Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

एनपीएलमा नेपाली खेलाडीको दबदबा, ब्याटिङ र बलिङ दुवैमा चम्किए

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपीएलमा नेपाली खेलाडीको दबदबा, ब्याटिङ र बलिङ दुवैमा चम्किए
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । काठमाडौंमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेट प्रतियोगिताको सुरुआती चरणमा नेपाली खेलाडीले ब्याटिङ र बलिङ दुवैतर्फ प्रभावशाली प्रदर्शन गरेका छन् । प्रतियोगिताका १३ खेल सम्पन्न हुँदा नेपाली खेलाडीले विदेशी खेलाडीसँग प्रतिस्पर्धा गर्दै व्यक्तिगत प्रदर्शनमा आफूलाई अब्बल साबित गरिरहेका छन् । यसअघिका संस्करणमा सुरुआती चरणदेखि विदेशी खेलाडीको प्रदर्शनले बढी चर्चा पाउने गरेकामा यसपटक नेपाली खेलाडीले पनि ब्याटिङ र बलिङमा निरन्तर प्रभाव छाडेका छन् । विशेषगरी युवा खेलाडीको प्रदर्शनले प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक बनाएको छ । ब्याटिङतर्फ विराटनगर किङ्सका नेपाली ब्याटर लोकेश बम सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा शीर्ष स्थानमा छन् । उनले चार खेलमा १६२।०६ को स्ट्राइक रेटमा १८८ रन बनाइसकेका छन् । यसक्रममा उनले दुई अर्धशतक प्रहार गरेका छन् । विराटनगरको लगातार दुई जितमा लोकेशको ब्याटिङ महत्त्वपूर्ण बनेको थियो । आक्रामक ब्याटिङ गरिरहेका उनले छोटो समयमै ठूलो स्कोर बनाउन सक्ने क्षमता देखाएका छन् । सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा दोस्रो स्थानमा विराटनगरकै वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल छन् । उनले चार खेलमा एक अर्धशतकसहित १४१ रन बनाएका छन् । अन्तरराष्ट्रिय क्रिकेटमा स्थापित रसेलसँगै नेपाली ब्याटरले सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा अग्रता लिनु घरेलु क्रिकेटका लागि सकारात्मक पक्ष हो । लोकेशबाहेक नेपाली युवा ब्याटर पवन सर्राफ र इमरान शेखले पनि राम्रो प्रदर्शन गरिरहेका छन् । पवनले १०३ र इमरानले १०० रन बनाइसकेका छन् । नेपाली ब्याटरले व्यक्तिगत प्रदर्शनमा सुधार गर्दै टोलीको जितमा समेत योगदान पुर्‍याउन थालेका छन् । विराटनगर किङ्सका निर्देशक दीपेन्द्र चौधरीले एनपिएलमा नेपाली खेलाडीले देखाएको प्रदर्शन नेपाली क्रिकेटका लागि सुखद रहेको बताउनुभयो । प्रतियोगिताको सुरुआती चरणमै घरेलु खेलाडीले विदेशी खेलाडीसँग प्रतिस्पर्धा गर्दै आफ्नो क्षमता देखाउनु सकारात्मक सङ्केत भएको उनको भनाइ छ । “जारी एनपिएलको सुरुआती चरणमा नेपाली खेलाडीबाट राम्रो प्रदर्शन देखिएको छ । प्लेयर अफ द म्याच अवार्ड जित्ने खेलाडीको सूचीमा पनि घरेलु खेलाडी अगाडि देखिएका छन् । यो नेपाली क्रिकेटका लागि राम्रो सङ्केत हो”, पूर्वराष्ट्रिय क्रिकेट खेलाडीसमेत रहेका चौधरीले भने । ब्याटिङमा मात्र नभई बलिङतर्फ पनि नेपाली खेलाडीको प्रदर्शन उल्लेखनीय छ । सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा कर्णाली याक्सका कप्तान सोमपाल कामी शीर्ष स्थानमा छन् । उनले तीन खेलमा ८।२० को इकोनोमी रेटमा सात विकेट लिएका छन् । सोमपालले प्रभावकारी बलिङ गर्दै विपक्षी ब्याटरलाई दबाबमा राखेका छन् । कप्तानीसँगै बलिङ र ब्याटिङ दुवैतर्फ जिम्मेवारीपूर्ण प्रदर्शन गरिरहेका उनको लय कर्णालीका लागि महत्त्वपूर्ण बनेको छ । सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा इङ्ग्यान्डका मोइन अली र श्रीलङ्काका एन्जेलो म्याथ्युज पनि छन् । उनीहरू दुवैले समान चार खेलमा सात–सात विकेट लिएका छन् । यस्तै, सुदूरपश्चिम रोयल्सका युवा स्पिनर अनिल खरेलले पनि प्रभावशाली बलिङ गरिरहेका छन् । उनले चार खेलमा ६‍.१२ को इकोनोमी रेटमा छ विकेट लिएका छन् । विपक्षी ब्याटरलाई खुलेर रन बनाउन नदिने उनको क्षमताले सुदूरपश्चिमको बलिङलाई थप मजबुत बनाएको छ । जनकपुर बोल्ट्सबाट पहिलोपटक एनपिएल खेलिरहेका १६ वर्षीय तीव्र गतिका बलर राहुल यादव पनि यस संस्करणका आकर्षण बनेका छन् । उनले चार खेलमा सातको इकोनोमी रेटमा छ विकेट लिएका छन् । जनकपुरको दुई जितमा राहुलको योगदान महत्त्वपूर्ण रहेको छ । कम उमेरमै ठूलो प्रतियोगितामा अवसर पाएका राहुलले आफ्नो बलिङ क्षमतामार्फत समर्थकको ध्यान खिचेका छन् । उनी यस संस्करणमा ‘प्लेयर अफ द म्याच’ समेत घोषित भइसकेका छन् । अनुभवी विदेशी तथा राष्ट्रिय टोलीका खेलाडीसँगै मैदानमा उत्रिएर आत्मविश्वासपूर्ण प्रदर्शन गरेका राहुल नेपाली क्रिकेटको भविष्यका लागि सकारात्मक सम्भावना भएको जनकपुरमा आबद्ध इङ्ग्ल्यान्डका अलराउन्डर मोइन अलीले बताएका छन् । उनले राहुललाई ‘नेपाली मलिङ्गा’ को उपमासमेत दिएका छन् । विराटनगर किङ्सका निर्देशक चौधरीका अनुसार एनपिएलले नेपाली खेलाडीलाई अन्तरराष्ट्रियस्तरका खेलाडीसँग एउटै प्रतियोगितामा खेल्ने र आफ्नो क्षमता परीक्षण गर्ने अवसर दिएको छ । नेपाली खेलाडीले देखाएको निरन्तरता र आत्मविश्वासले घरेलु क्रिकेटको स्तरमा सुधार भइरहेको सङ्केत गरेको उहाँको भनाइ छ । “विगतका संस्करणमा सुरुआतदेखि नै विदेशी खेलाडीले प्रभाव जमाउँदै आएका थिए । तर, यसपालि नेपाली खेलाडीबाट पनि निरन्तर उत्कृष्ट प्रदर्शन देखिएको छ”, उनले भने । नेपाल क्रिकेट सङ्घ (क्यान)का पूर्वछनोट समिति संयोजकसमेत रहेका चौधरीले प्रतियोगिताभर नेपाली खेलाडीको प्रदर्शन यही लयमा कायम रहने विश्वास व्यक्त गरे । पूरा सिजनमा घरेलु खेलाडीले अझ राम्रो प्रदर्शन गर्दै टोलीको नतिजामा निर्णायक भूमिका खेल्न सक्ने उनको भनाइ छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सभापति थापामाथि सरकारी निगरानी बढेको विषयले सानेपा कांग्रेसमा तरंग, पदाधिकारी बैठक बोलाइयो
Latest NewsJust now

