Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

नमोबुद्ध जात्रा आजदेखि

Share:WhatsAppFacebookX (Twitter)Telegram
नमोबुद्ध जात्रा आजदेखि
Photo / Coverage: केन्द्रबिन्दु

काभ्रे । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–११ स्थित धार्मिक तथा पर्यटकीयस्थल नमोबुद्धमा नमोबुद्ध जात्रा आजदेखि सुरु हुँदैछ । भोकले छटपटिएकी बघिनी र उनका पाँच डमरुको प्राण बचाउन आफ्नै शरीर अर्पण गरेका राजकुमार महासत्त्वको त्याग र करुणाको किंवदन्तीसँग जोडिएको ऐतिहासिक नमोबुद्ध जात्रा आजदेखि सुरु हुँदैछ । कात्तिक शुक्ल चतुर्दशीदेखि प्रतिपदासम्म सञ्चालन हुने जात्राको पहिलो दिन आज राति दिवङ्गत पितृहरूको सम्झनामा रातभर दीप प्रज्ज्वलन गर्ने परम्परा रहेको नमोबुद्ध गुठीका अध्यक्ष लोप्साङ बज्र लामाले जानकारी दिए । भोलि मङ्गलबार कात्तिक शुक्ल पूर्णिमाका दिन मुख्य मेला तथा विशेष पूजाआजा हुनेछ । किंवदन्तीअनुसार तत्कालीन पनौती राज्यका राजा महारथ र रानी सत्यवतीका तीन छोरामध्ये कान्छा राजकुमार महासत्त्व एक दिन आफ्ना दाजुहरूसँग वनबिहारमा गएका थिए । गन्धमान पर्वतको जङ्गलमा पुगेका बेला उनीहरूले भोकले छटपटिएकी सुत्केरी बघिनी र उनका पाँच डमरु देखे । भोक र अशक्तताका कारण बघिनी आफ्नै डमरुलाई समेत खानुपर्ने अवस्थामा पुगेकी थिइन् । बघिनी र डमरुको पीडा देखेर द्रवित भएका महासत्त्वले दाजुहरूलाई अघि पठाएर आफू त्यहीँ बसे । बघिनीले सुरुमा उनको शरीर खान नसकेपछि राजकुमारले आफ्नो शरीरमा चोट पुर्याइ रगत बगाए । त्यसपछि आफ्नो शरीरको मासु अर्पण गरी बघिनी र पाँच डमरुको प्राण बचाएको धार्मिक विश्वास छ । राजकुमारको देह त्यागपछि उनका अवशेष सङ्कलन गरी सोही स्थानमा स्तूप निर्माण गरिएको किंवदन्ती छ । यही घटनासँग जोडिएर उक्त स्थान ‘नमोबुद्ध’ नामले चिनिन थालेको मानिन्छ । राजकुमारको त्याग र करुणाको स्मरणमा हरेक वर्ष जात्रा लाग्ने परम्परा छ । यस अवसरमा भक्तजनले पूजाआजा, दीप प्रज्ज्वलन तथा विभिन्न धार्मिक अनुष्ठान गर्ने गर्छन् । मेला अवधिमा ५० हजारभन्दा बढी भक्तजन सहभागी हुने अपेक्षा गरिएको नमोबुद्ध नगरपालिकाका प्रमुख कुनसाङ लामाले जानकारी दिए । उनका अनुसार दर्शनार्थीको सहजता, यातायात व्यवस्थापन, सरसफाइ तथा शान्ति सुरक्षाका लागि नगरपालिका, नमोबुद्ध गुठी र स्थानीय सुरक्षा निकायबीच समन्वय गरी आवश्यक तयारी गरिएको छ । काभ्रेपलाञ्चोकसहित काठमाडौँ, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, रामेछाप, सिन्धुली र धादिङलगायत जिल्लाबाट हजारौँ बौद्ध धर्मावलम्बी तथा आन्तरिक पर्यटक जात्रामा सहभागी हुने अपेक्षा गरिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
मध्यपश्चिम विश्वविद्यालयले खुलायो डिन र निर्देशक पदमा दरखास्त
Latest NewsJust now

