Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

भूमिसुधार तथा मालपोत कार्यालयका प्रमुखसहित सात जनाविरुद्ध मुद्दा

Share:WhatsAppFacebookX (Twitter)Telegram
भूमिसुधार तथा मालपोत कार्यालयका प्रमुखसहित सात जनाविरुद्ध मुद्दा
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीमा जग्गाको सरकारी अभिलेख अनधिकृत रूपमा फेरबदल गरी अर्कै व्यक्तिका नाममा दर्ता गरेको आरोपमा भूमिसुधार तथा मालपोत कार्यालयका तत्कालीन प्रमुख र वडाध्यक्षसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले भूमिसुधार तथा मालपोत कार्यालय, सर्लाहीका तत्कालीन कार्यालय प्रमुख पनिलाल यादव, तत्कालीन नायब सुब्बा टुकराम कोइराला र तत्कालीन खरिदार राजेश कुमार झाविरुद्ध बिहीबार विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरेको हो । त्यस्तै, सर्लाहीको ईश्वरपुर नगरपालिका–१५ का तत्कालीन वडाध्यक्ष कपिलदेव चौधरी, तत्कालीन वडा सचिव राम गुलाम राय, जग्गा प्राप्त गर्ने किशोरी धामी थारू तथा जग्गा प्राप्त गर्न सिफारिस र निवेदन दिने भोला धामी थारुलाई समेत प्रतिवादी बनाइएको छ । सर्लाहीको साविक बलवा सोकनाहा गाउँ विकास समिति वडा नम्बर २ ९ख० अन्तर्गत कित्ता नम्बर ६२ को ११ कट्ठा दुई धुर जग्गा कर्मचारी तथा भूमाफियाको मिलेमतोमा फर्जी जग्गाधनी पुर्जा बनाएर बेचबिखन गरिएको भन्ने उजुरीका आधारमा आयोगले अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा रामदेव बैठा र राजदेव बैठाको हकभोगमा रहेको जग्गालाई यसअघि कुनै पनि समयमा हकभोग नरहेका किशोरी धामी थारू र भोला धामी थारुको हकभोगमा रहेको देखाएर सरकारी अभिलेख परिवर्तन गरिएको आयोगको दाबी छ । प्रतिवादीहरूको मिलेमतोमा वास्तविक विवरण लुकाई किशोरी धामी थारुका नाममा दाखिल खारेज गरिएको, गलत लिखत तयार पारिएको तथा सरकारी कागजातमा अनधिकृत रूपमा हेरफेर र थपघट गरी वास्तविक जग्गाधनीलाई हानिनोक्सानी पुर्‍याइएको अभियोग पत्रमा उल्लेख छ । आयोगले तत्कालीन कार्यालय प्रमुख यादव, नायब सुब्बा कोइराला, खरिदार झा र वडाध्यक्ष चौधरीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र ११ बमोजिम कैद तथा जरिवानाको मागदाबी गरेको छ । तत्कालीन वडा सचिव रायविरुद्ध सोही ऐनको दफा ९ र दफा १९ को उपदफा (२) बमोजिम कैद तथा जरिवानाको माग गरिएको छ । किशोरी धामी थारू र भोला धामी थारुलाई गैरकानुनी लाभ प्राप्त गर्ने मतियारका रूपमा प्रतिवादी बनाउँदै ऐनको दफा २२ को प्रतिबन्धात्मक वाक्यांशबमोजिम मुख्य कसुरदारसरह सजायको माग गरिएको आयोगले जनाएको छ । The post भूमिसुधार तथा मालपोत कार्यालयका प्रमुखसहित सात जनाविरुद्ध मुद्दा appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
राइड २५ अभियानको टोली सौराहामा
Latest NewsJust now

राइड २५ अभियानको टोली सौराहामा

चितवन । लण्डनदेखि अष्ट्रेलियाको सिड्नीसम्म अन्तर्राष्ट्रिय साइकल यात्रामा निस्किएको राइड २५ अभियानको टोली चितवनको पर्यटकीय नगरी सौराहा आइपुगेको छ । अभियानका सहसंस्थापक रोब ह्यामिल्टन र जोन रिडम्यानसहित १५औँ चरणको यात्रामा रहेको टोलीले सौराहास्थित रोयल ट्युलिप चितवनमा बसेर यहाँको प्राकृतिक सौन्दर्य, पर्यटन वातावरण र आतिथ्यताको अनुभव गरेको हो । सन् २०१२ देखि सञ्चालन हुँदै आएको राइड २५ अभियानले विभिन्न देश हुँदै चरणबद्धरूपमा ...

हिमालय टाइम्स
दशौँ राष्ट्रिय खेलकुद: शारीरिक सुगठनमा आर्मीलाई तीन स्वर्ण
Latest NewsJust now

दशौँ राष्ट्रिय खेलकुद: शारीरिक सुगठनमा आर्मीलाई तीन स्वर्ण

कर्णाली । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारीरिक सुगठन विधातर्फ त्रिभुवन आर्मी क्लबले तीन स्वर्ण पदक हात पारेको छ । मुख्य प्रशिक्षक राजेन्द्ररत्न तुलाधरका अनुसार पश्चिम रुकुमको चौरजहारीमा शुक्रबार सम्पन्न भएका विभिन्न... ...

रातोपाटी
तुइनखोला पहिरो रोकथाम गर्न नारायणगढ–मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने
Latest NewsJust now

तुइनखोला पहिरो रोकथाम गर्न नारायणगढ–मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने

चितवन । नारायणगढ–मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक पाँच घण्टा सवारी आवागमन बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले मङ्सिर १३ गतेदेखि अर्को सूचना... ...

रातोपाटी
आजदेखि मंसिर १५ गतेसम्म काठमाडौंका यी स्थानमा विद्युत् आपूर्ति प्रभावित हुने
Latest NewsJust now

आजदेखि मंसिर १५ गतेसम्म काठमाडौंका यी स्थानमा विद्युत् आपूर्ति प्रभावित हुने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको बानेश्वर वितरण केन्द्रअन्तर्गत पर्ने विभिन्न क्षेत्रमा आज (शनिबार) देखि मंसिर १५ गतेसम्म दैनिक पाँच घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ । काठमाडौँ उपत्यका मध्य तथा... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement