Monday, November 23, 2026||
MultiKhabarMultiKhabar
भारतसँग आर्थिक सम्बन्ध विस्तारका पाँच ठूला परियोजना, नेपाललाई २ खर्ब ४० अर्ब सहायता घोषणा
Share:WhatsAppFacebookX (Twitter)Telegram
भारतसँग आर्थिक सम्बन्ध विस्तारका पाँच ठूला परियोजना, नेपाललाई २ खर्ब ४० अर्ब सहायता घोषणा
Photo / Coverage: आर्थिक न्यूज
काठमाडौं । नेपाल र भारतबीचको आर्थिक सम्बन्धलाई व्यापार, पारवहन, ऊर्जा र पूर्वाधारमा थप विस्तार गर्ने गरी प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा महत्वपूर्ण घोषणा र सहमति भएका छन्। भारतले नेपालको पुनर्निर्माण तथा दीर्घकालीन विकासका लागि २ खर्ब ४० अर्ब रुपैयाँ बराबरको विकास सहायता प्याकेज घोषणा गरेको छ भने नेपालले तेस्रो मुलुकसँगको व्यापारका लागि भारतका थप दुई बन्दरगाह प्रयोग गर्न पाउने भएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार नयाँदिल्लीस्थित हैदराबाद हाउसमा प्रधानमन्त्री शाहसँगको उच्चस्तरीय वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा उक्त सहायता प्याकेज घोषणा गरेका हुन्। भदौ १० गतेको भोटेकोशी–त्रिशूली बाढीपछि प्रभावित क्षेत्रको पुनर्निर्माण, जनजीवनको पुनःस्थापना र नेपालको दीर्घकालीन विकास क्षमता अभिवृद्धि गर्न उक्त रकम उपलब्ध गराउने मोदीले बताएका छन्।
मोदीले नेपालको पुनर्निर्माण र नयाँ विकासलाई मजबुत बनाउन २४ हजार करोड नेपाली रुपैयाँ अर्थात् २ खर्ब ४० अर्ब रुपैयाँको विकास सहायता प्याकेज घोषणा गरेका हुन्। विपद् प्रभावित परिवारको जीवन सामान्य अवस्थामा फर्काउने, नयाँ अवसर सिर्जना गर्ने र भविष्यमा आउन सक्ने विपद् सामना गर्ने नेपालको क्षमता बढाउने उद्देश्य रहेको उनले बताएका छन्।
तर, घोषित रकममध्ये कति अनुदान र कति ऋण हुने भन्ने खुलाइएको छैन। सहायता प्याकेजको वितरण प्रक्रिया, क्षेत्रगत बाँडफाँट, कार्यान्वयन अवधि र सर्तसम्बन्धी विस्तृत विवरण पनि सार्वजनिक भएको छैन। त्यसैले यो रकम नेपालको पुनर्निर्माण र विकासमा कस्तो वित्तीय भार वा सुविधा बनेर आउनेछ भन्ने कुरा आगामी कार्यान्वयन सम्झौताले निर्धारण गर्नेछ।
पाँच परियोजनामा संयुक्त शिलान्यास
प्रधानमन्त्री शाह र मोदीले सोमबार नै नेपाल र भारतबीचका पाँच विकास परियोजनाको संयुक्त रूपमा शिलान्यास गरेका छन्। नयाँदिल्लीस्थित हैदराबाद हाउसबाट भर्चुअल माध्यममार्फत गरिएको शिलान्यासमा सीमापार सम्पर्क, व्यापार सहजीकरण, पेट्रोलियम आपूर्ति र ऊर्जा उत्पादनसँग सम्बन्धित आयोजना समेटिएका छन्।
शिलान्यास गरिएका परियोजनामा नेपालको दार्चुला र भारतको धार्चुला जोड्ने महाकाली नदीमाथिको पुल, बनबासामा एकीकृत जाँच चौकी, मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण, झापामा ग्रिनफिल्ड आयल स्टोरेज टर्मिनल र ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजना छन्।
