Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

भिल्लारियलमाथि बार्सिलोनाको सनसनीपूर्ण पुनरागमन जित

Share:WhatsAppFacebookX (Twitter)Telegram
भिल्लारियलमाथि बार्सिलोनाको सनसनीपूर्ण पुनरागमन जित
Photo / Coverage: कर्पोरट खबर

काठमाडौँ । स्पेनिस ला लिगाअन्तर्गत आइतबार भएको रोमाञ्चक खेलमा बार्सिलोनाले भिल्लारियललाई ३–२ गोलले पराजित गरेको छ । घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाले सुरुवाती सात मिनेटमै दुई गोल खाएको थियो । भिल्लारियलका ताजोन बुकाननले पाँचौँ मिनेटमा र तानी ओलुवासेयीले सातौँ मिनेटमा गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाएका थिए । पहिलो हाफमा लमिन यमालले पेनाल्टीमा गोल गर्न सकेनन् । त्यसपछि दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गरेको बार्सिलोनाका लागि जेरार्ड मार्टिनले ५७औँ मिनेटमा गोल गर्दै अन्तर घटाए । फर्मिन लोपेजले ६१औँ मिनेटमा गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए । त्यसपछि ६७औँ मिनेटमा भिल्लारियलका पाउ नाभारोले आफ्नै पोस्टमा गोल गरेपछि बार्सिलोनाले ३–२ को अग्रता बनायो । खेलको अन्तिम समयमा नाभारो दोस्रो पहेँलो कार्ड पाएपछि मैदानबाट बाहिरिएका थिए । यस जितसँगै बार्सिलोनाले लिगको शीर्ष स्थानमा आफ्नो पकड कायम राखेको छ । बार्सिलोनाको १३ खेलमा ३६ अंक भएको छ र शिर्ष स्थानमा कायम छ । त्यस्तै भिल्ला रियलको १३ खेलमा १५ अंक रहेको छ र लिगमा दशौँ स्थानमा छ । The post भिल्लारियलमाथि बार्सिलोनाको सनसनीपूर्ण पुनरागमन जित appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
‘नीतिनिर्माताले साहित्य अध्ययन गर्नु आवश्यक’
Latest NewsJust now

‘नीतिनिर्माताले साहित्य अध्ययन गर्नु आवश्यक’

गोरखापत्र समाचारदाताकाठमाडौँ, मङ्सिर ७ गते । सभामुख डोलप्रसाद अर्यालले नीतिनिर्माताले साहित्य अध्ययन गर्नुपर्ने बताउनुभएको छ । काठमाडौँमा आइतबार आयोजित ‘बाह्रखरी कथा प्रतियोगिता, २... ...

गोरखापत्र
नमोबुद्ध जात्रा आजदेखि
Latest NewsJust now

नमोबुद्ध जात्रा आजदेखि

काभ्रे । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–११ स्थित धार्मिक तथा पर्यटकीयस्थल नमोबुद्धमा नमोबुद्ध जात्रा आजदेखि सुरु हुँदैछ । भोकले छटपटिएकी बघिनी र उनका पाँच डमरुको प्राण बचाउन आफ्नै शरीर अर्पण गरेका राजकुमार महासत्त्वको त्याग र करुणाको किंवदन्तीसँग जोडिएको ऐतिहासिक नमोबुद्ध जात्रा आजदेखि सुरु हुँदैछ । कात्तिक शुक्ल चतुर्दशीदेखि प्रतिपदासम्म सञ्चालन हुने जात्राको पहिलो दिन आज राति दिवङ्गत पितृहरूको सम्झनामा रातभर दीप प्रज्ज्वलन गर्ने ...

केन्द्रबिन्दु
एआई बूमको दिगोपनमा शङ्का बढेसँगै दक्षिण कोरियाली सेयर बजारमा तीव्र गिरावट
Latest NewsJust now

एआई बूमको दिगोपनमा शङ्का बढेसँगै दक्षिण कोरियाली सेयर बजारमा तीव्र गिरावट

सिओल । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रको तीव्र वृद्धिको दिगोपनबारे चिन्ता बढ्दै जाँदा एसियाली बजारहरू सम्भावित अस्थिरताको सामना गर्न तयार भइरहेका छन्। यसै क्रममा दक्षिण कोरियाको सेयर बजारमा सोमबारको सुरुवाती कारोबारमै तीव्र गिरावट... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement