काठमाडौँ । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले आज बिहीबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सँग शिष्टाचार भेटवार्ता गर्ने भएका छन्। प्रधानमन्त्री शाहसँग भेटवार्ता गरेपछि मिस्री आजै अपराह्न स्वदेश फर्किने कार्यक्रम रहेको छ। प्रधानमन्त्री शाहको भारत भ्रमणको तयारीका सिलसिलामा मिस्री काठमाडौँ आएका हुन्। नेपाल भ्रमणका क्रममा उनले बुधबार अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, पूर्वाधार विकासमन्त्री सुनिल लम्साल तथा परराष्ट्र सचिव अमृतबहादुर राईसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए। आज प्रधानमन्त्रीसँग हुने भेटवार्तालाई दुई देशबीचको उच्चस्तरीय भ्रमणको तयारीका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ। यसअघि प्रधानमन्त्री शाहले भेटका लागि समय नदिने बताएपछि मिस्रीको नेपाल भ्रमण अनिश्चित बनेको चर्चा भएको थियो। यद्यपि, अन्ततः प्रधानमन्त्रीसँग भेटवार्ताको कार्यक्रम तय भएको छ। प्रधानमन्त्री शाहको भारत भ्रमणको मिति भने सार्वजनिक भइसकेको छैन। दुवै देशले भ्रमणको आवश्यक तयारी गरिरहेको जनाइएको छ।
भारतीय विदेश सचिव मिस्रीले आज प्रधानमन्त्री शाह सँग भेटवार्ता गर्दै

Read Complete Original Article
Published originally on नेपालन्युज