सभापति थापामाथि सरकारी निगरानी बढेको विषयले सानेपा कांग्रेसमा तरंग, पदाधिकारी बैठक बोलाइयो

• नेपाली कांग्रेसका सभापति गगन थापामाथि सरकारले निगरानी बढाएको विषयमा चर्चा चलिरहेको छ, जसले पार्टीमा हलचल ल्याएको छ। • सरकारले प्रहरी महानिरीक्षकको फेरबदल गरेको छ, जसले कांग्रेसमा थप सशंकितता उत्पन्न गरेको छ। • थापाले प्रधानमन्त्री बालेन शाहका कदमविरुद्ध आवाज उठाइरहेका छन् र यस विषयमा अनौपचारिक बैठक बोलाइएको छ। ...

नेपालबहस
भोटेकोशी बाढीका बेपत्ताका परिवारमा अझै अन्योल, सास र लासको आशा पनि मर्दै
Latest NewsJust now

भोटेकोशी बाढीका बेपत्ताका परिवारमा अझै अन्योल, सास र लासको आशा पनि मर्दै

बाँके । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा आफन्त गुमाएका बाँकेका परिवारले बेपत्ताको सास वा लास भेटिने आशा क्रमशः मार्दै गएका छन् । बाढीमा आफन्त बेपत्ता भएको ७० दिन बितिसक्दा पनि कुनै खबर नआएपछि उनीहरू अन्योल र पीडामा छन् । गत भदौ १० गते भोटेकोशीमा आएको बाढीले बगाएर बेपत्ता पारेका आफन्तको अवस्था अझै अज्ञात रहेको नेपालगञ्ज उपमहानगरपालिका–२० थपुवाका अनलाल रोकायले बताए । ...

केन्द्रबिन्दु
मन्त्री साहसँग  नेपाल–अष्ट्रेलियाको द्विपक्षीय सम्बन्धबारे छलफल
Latest NewsJust now

मन्त्री साहसँग नेपाल–अष्ट्रेलियाको द्विपक्षीय सम्बन्धबारे छलफल

काठमाडौँ, कात्तिक १९ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक कुमार साहसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अर्न्स्टले शिष्टाचार भेट गर्नु भएको छ ।भेटका क्रममा नेपाल–अ... ...

गोरखापत्र
कति पर्छ सुनको असर्फीको ?
Latest NewsJust now

कति पर्छ सुनको असर्फीको ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले तिहारका अवसरमा आजदेखि सर्वसाधारणलाई बेच्न सुरु गरेको सुनको असर्फीको मूल्य निर्धारण गरिएको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार २.५ ग्राम सुनको असर्फीको मूल्य प्रतिथान... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play