६६९ मेगावाटको तल्लो अरुण आयोजना भने नेपालको जलविद्युत् उत्पादन क्षमता विस्तार र भारतसँगको ऊर्जा सहकार्यका दृष्टिले महत्वपूर्ण छ। करिब ९२ अर्ब ६७ करोड रुपैयाँ अनुमानित लागत रहेको आयोजनाको निर्माण पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ। आयोजना विकास सम्झौताअनुसार उत्पादित कुल विद्युत्को २१ प्रतिशत नेपालले निःशुल्क पाउनेछ भने २५ वर्षको व्यावसायिक सञ्चालनपछि आयोजना नेपाल सरकारलाई निःशुल्क हस्तान्तरण गरिनेछ।
तेस्रो मुलुकसँगको व्यापारका लागि थप दुई बन्दरगाह
प्रधानमन्त्री शाहको भारत भ्रमणबाट नेपालको वैदेशिक व्यापार र पारवहनका लागि थप दुई भारतीय बन्दरगाह प्रयोग गर्ने बाटो खुलेको छ। संयुक्त पत्रकार सम्मेलनमा मोदीले नेपालले ओडिसाको पारादीप र गुजरातको कान्डला बन्दरगाह प्रयोग गर्न पाउने घोषणा गरेका हुन्।
नेपालले यसअघि ओडिसाको धाम्रा र गुजरातको मुन्द्रा बन्दरगाह प्रयोग गर्न माग गर्दै आएको थियो। यी दुई बन्दरगाह प्रयोग गर्ने विषयमा सन् २०१९ मै सहमति भएको चर्चा भए पनि कार्यान्वयनमा आउन सकेको थिएन। यसपटक भने त्यही राज्यका फरक बन्दरगाह पारादीप र कान्डला प्रयोग गर्न पाउने घोषणा भएको हो।
नेपालले हाल भारतका कोलकाता, हल्दिया र विशाखापट्टनम बन्दरगाह प्रयोग गर्दै आएको छ। कोलकाता र हल्दियालाई एउटै व्यापारिक मार्गका रूपमा उपयोग गरिँदै आएको छ। कोलकातामा तुलनात्मक रूपमा साना र हल्दियामा ठूला जहाज आउने भएकाले नेपालले दुवै बन्दरगाहको सेवा लिँदै आएको हो। त्यस्तै, आन्ध्र प्रदेशस्थित विशाखापट्टनम बन्दरगाह पनि नेपालको तेस्रो मुलुकसँगको व्यापारका लागि प्रयोगमा छ।
पारादीप र कान्डलाको पहुँच थपिएपछि नेपालको समुद्री व्यापारका लागि बन्दरगाहको विकल्प बढ्नेछ। यसले आयात–निर्यातमा एउटै मार्ग वा बन्दरगाहमाथिको निर्भरता कम गर्न र ढुवानी व्यवस्थापनमा थप विकल्प दिन सक्छ। तर नयाँ बन्दरगाहबाट व्यापार गर्दा ढुवानी दूरी, भन्सार प्रक्रिया, रेल तथा सडक सम्पर्क, सेवा शुल्क र समय कति लाग्छ भन्ने आधारमा यसको वास्तविक आर्थिक लाभ निर्धारण हुनेछ।
ऊर्जा, व्यापार र पूर्वाधारमा सम्बन्ध विस्तारको संकेत
प्रधानमन्त्री शाह र मोदीबीचको वार्तामा नेपाल–भारत सम्बन्धका समग्र पक्षको समीक्षा गर्दै आर्थिक सहकार्य, व्यापार, पारवहन, ऊर्जा, जलस्रोत, पूर्वाधार विकास र सीमापार सम्पर्क सञ्जाल विस्तारका विषयमा छलफल भएको थियो। दुवै देशका प्रतिनिधिमण्डलस्तरीय वार्तापछि भएका घोषणा र परियोजनाको शिलान्यासले आर्थिक सम्बन्धलाई थप व्यवस्थित र विस्तार गर्ने प्रयास देखाएको छ।
नेपालका लागि भारत प्रमुख व्यापारिक साझेदार तथा तेस्रो मुलुकसँगको व्यापारमा महत्वपूर्ण पारवहन मार्ग हो। पेट्रोलियम पदार्थको आपूर्ति, जलविद्युत् व्यापार, सडक तथा रेल सम्पर्क र बन्दरगाहको प्रयोगमा भारतसँगको सहकार्यले नेपालको समग्र अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पार्छ। त्यसैले यस भ्रमणमा भएका घोषणा र सहमतिलाई कार्यान्वयनमा लैजानु नेपालको आर्थिक हितका दृष्टिले महत्वपूर्ण हुनेछ।
