Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

भोटेकोशी बाढीका बेपत्ताका परिवारमा अझै अन्योल, सास र लासको आशा पनि मर्दै

Share:WhatsAppFacebookX (Twitter)Telegram
भोटेकोशी बाढीका बेपत्ताका परिवारमा अझै अन्योल, सास र लासको आशा पनि मर्दै
Photo / Coverage: केन्द्रबिन्दु

बाँके । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा आफन्त गुमाएका बाँकेका परिवारले बेपत्ताको सास वा लास भेटिने आशा क्रमशः मार्दै गएका छन् । बाढीमा आफन्त बेपत्ता भएको ७० दिन बितिसक्दा पनि कुनै खबर नआएपछि उनीहरू अन्योल र पीडामा छन् । गत भदौ १० गते भोटेकोशीमा आएको बाढीले बगाएर बेपत्ता पारेका आफन्तको अवस्था अझै अज्ञात रहेको नेपालगञ्ज उपमहानगरपालिका–२० थपुवाका अनलाल रोकायले बताए । उनका दाजु, भाउजू र छोरा बाढीमा बेपत्ता भएका थिए । “७० दिनभन्दा बढी भयो, बेपत्ता भएका हाम्रा मान्छेको न त सास भेटिएको छ, न त लास नै । अब सास र लास भेटिने आशा मर्दै गएको छ”, उनले भने, “डीएनए परीक्षणको रिपोर्ट पनि आएको छैन । सरकारले मृत्यु घोषणा गरिदिए मृत्यु संस्कार गर्ने सोच बनाएका छौँ ।” आफन्तको मृत्यु संस्कारसमेत गर्न नपाउँदा पीडामाथि पीडा थपिएको उनले बताए । बेपत्ताको कुनै खबर नआउँदा यस वर्षको दसैँ र तिहार उनका लागि झन् पीडादायी बने । चाडपर्वका बेला बेपत्ता दाजु, भाउजू र छोराको सम्झनाले सताउने गरेको उनले सुनाए । रसुवा भन्सार कार्यालयको टिमुरे क्षेत्रमा काम गर्दै आएका ५३ वर्षीय दाजु शेरसिंह रोकाय, ५६ वर्षीया भाउजू विष्णुमती रोकाय र उनीहरूलाई भेट्न तथा गोसाइँकुण्ड दर्शन गर्न पुगेका १९ वर्षीय छोरा दीपक रोकाय बाढीमा परी बेपत्ता भएका थिए । बुढेसकालको सहारा एक्लो छोरा र जीवनको आधार बनेका दाजु–भाउजू एकैपटक बेपत्ता भएपछि अनलाल र उनकी श्रीमती कर्णसरी रोकाय शोकमा छन् । लामो समयसम्म पनि आफन्तको अवस्था पत्ता नलाग्दा परिवारमा निराशा बढ्दै गएको छ । “हाम्रा मान्छे कतै फर्किहाल्छन् कि भन्ने आशा अब मर्दै गएको छ । न सास पाइयो, न लास नै । दोधारमै समय बितिरहेको छ”, अनलालले भने, “दसैँ र तिहारमा मनभित्रको असह्य पीडा झन् बल्झिएर आउने गरेको छ ।” शव पहिचानका लागि डीएनए परीक्षणको नमुना दिएपछि आफन्तको अवस्था थाहा हुने आशा जागेको भए पनि अहिलेसम्म रिपोर्ट नआएको उनले बताए । उनले नेपालगञ्जस्थित भेरी अस्पतालमा डीएनए परीक्षणका लागि नमुना दिएका थिए । डीएनए परीक्षणको नतिजा र बेपत्ता व्यक्तिको अवस्थाबारे सरकारले आधिकारिक जानकारी नदिँदा परिवारले सामाजिक तथा धार्मिक संस्कार गर्न नसकेको उनको भनाइ छ । सरकारले मृत्यु भएको वा खोजी गर्दा पनि फेला पार्न नसकिएकोबारे आधिकारिक घोषणा गरेमा संस्कार गर्न सहज हुने उनले बताए । “सास वा लास केहीको अत्तोपत्तो छैन । के आधारमा सामाजिक संस्कार गर्ने भन्ने दोधारमा छौँ”, उनले भने, “हामी डीएनए रिपोर्टको प्रतीक्षामा छौँ । सरकारले आधिकारिक रूपमा मृत वा फेला पार्न नसकिएको घोषणा गरेपछि मात्रै सामाजिक संस्कार गर्ने सोच बनाएका छौँ ।” सोही बाढीमा परी थपुवाका आराम दमाईं र उजना दमाईं पनि बेपत्ता भएका थिए । रोजीरोटीका लागि रसुवा पुगेका उनीहरूका १६ वर्षीय छोरा सुभास नेपाली, ११ वर्षीय छोरा अश्विन र नौ वर्षीया छोरी स्मारिका आमाबुवा फर्किने आशामा दिन बिताइरहेका छन् । थपुवाका दुवै परिवारमा चाडपर्वसमेत शोकमा बितेका छन् । बेपत्ता परिवारको सामाजिक तथा धार्मिक संस्कार गर्न र उनीहरूमा रहेको अन्योल अन्त्य गर्न डीएनए परीक्षणको नतिजा शीघ्र सार्वजनिक गर्नुका साथै सरकारले आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने नेपालगञ्ज उपमहानगरपालिका–२० का कार्यवाहक वडाध्यक्ष चक्रबहादुर बुढाले बताए । भोटेकोशी बाढीमा परी बाँकेका २३ जना अझै बेपत्ता रहेको बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले जानकारी दिए । उनका अनुसार हालसम्म तीन जनाको शव पहिचान भई मृत्यु घोषणा गरिएको छ भने ३२ जनाको सकुशल उद्धार गरिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सभापति थापामाथि सरकारी निगरानी बढेको विषयले सानेपा कांग्रेसमा तरंग, पदाधिकारी बैठक बोलाइयो
Latest NewsJust now

सभापति थापामाथि सरकारी निगरानी बढेको विषयले सानेपा कांग्रेसमा तरंग, पदाधिकारी बैठक बोलाइयो

• नेपाली कांग्रेसका सभापति गगन थापामाथि सरकारले निगरानी बढाएको विषयमा चर्चा चलिरहेको छ, जसले पार्टीमा हलचल ल्याएको छ। • सरकारले प्रहरी महानिरीक्षकको फेरबदल गरेको छ, जसले कांग्रेसमा थप सशंकितता उत्पन्न गरेको छ। • थापाले प्रधानमन्त्री बालेन शाहका कदमविरुद्ध आवाज उठाइरहेका छन् र यस विषयमा अनौपचारिक बैठक बोलाइएको छ। ...

नेपालबहस
मन्त्री साहसँग  नेपाल–अष्ट्रेलियाको द्विपक्षीय सम्बन्धबारे छलफल
Latest NewsJust now

मन्त्री साहसँग नेपाल–अष्ट्रेलियाको द्विपक्षीय सम्बन्धबारे छलफल

काठमाडौँ, कात्तिक १९ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक कुमार साहसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अर्न्स्टले शिष्टाचार भेट गर्नु भएको छ ।भेटका क्रममा नेपाल–अ... ...

गोरखापत्र
एनपीएलमा नेपाली खेलाडीको दबदबा, ब्याटिङ र बलिङ दुवैमा चम्किए
Latest NewsJust now

एनपीएलमा नेपाली खेलाडीको दबदबा, ब्याटिङ र बलिङ दुवैमा चम्किए

काठमाडौं । काठमाडौंमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेट प्रतियोगिताको सुरुआती चरणमा नेपाली खेलाडीले ब्याटिङ र बलिङ दुवैतर्फ प्रभावशाली प्रदर्शन गरेका छन् । प्रतियोगिताका १३ खेल सम्पन्न हुँदा नेपाली खेलाडीले विदेशी खेलाडीसँग प्रतिस्पर्धा गर्दै व्यक्तिगत प्रदर्शनमा आफूलाई अब्बल साबित गरिरहेका छन् । यसअघिका संस्करणमा सुरुआती चरणदेखि विदेशी खेलाडीको प्रदर्शनले बढी चर्चा पाउने गरेकामा यसपटक नेपाली खेलाडीले पनि ब्याटिङ ...

केन्द्रबिन्दु
कति पर्छ सुनको असर्फीको ?
Latest NewsJust now

कति पर्छ सुनको असर्फीको ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले तिहारका अवसरमा आजदेखि सर्वसाधारणलाई बेच्न सुरु गरेको सुनको असर्फीको मूल्य निर्धारण गरिएको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार २.५ ग्राम सुनको असर्फीको मूल्य प्रतिथान... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play