरि... ...

रातोपाटी
चितवनमा उत्पादित सयपत्री र मखमली फूलको माला बेलायत, हङ्कङ र दुबई निर्यात
Latest NewsJust now

चितवनमा उत्पादित सयपत्री र मखमली फूलको माला बेलायत, हङ्कङ र दुबई निर्यात

चितवन । चितवनमा उत्पादित सयपत्री र मखमली फूल तथा माला बेलायत, हङ्कङ र दुबई निर्यात हुन थालेको छ । पूर्वी चितवनको कालिका नगरपालिका–पदमपुरका चार दाजुभाइले व्यावसायिक रूपमा उत्पादन गरेको फूल... ...

रातोपाटी
प्रचण्डद्वारा ‘कर्नाली उपेक्षा र उज्यालो’ पुस्तकको विमोचन
Latest NewsJust now

प्रचण्डद्वारा ‘कर्नाली उपेक्षा र उज्यालो’ पुस्तकको विमोचन

• पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ राष्ट्रिय एकताको खाँचो रहेको र वर्तमान सरकारलाई हिन्दी जासुसी फिल्म जस्तै भनेका छन्। • उनले भ्रष्टाचारविरुद्धको अभियान चलाउँदा आफूलाई सरकारबाट अपदस्त गरिएको र कर्नालीको विकासमा शासकहरुको उपेक्षाबारे चर्चा गरेका छन्। • पुस्तकका लेखकले कर्नालीको विकास र संघीयताको उपलब्धीलाई संस्थागत गर्ने विषयमा बहस सुरु गरेको बताएका छन्। ...

नेपालबहस
सर्वोच्चमा थपिए चार न्यायाधीश
Latest NewsJust now

सर्वोच्चमा थपिए चार न्यायाधीश

अनुमोदित रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीको नियुक्ति र शपथ तिहार बिदापछि हुनेछ । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play