काठमाडौं । अनलाइन ठगी तथा साइबर अपराधका घटना तत्काल नियन्त्रण गरी पीडितलाई छिटो राहत उपलब्ध गराउने उद्देश्यले नेपाल प्रहरीले ‘एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र’ सञ्चालनमा ल्याएको छ । गृह मन्त्रालयको समन्वयमा स्थापना गरिएको उक्त केन्द्रले साइबर ठगीविरुद्ध चौबीसै घण्टा सेवा प्रदान गर्न थालेको हो ।सामाखुसीस्थित नेपाल प्रहरी साइबर ब्यूरोको नयाँ भवनमा स्थापना गरिएको यस केन्द्रले बैंक तथा वित्तीय संस्था, सुरक्षा निकाय, नियामक निकाय र प्रविधि सेवाप्रदायकबीच प्रत्यक्ष समन्वय कायम गर्ने
साइबर ठगी नियन्त्रण गर्न २४ सै घण्टा सक्रिय केन्द्र सञ्चालनमा, उजुरीका लागि १२४७ मा फोन गर्न सकिने

Read Complete Original Article
Published originally on आइसिटी समाचार






