भुटान एक्कासी बाढी, हिमताल फुटेको आशंका

काठमाडौं । भुटानको गासा जिल्लास्थित शिन्ताफु हिमताल फुटेको आशंका गरिएको छ । बिहीबार साँझ पुनात्साङछु नदीमा एक्कासी बाढी आएपछि हिमताल फुटेको आशंका गरिएको हो । ठूलो बाढी आएपछि भुटानसँग सीमा जोडिएका भारतका पश्चिम बंगाल र असमका क्षेत्रमा सतर्कता अपनाइएको छ । वाकिला पर्वतको फेदीमा रहेको हिमताल फुट्दा करिब ७४ लाख घनमिटर पानी बाहिरिएको प्रारम्भिक विवरण सार्वजनिक भएका छन् । प्रारम्भिक विवरणअनुसार हिमतालबाट बाहिरिएको पानीको वास्तविक प्रभाव र क्षतिको पूर्ण विवरण आइसकेको छैन। भुटान र भारतका अधिकारीहरूले नदीको जलस्तर तथा पानीको बहाव निगरानी गरिरहेका छन्। घटनामा मानवीय क्षतिको विवरण सार्वजनिक भएको छैन। बाढीको बहावले भुटानको लाया क्षेत्र जोड्ने सडकको केही भाग बगाएपछि यातायातसमेत अवरुद्ध भएको बताइएको छ । भुटानबाट बग्ने पुनात्साङछु नदी भारत प्रवेश गरेपछि संकोश नदीका रूपमा बग्छ । नदीमा पानीको सतह अचानक बढ्न सक्ने भन्दै भारतको अलिपुरद्वार र असमको धुब्री जिल्लामा सतर्कता अपनाउन निर्देशन दिइएको छ । पश्चिम बंगालमा संकोश नदी आसपासका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ भने नदी किनारका बस्तीमा साइरन बजाएर स्थानीयलाई सचेत गराइएको बताइएको छ । The post भुटान एक्कासी बाढी, हिमताल फुटेको आशंका appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

गत असोजको दोस्रो साताको बाढीले धानबालीमा मात्रै १ करोड ४३ लाखको क्षति, एक महिनापछि बल्ल विवरण
निरन्तरको वर्षाले हजारौं रोपनी क्षेत्रफलमा लगाएको धानबाली बाढीले डुबानमा परेको थियो । किसानले क्षतिपूर्तिका लागि सम्बन्धित निकायको हारगुहार गरेका थिए । ...

जनकपुरधाम-अयोध्या विशेष रेल सेवा सञ्चालन अन्तिम चरणमा
जनकपुरधामदेखि भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ। प्रधानमन्त्री बालेन शाहको आसन्न भारत भम्रणको क्रममा दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा सो विशेष रेल सेवाको उद्घाटन गर्नेगरी तयारी भइरहेको नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीले जानकारी दिए। ‘प्रधानमन्त्री शाहको भारत भम्रणका क्रममा उक्त विश... ...

निलगिरी र लुम्बिनीसहित ६ निर्माण कम्पनी ३ वर्षसम्मका लागि कालोसूचीमा
काठमाडौँ । सरकारले समयमै काम सम्पन्न नगर्ने तथा सम्झौताका सर्तहरू उल्लङ्घन गर्ने ६ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनीहरूलाई १ देखि ३ वर्षसम्मका लागि कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद... ...

वृद्धाश्रममा आफन्तको प्रतीक्षा
बुलबुले समाचारदातासुर्खेत, कात्तिक १३ गते । आश्रम प्रवेश गर्ने ढोकाको आवाज आउनेबित्तिकै झ्यालबाट झट्ट चियाउनुहुन्छ लछिमाकुमारी गौतम । ६९ वर्षीय गौतम १२ वर्षदेखि वीरेन्द्रनगरस्थित प... ...


