Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

भीमफेदी दुर्घटना अपडेट : डेढ वर्षीय बालक सुदीप यादवको सकुशल उद्धार

Share:WhatsAppFacebookX (Twitter)Telegram
भीमफेदी दुर्घटना अपडेट : डेढ वर्षीय बालक सुदीप यादवको सकुशल उद्धार
Photo / Coverage: पर्दाफास

मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा भएको यात्रुवाहक विद्युतीय (ईभी) हाइस दुर्घटनाबाट डेढ वर्षीय बालक सुदीप यादवको सकुशल उद्धार गरिएको छ । बिहीबार बिहान करिब ५ः४५ बजे काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको ईभी हाइस भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत चिसापानीगढीमा सडकबाट करिब ५०० मिटर तल भिरमा खसेर दुर्घटना भएको थियो । दुर्घटनामा १० जनाको मृत्यु भएको छ भने छ जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार दुर्घटनाका बेला हाइसमा चालकसहित १४ देखि १५ जना सवार थिए । दुर्घटनाको जानकारी बिहान ५ः५५ बजे प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी नायब निरीक्षक दीपेन्द्र ढकालको कमान्डमा सात सदस्यीय प्रहरी टोली घटनास्थल पुगेको थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सन्दीप लामिछानेको ६ विकेट, पोखरा १३२ रनमा अलआउट
OthersJust now

सन्दीप लामिछानेको ६ विकेट, पोखरा १३२ रनमा अलआउट

पोखराका लागि युवराजले आक्रमक ब्याटिङ गरेपनि अन्य ब्याटरले राम्रो साथ दिन सकेनन् । सम्राले ४७ बल खेल्दै ७ चौका र ५ छक्का मदतमा सर्वाधिक ८४ रन बनाए । ...

अनलाइन खबर
बिहे अनिरुद्ध रविचन्दर र काव्या मारनको, चर्चा रजनीकान्तको
OthersJust now

बिहे अनिरुद्ध रविचन्दर र काव्या मारनको, चर्चा रजनीकान्तको

दक्षिण भारतीय संगीतका चर्चित संगीतकार अनिरुद्ध रविचन्दर र आईपीएलसँग जोडिएकी काव्या मारन विवाह बन्धनमा बाँधिएका छन् । ग्रीसमा सम्पन्न उनीहरूको भव्य विवाहका तस्बिरहरू अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनिरहेका छन् । विवाह समारोहमा दक्षिण भारतीय सिनेमाका सुपरस्टार रजनीकान्त र तमिलनाडुका पूर्वमुख्यमन्त्री एमके स्टालिन पनि सहभागी थिए । विवाहका तस्बिर सार्वजनिक भएपछि धेरैको ध्यान बेहुला र… ...

अनलाइन खबर
भीमफेदी दुर्घटना : मृतकका परिवारलाई राहत र घाइतेको उपचार गर्न रविको माग
OthersJust now

भीमफेदी दुर्घटना : मृतकका परिवारलाई राहत र घाइतेको उपचार गर्न रविको माग

२६ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मकवानपुरको भीमफेदीमा भएको माइक्रोबस दुर्घटनामा परी ज्यान गुमाएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत लामिछानेले छठ मनाउन घर फर्किंदै गरेका आम नागरिकहरूले मकवानपुरको भीमफेदीमा भएको कहालीलाग्दो सडक दुर्घटनामा अकालमै ज्यान गुमाउनुपरेको घटनाले आफूलाई अत्यन्त मर्माहत र स्तब्ध बनाएको बताए ।… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play