विशेषगरी २ खर्ब ४० अर्ब रुपैयाँको विकास सहायता प्याकेजको वित्तीय स्वरूप स्पष्ट पार्नु, नयाँ बन्दरगाहको प्रयोगसम्बन्धी प्राविधिक तथा प्रशासनिक प्रक्रिया टुंग्याउनु र शिलान्यास गरिएका परियोजनालाई तोकिएको समयमै अघि बढाउनु दुवै देशका लागि चुनौती हुनेछ। घोषणा र शिलान्यासभन्दा पनि त्यसको कार्यान्वयनले नेपाल–भारत आर्थिक सम्बन्धमा हुने वास्तविक प्रगति मापन गर्नेछ।
प्रधानमन्त्री शाह र मोदीबीचको वार्तामा नेपालका तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाललगायत उच्च अधिकारी सहभागी थिए। भारतीय पक्षबाट विदेशमन्त्री एस. जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाललगायत अधिकारी सहभागी थिए।
Share:WhatsAppFacebookX (Twitter)Telegram
Read Complete Original Article
Published originally on आर्थिक न्यूज
Visit Publisher Site →
Advertisement
Related News
🇳🇵 Nepal
नेपालको भविष्य र भारतसँगको सम्बन्धबारे प्रधानमन्त्री शाहको स्पष्ट दृष्टिकोण देखेँ : मोदी
Economy & BusinessJust now
नेपालको भविष्य र भारतसँगको सम्बन्धबारे प्रधानमन्त्री शाहको स्पष्ट दृष्टिकोण देखेँ : मोदी
आर्थिक न्यूज
मैले युवा प्रधानमन्त्री शाहमा नेपालको भविष्य देखेँ : भारतीय प्रधानमन्त्री मोदी
Economy & BusinessJust now
मैले युवा प्रधानमन्त्री शाहमा नेपालको भविष्य देखेँ : भारतीय प्रधानमन्त्री मोदी
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन्द्र शाहमा नेपालको भविष्य र भारत–नेपाल सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने स्पष्ट दृष्टिकोण तथा प्रतिबद्धता देखेको बताएको छ । प्रधानमन्त्री शाहसँगको भेटवार्तापछि ...
अर्थडबली
हिमाल आरोहणबाट ३३ करोड ४२ लाख बढी रोयल्टी सङ्कलन, मनास्लु र आमादब्लम धेरैको रोजाइमा
Economy & BusinessJust now
हिमाल आरोहणबाट ३३ करोड ४२ लाख बढी रोयल्टी सङ्कलन, मनास्लु र आमादब्लम धेरैको रोजाइमा
काठमाडौं । चालु शरद ऋतुको कार्तिक मसान्तसम्म हिमाल आरोहणका लागि अनुमति लिएका आरोहीहरूबाट सरकारले ३३ करोड ४२ लाख रुपैयाँभन्दा बढी रोयल्टी सङ्कलन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागका अनुसार कार्तिक ७ गते २०८३ देखि मंसिर १, २०८३ सम्म देशभरका ४८ हिमाल आरोहणका लागि १८८ आरोहण दलका १ हजार ६३१ जनाले अनुमति लिएका छन् ।&nb… ...
आर्थिक न्यूज
बालेनले दिए मोदीलाई नेपाल भ्रमणको निम्तो
Economy & BusinessJust now
बालेनले दिए मोदीलाई नेपाल भ्रमणको निम्तो
काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन्। सोमबार नयाँदिल्लीमा आयोजित नेपाल–भारत संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री शाहले भारतीय समकक्षी मोदीलाई नेपाल भ्रमणका लागि निमन्त्रणा ...
आजको अर्थ
Multikhabar App
All Information In One Place
Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!
Get it on Google Play
Advertisement