Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

भोटेकोशी बाढी प्रभावित बालबालिकालाई दीर्घकालीन संरक्षण तथा सहयोगका लागि आवेदन माग

Share:WhatsAppFacebookX (Twitter)Telegram
भोटेकोशी बाढी प्रभावित बालबालिकालाई दीर्घकालीन संरक्षण तथा सहयोगका लागि आवेदन माग
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । राष्ट्रिय बाल अधिकार परिषद्ले रसुवा–भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको दीर्घकालीन संरक्षण, हेरचाह, शिक्षा, स्वास्थ्य तथा पुनःएकीकरणका लागि सहयोग उपलब्ध गराउने भएको छ । परिषद्ले ‘विपद् प्रभावित बालबालिकाको दीर्घकालीन संरक्षण, हेरचाह तथा स्याहार योजना, २०८३’ कार्यान्वयनमा ल्याउँदै सहयोगका लागि आवेदन माग गरेको छ । योजनाअन्तर्गत बाढी प्रभावित क्षेत्रमा बसोबास गर्ने १८ वर्षमुनिका बालबालिका लक्षित छन् । विशेषगरी बाढीका कारण दुवै अभिभावक गुमाएका वा सम्पर्कविहीन भएका, एक अभिभावक गुमाएर उच्च जोखिममा रहेका, परिवारबाट छुट्टिएका, अपाङ्गता भएका तथा थप संरक्षण आवश्यक पर्ने बालबालिकालाई प्राथमिकता दिइनेछ । परिषद्ले प्रभावित बालबालिकालाई परिवारमा आधारित हेरचाह, सुरक्षित आवास, दैनिक उपभोग्य सामग्री, खाद्यान्न तथा पोषण, विद्यालय भर्ना र शिक्षाको निरन्तरता, पाठ्यपुस्तक, पोसाक, यातायात, स्वास्थ्य परीक्षण तथा उपचार र मनोसामाजिक परामर्शलगायत सहयोग उपलब्ध गराउने जनाएको छ। स्वीकृत व्यक्तिगत दीर्घकालीन स्याहार योजनाका आधारमा प्रतिमहिना आर्थिक सहयोगसमेत उपलब्ध गराउन सकिनेछ । अन्य सरकारी वा गैरसरकारी निकायबाट छात्रवृत्ति वा सहयोग पाइरहेकालाई दोहोरो सुविधा भने दिइने छैन । सहयोग प्राप्त गर्ने बालबालिकाको परिवारले सुरक्षित वातावरणमा हेरचाह गर्नुपर्ने, बालविवाह हुन नदिने, जोखिमपूर्ण श्रममा नलगाउने, हिंसा तथा यौन दुर्व्यवहारबाट संरक्षण गर्ने र शिक्षाको निरन्तरता सुनिश्चित गर्नुपर्नेछ । बालबालिका तथा परिवारसम्बन्धी व्यक्तिगत विवरणको गोपनीयता कायम राख्नुपर्ने व्यवस्था पनि गरिएको छ । सहयोगका लागि बालबालिकाको जन्मदर्ता, बालबालिका तथा अभिभावकको परिचय खुल्ने कागजात, स्थानीय बाल अधिकार समितिको निर्णय तथा सिफारिस, विपद्बाट प्रभावित भएको प्रमाण, अभिभावक गुमाएको वा बेपत्ता भएको प्रमाण, अपाङ्गतासम्बन्धी प्रमाण र शैक्षिक तथा आर्थिक अवस्थासम्बन्धी विवरण पेस गर्नुपर्नेछ । सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र सम्बन्धित स्थानीय तहको वडा कार्यालयमार्फत आवेदन दिन सकिने राष्ट्रिय बाल अधिकार परिषद्ले जनाएको छ। The post भोटेकोशी बाढी प्रभावित बालबालिकालाई दीर्घकालीन संरक्षण तथा सहयोगका लागि आवेदन माग appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पाठ्यपुस्तक छपाइको सूचीकरण सुरु, शैक्षिक सत्र सुरु भएको १५ दिनभित्र पुस्तक पुगिसक्नुपर्ने
Latest NewsJust now

पाठ्यपुस्तक छपाइको सूचीकरण सुरु, शैक्षिक सत्र सुरु भएको १५ दिनभित्र पुस्तक पुगिसक्नुपर्ने

काठमाडौँ । शैक्षिक सत्र २०८४ को पाठ्यपुस्तक छपाइ तथा वितरणका लागि सूचीकरण प्रक्रिया सुरु भएको छ । पाठ्यक्रम विकास केन्द्रले शैक्षिक सत्र २०८४ का लागि विद्यालय तहका पाठ्यपुस्तक छपाइ तथा वितरणका... ...

रातोपाटी
शनिदेवप्रति बढ्दो आस्था र सङ्कटा शनि मन्दिर
Latest NewsJust now

शनिदेवप्रति बढ्दो आस्था र सङ्कटा शनि मन्दिर

बिहानी भएपछि स्नानादि गरी शुद्ध भई घरमा पूजा–पाठ सम्पन्न गरेर मात्र दिनचर्या आरम्भ गर्नु नेपाली समाजको परम्परागत जीवनशैली हो । आज पनि धेरै मानिसका लागि बिहानको पूजा–पाठ केवल धार्मिक कर्मकाण्ड... ...

रातोपाटी
चीन भ्रमणमा जाने रास्वपा सांसदहरूले गरे सभापति लामिछानेसँग छलफल
Latest NewsJust now

चीन भ्रमणमा जाने रास्वपा सांसदहरूले गरे सभापति लामिछानेसँग छलफल

चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा रास्वपाका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा पार्टीका २० सांसद आइतबार चीन भ्रमणमा जाँदै छन् । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play