Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

भीमफेदी दुर्घटना छानबिन गर्न समिति

Share:WhatsAppFacebookX (Twitter)Telegram
भीमफेदी दुर्घटना छानबिन गर्न समिति
Photo / Coverage: नेपालन्युज

हेटौंडा। मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा आज बिहान भएको यात्रुबाहक विद्युतीय गाडी (इभी) दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरिएको छ। मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलको संयोजकत्वमा गठित समितिले दुर्घटनाको कारण पहिचान गरी एक साताभित्र प्रतिवेदन पेस गर्नेछ। समितिमा जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रमेश विष्ट, प्रहरी निरीक्षक उमाशङ्कर प्रसाद, प्रदेशको पूर्वाधार विकास कार्यालयका एक इन्जिनियर र बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कानुन अधिकृत सदस्य छन्। प्रजिअ अधिकारीका अनुसार समितिले सवारी साधनको क्षमताभन्दा बढी यात्रु राखिएको वा नराखिएको, रुट इजाजत, चालकको अवस्था तथा सडकको भौतिक अवस्थाबारे छानबिन गर्नेछ। आगामी दिनमा दुर्घटना न्यूनीकरणका लागि सम्बन्धित निकायले अपनाउनु पर्ने उपाय प्रतिवेदनमा समेटिनेछ। भीमफेदी–देउराली सडक खण्डमा पछिल्लो १३ महिनामा तीन वटा ठूला दुर्घटना भएको उल्लेख गर्दै उनले सडक सुरक्षामा तत्काल सुधार आवश्यक रहेको बताए। सवारीसाधनमा लागू गरिएको ‘टाइम कार्ड’ मात्रै दुर्घटना रोक्ने पर्याप्त उपाय नभएको उनको भनाइ छ। आज बिहान काठमाडौंबाट सर्लाहीतर्फ आउँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको इभी सडकबाट करिब ५०० मिटर तल खस्दा दुर्घटना भएको थियो। प्रहरीका अनुसार, दुर्घटनामा १४ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
लागुऔषधसहित ५ जना पक्राउ
Latest NewsJust now

लागुऔषधसहित ५ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित ५ जना पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार मोरङको पथरीशनिश्चरे नगरपालिका–४ बाट दुई, सुनसरीको बराहक्षेत्र नगरपालिका–७... ...

रातोपाटी
छठ पर्वका लागि जनकपुरधामका पोखरी तथा घाट सिँगारिँदै
Latest NewsJust now

छठ पर्वका लागि जनकपुरधामका पोखरी तथा घाट सिँगारिँदै

काठमाडौँ । छठ पर्व नजिकिएसँगै जनकपुरधामसहित तराईका विभिन्न क्षेत्रमा पोखरी, तालतलैया तथा नदी किनारका घाटहरू सिँगार्न थालिएको छ । छठ पर्वको मुख्य केन्द्र मानिने जनकपुरधामका विभिन्न पोखरीमा सरसफाइ, सजावट तथा व्यवस्थापनका काम तीव्र पारिएको हो । जनकपुरधामस्थित गंगासागर पोखरीमा पनि छठ पूजाको तयारी अन्तिम चरणमा पुगेको छ । गंगासागरको धार्मिक तथा पर्यटकीय महत्वलाई ध्यानमा राख्दै छठ पूजा तयारी समिति र स्थानीय युवाहरू ...

कर्पोरट खबर
सिम्ले-चतरा मोटरबोट बन्द, जीर्ण झोलुङ्गे पुलबाट आउजाउ
Latest NewsJust now

सिम्ले-चतरा मोटरबोट बन्द, जीर्ण झोलुङ्गे पुलबाट आउजाउ

सप्तकोशीमा तीन जनाको ज्यान जानेगरी मोटरबोट दुर्घटना भएपछि जल यातायात बन्द हुँदा सहिदभूमिका बासिन्दा २०२६ सालमा बनेको जीर्ण पुलमा निर्भर छन्। ...

कान्तिपुर
सिँचाइ योजना निर्माण गर्न स्थानीय जुटे श्रमदानमा
Latest NewsJust now

सिँचाइ योजना निर्माण गर्न स्थानीय जुटे श्रमदानमा

राजन रावतहुम्ला, कात्तिक २६ गते । जनश्रमदानबाट काम विरलै हुने हुम्ला जिल्लामा यतिबेला भने चङ्खेली गाउँपालिका अध्यक्षसहित वडा २ का बासिन्दाहरु मिलेर रातापया सिँचाइ निर्माण गर्न जनश्... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play