भोटेकोशी बाढीबाट ७९ अर्बभन्दा धेरैको क्षति भएको योजना आयोगको प्रारम्भिक अनुमान

काठमाडौं । भोटेकोशी नदीमा गएको भदौ १० गते आएको विनाशकारी बाढीबाट ७९ अर्ब १७ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । राष्ट्रिय योजना आयोगले गरेको सर्वेक्षणअनुसार बाढीबाट घरपरिवारतर्फ ६९ अर्ब ५७ करोड र व्यवसाय तथा प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति भएको छ । बाढीबाट ६ हजार ८१७ घरपरिवार र ४९९ व्यवसाय तथा प्रतिष्ठान प्रभावित भएका छन् । प्रभावित जनसङ्ख्या ३२ हजार ८७२ छ भने २ हजार ९८९ आवासीय संरचना पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । सर्वेक्षणमा आएको प्रारम्भिक विवरणअनुसार नुवाकोटमा बाढीबाट सबैभन्दा बढी क्षति पुगेको छ । नुवाकोटका ३ हजार ८४१ घरपरिवार प्रभावित भएका छन् । यस्तै रसुवामा १ हजार ९२०, धादिङमा ९४८ र गोरखामा १०८ घरपरिवार प्रभावित भएको सर्वेक्षणमा उल्लेख छ । बाढीबाट सबैभन्दा ठूलो क्षति जग्गाजमिनमा पुगेको छ । ३ हजार ६१० परिवारको ३५ अर्ब ४४ करोड रुपैयाँ बराबरको जग्गाजमिनमा क्षति पुगेको सर्वेक्षणको प्रारम्भिक विवरणमा देखिएको छ । आफ्नै स्वामित्वमा घर भएको जग्गाको घडेरीमा १३ अर्ब २६ करोड रुपैयाँ र घर निर्माण लागततर्फ ११ अर्ब ९५ करोड रुपैयाँ बराबरको क्षति आंकलन गरिएको छ । बाढीबाट २ हजार ९८९ आवासीय संरचना पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । कुल ४ हजार १५१ क्षतिग्रस्त भवन संरचनामध्ये ३ हजार १९४ पुन:प्रयोग गर्न नसकिने अवस्थामा रहेको विवरण छ। ३३२ संरचना पूर्ण मर्मतसम्भारपछि, ३२० सामान्य मर्मतसम्भारपछि र ९७ संरचना मर्मत नगरी प्रयोग गर्न सकिने अवस्थामा छन् । बाढीले घरजग्गामा मात्र नभई कृषि उत्पादन र परिवारको जीविकोपार्जनमा समेत असर पारेको छ । खेतबारीमा लगाएको बालीमा २३ करोड २१ लाख रुपैयाँ बराबरको क्षति भएको छ । यसबाट २ हजार ९५१ परिवार प्रभावित भएका छन् । भण्डारमा रहेको खाद्यान्नमा १० करोड ४१ लाख रुपैयाँ र पशुपंक्षी तथा माछामा २१ करोड ४२ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक विवरणमा उल्लेख गरिएको छ । खाद्यान्नमा क्षति पुग्दा १ हजार ८७६ र पशुपंक्षी तथा माछामा क्षति पुग्दा १ हजार ११ परिवार प्रभावित भएका छन् । परिवारले प्रयोग गर्ने गाडीमा १ अर्ब २४ करोड रुपैयाँ बराबरको क्षति भएको छ । यसबाट १ हजार ११५ परिवार प्रभावित भएका छन् । त्यस्तै, बहुमूल्य, सांस्कृतिक तथा पुरातात्विक वस्तुमा ५ अर्ब २ करोड रुपैयाँ बराबरको क्षति भएको विवरणमा उल्लेख छ । बाढीबाट व्यवसाय तथा प्रतिष्ठानतर्फको क्षेत्रगत विवरणमा थोक तथा खुद्रा व्यापार सबैभन्दा बढी प्रभावित देखिएको छ । यस क्षेत्रमा ७७४ प्रतिष्ठान प्रभावित भएका छन्, जुन क्षेत्रगत विवरणमा समेटिएका प्रतिष्ठानको ४७.२५ प्रतिशत हो । आवास तथा खाद्य सेवा क्षेत्रका ३३७ प्रतिष्ठान प्रभावित भएका छन् । यो कुलको २०.५७ प्रतिशत हो । कृषि, वन तथा मत्स्यपालन क्षेत्रका १६६ र अन्य सेवा क्षेत्रका १३६ प्रतिष्ठान प्रभावित भएको विवरण छ । औद्योगिक उत्पादन क्षेत्रका ७०, निर्माण क्षेत्रका ४७ तथा यातायात र भण्डारण क्षेत्रका ३१ प्रतिष्ठानमा असर परेको छ । यसबाहेक वित्तीय सेवा, खानी तथा उत्खनन, सञ्चार, शिक्षा र स्वास्थ्य क्षेत्रका प्रतिष्ठान पनि प्रभावित भएका छन् । जिल्लागत विवरणअनुसार नुवाकोटमा ३२३, धादिङमा १०४, रसुवामा ५७ र गोरखामा १५ व्यवसाय तथा प्रतिष्ठान प्रभावित भएको उल्लेख छ । The post भोटेकोशी बाढीबाट ७९ अर्बभन्दा धेरैको क्षति भएको योजना आयोगको प्रारम्भिक अनुमान appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

एक्स्ट्रीम इनर्जी ड्रिङ्कले सार्वजनिक गर्यो ‘एक्स्ट्रीम एन्थम’
काठमाडौं । एक्स्ट्रीम इनर्जी ड्रिङ्कले क्रिकेटप्रेमीलाई लक्षित गर्दै ‘एक्स्ट्रीम एन्थम’ सार्वजनिक गरेको छ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु हुनुअघि सार्वजनिक गरिएको यस गीतले क्रिकेटको उत्साह र समर्थकहरूको जोशलाई संगीतमार्फत प्रस्तुत गरेको छ । गीतमा क्रिकेट मैदानमा खेलाडीले देखाउने प्रतिस्पर्धात्मक भावना, चौका–छक्कामा दर्शकको खुसी र आफ्नो टोलीले जित्दा समर्थकमा देखिने उत्साहलाई समेटिएको […] ...

अझै दैनिक उपभोग्य वस्तुमा राहत दिन नसक्ने हो भने यो सरकारको औचित्यमाथि प्रश्न उठ्छः नेता केसी
• नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले दशैंको चाडमा सरकारले महंगीको मारमा आम जनतालाई पारेको र उत्सवको उल्लासभन्दा महँगी र राजनीतिक उदासीनता अनुभव गरिरहेको बताएका छन्। • उनले सरकार गठन भएको सात महिना बितिसक्दा पनि नेतृत्व परिवर्तनले नागरिकको जीवनमा कुनै सकारात्मक परिवर्तन ल्याउन नसकेको र बजार अनुगमनमा असफल भएको टिप्पणी गरे। • केसीले सरकारलाई जनताप्रति उत्तरदायी हुन र युवा पलायन रोक्न ...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित
• ग्लोबल आइएमई बैंक लिमिटेडले लगातार तेस्रो वर्ष 'बेष्ट बैंक अवार्ड' २०२६ प्राप्त गरेको छ, जसलाई ग्लोबल फाइनान्सले प्रदान गरेको हो। • बैंकले वित्तीय श्रोत परिचालन, ग्राहक सेवा र आधुनिक प्रविधिको सफल प्रयोगका आधारमा यो सम्मान प्राप्त गरेको छ। • ग्लोबल आइएमई बैंक पहिलो नेपाली बैंक हो जसले यो प्रतिष्ठित अवार्ड जितेको छ र यसले ७७ जिल्लामा सञ्जाल विस्तार गर्दै ...
![दशैँमा न्यूरोड र पाटनका व्यवसायीलाई निराशा, आधा घट्यो व्यापार [भिडियो]](https://hamrakura.com/uploads/news/images/byabasai-ktm-07-09.jpg)
दशैँमा न्यूरोड र पाटनका व्यवसायीलाई निराशा, आधा घट्यो व्यापार [भिडियो]
यस वर्षको दशैँमा फेन्सी, कपडा तथा सुनचाँदीको व्यापार सोचेजस्तो नभएको व्यवसायीहरूले गुनासो गरेका छन्। ...