मध्यपश्चिम विश्वविद्यालयले खुलायो डिन र निर्देशक पदमा दरखास्त

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरस्थित मध्यपश्चिम विश्वविद्यालयले विभिन्न सात वटा ग्राजुएट स्कुलका डिन तथा दुई वटा निर्देशनालयका कार्यकारी निर्देशक पदहरूमा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्न दरखास्त आह्वान गरेको छ। विश्वविद्यालयको ऐन तथा नियमावली... ...

रातोपाटी
देवघाटधामको धार्मिक पर्यटन प्रवर्द्धन गर्न आजदेखि गण्डकी परिक्रमा महोत्सव सुरु
Latest NewsJust now

देवघाटधामको धार्मिक पर्यटन प्रवर्द्धन गर्न आजदेखि गण्डकी परिक्रमा महोत्सव सुरु

तनहुँ । प्रसिद्ध धार्मिकस्थल देवघाटधामको प्रचारप्रसार गर्ने उद्देश्यका साथ आजदेखि गण्डकी परिक्रमा महोत्सव आयोजना गरिएको छ । त्यस क्षेत्रको धार्मिक महत्व र भौतिक विकासलाई संवर्द्धन गर्दै वैदिक सनातन धर्म र संस्कृतिको प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको कार्यक्रम संयोजक फणिन्द्रप्रसाद पौडेलले जानकारी दिए। नेपाल सन्त समाजको आयोजना तथा देवघाट गाउँपालिका र देवघाट क्षेत्र विकास समितिको समन्वयमा गण्डकी परिक्रमा महोत्सव आयोजना गरिएको हो ...

केन्द्रबिन्दु
साउदीको सपनामाथि हुथीको हमला
Latest NewsJust now

साउदीको सपनामाथि हुथीको हमला

साउदी अरबको राजधानी रियादमा निर्माणाधीन गगनचुम्बी भवनहरू, विशाल वित्तीय केन्द्र, आधुनिक विमानस्थल र भविष्यको सहर बनाउने महत्वाकांक्षी योजनाले एउटा नयाँ मध्यपूर्वको तस्बिर प्रस्तुत गर्दै आएका थिए। तेलको आम्दानीमा निर्भर पुरानो अर्थतन्त्रलाई पर्यटन, प्रविधि, मनोरञ्जन, खेलकुद र अन्तर्राष्ट्रिय लगानीको केन्द्रमा रूपान्तरण गर्ने योजनाको नेतृत्व युवराज तथा प्रधानमन्त्री मोहम्मद बिन सलमानले गरिरहेका थिए। नोभेम्बर २०२६ मा त्यो चमकको पछाडि अर्को वास्तविकता देखिन थालेको ...

नेपालन्युज
अन्नपूर्ण संरक्षण क्षेत्रमा चार महिनामै एक लाख २३ हजार विदेशी पर्यटक
Latest NewsJust now

अन्नपूर्ण संरक्षण क्षेत्रमा चार महिनामै एक लाख २३ हजार विदेशी पर्यटक

गण्डकी । गत साउनदेखि कात्तिकसम्ममा अन्नपूर्ण संरक्षण क्षेत्रमा एक लाख २३ हजार ७१४ जना विदेशी पर्यटक भित्रिएका छन् । यो सङ्ख्या गत वर्षको सोही अवधिको तुलनामा २९ हजार ११० ले बढी हो । यस वर्ष साउनमा २६ हजार ५९१, भदौमा १७ हजार ९१३, असोजमा ३२ हजार ९३६ र कात्तिकमा ४६ हजार २४७ पर्यटकले यस क्षेत्रको भ्रमण गरेका हुन् । संरक्षण क्षेत्र आयोजनाका ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement