Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

भारतले लोकतन्त्र सम्मेलनमा सहभागी हुन आउने ११५ जनालाई दिएन प्रवेश अनुमति

Share:WhatsAppFacebookX (Twitter)Telegram
भारतले लोकतन्त्र सम्मेलनमा सहभागी हुन आउने ११५ जनालाई दिएन प्रवेश अनुमति
Photo / Coverage: केन्द्रबिन्दु

नयाँदिल्ली । भारतले विपक्षी काङ्ग्रेस पार्टीद्वारा आयोजित लोकतन्त्र सम्मेलनमा सहभागी हुन आउने ११५ जना अन्तरराष्ट्रिय वक्तालाई प्रवेश अनुमति दिएको छैन । काङ्ग्रेसका एक वरिष्ठ नेताले शुक्रबार यसबारे जानकारी दिएका हुन् । प्रवेश अनुमति नपाउनेमा नर्वेकी एक पत्रकार पनि हुन् । उनले यसअघि प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रेस स्वतन्त्रताका विषयमा प्रश्न गरेका थिए । काङ्ग्रेसका सांसद तथा संयुक्त राष्ट्रसङ्घका पूर्ववरिष्ठ अधिकारी शशि थरुरका अनुसार भारतको विदेश मन्त्रालयले अनुमति दिएका ३१५ वक्तामध्ये ११५ जनालाई पछि प्रवेश अनुमति दिइएन वा उनीहरूको भिसा रद्द गरियो । यो कदम सम्भवतः गृह मन्त्रालयको निर्देशनमा चालिएको उनले बताए । थरुरले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “सरकारले कुन कानुनी प्रावधानअन्तर्गत यस्तो कठोर कदम चालेको हो भन्ने कुरा स्पष्ट छैन ।” उनले थ िभनेका छन्, “आफूलाई आलोचनात्मक लाग्ने आवाज दबाउनुपर्ने अवस्थामा पुगेको एउटा गर्विलो लोकतन्त्रका लागि यो निकै लज्जास्पद कुरा हो ।” नर्वेकी पत्रकार हेले लिङले बुधबार भारत प्रस्थान गर्नुअघि आफ्नो भिसा रद्द गरिएको बताइन् । उनलाई सम्मेलनमा सञ्चारमाध्यम र प्रेस स्वतन्त्रताका विषयमा बोल्न आमन्त्रण गरिएको थियो । उनले गत मे महिनामा ओस्लो भ्रमणका क्रममा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री मोदीलाई प्रश्न गरेकी थिइन् । यस घटनाको ‘एडिटर्स गिल्ड अफ इन्डिया’ले निन्दा गरेको छ । गिल्डले यस कदमलाई ‘प्रशासकीय अतिचार’ भन्दै सरकारलाई यसको कारण सार्वजनिक गर्न र निर्णय फिर्ता लिन आग्रह गरेको छ । शुक्रबार हैदराबादमा सुरु भएको दुईदिने सम्मेलनमा ७० भन्दा बढी देशका करिब एक हजार प्रतिनिधि सहभागी भएका छन् । सम्मेलनमा लोकतन्त्र, जलवायु परिवर्तन, कृत्रिम बुद्धिमत्ता (एआई) र विश्वव्यापी सहकार्यका विषयमा छलफल हुनेछ । -एएफपी

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
आसाममा बस–ट्रक जुध्दा कम्तीमा २४ जनाको मृत्यु, ११ घाइते
Latest NewsJust now

आसाममा बस–ट्रक जुध्दा कम्तीमा २४ जनाको मृत्यु, ११ घाइते

भारतको उत्तरपूर्वी राज्य आसामको काजीरंगा राष्ट्रिय निकुञ्जनजिकै शुक्रबार मिनीबस र कन्टेनर ट्रक आपसमा ठक्कर खाँदा २४ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। दुर्घटनास्थलको स्थलगत अवलोकन गरेका आसाम सरकारका मन्त्री अतुल बोराका अनुसार एउटा गाडीको तीव्र गतिका कारण दुर्घटना भएको हो। यद्यपि दुर्घटनाको वास्तविक कारण अनुसन्धानपछि मात्र था... ...

नेपालखबर
भीमफेदी दुर्घटनाका मृतकका परिवारलाई जनही एक लाख राहत
Latest NewsJust now

भीमफेदी दुर्घटनाका मृतकका परिवारलाई जनही एक लाख राहत

• मधेश प्रदेश सरकारले भीमफेदी सडक दुर्घटनामा मृत्यु भएकाका परिवारलाई जनही रु एक लाख राहत दिने निर्णय गरेको छ। • घाइतेहरूको उपचार प्रादेशिक अस्पतालमा निःशुल्क गर्ने व्यवस्था मिलाउने निर्णय पनि गरिएको छ। • प्रदेशसभा बैठक सञ्चालनका लागि आवश्यक प्रक्रिया अघि बढाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरिएको छ। ...

नेपालबहस
युक्रेनलाई ड्रोन आपूर्ति गर्ने जर्मन कम्पनीमाथि साइबर आक्रमण
Latest NewsJust now

युक्रेनलाई ड्रोन आपूर्ति गर्ने जर्मन कम्पनीमाथि साइबर आक्रमण

काठमाडाैँ। जर्मन रक्षा सामग्री उत्पादक कम्पनी क्वान्टम सिस्टम्सले गत महिना साइबर आक्रमणको सामना गर्नुपरेको जनाएको छ। उक्त आक्रमणपछि जर्मन सेनाले सावधानीस्वरूप कम्पनीद्वारा निर्मित आफ्ना ड्रोन केही समयका लागि उडानमा प्रयोग... ...

रातोपाटी
जनकपुरविरुद्ध चितवनको सुरुवाती ५ विकेट पतन
Latest NewsJust now

जनकपुरविरुद्ध चितवनको सुरुवाती ५ विकेट पतन

काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जारी खेलमा जनकपुर बोल्ट्सले दिएको ८९ रनको सामान्य लक्ष्य पछ्याउने क्रममा चितवन राइनोजले पावरप्लेको समाप्तिमा ५ विकेट गुमाएर ४१ रन बनाएको छ। चितवनलाई जितका लागि अब ८० बलमा ४८ रनको आवश्यकता छ। चितवनको ब्याटिङतर्फ रवि बोपाराले १६ बलमा ३ चौकासहित १३ रन जोडे भने कमिंद मिश्राले ६ बलमा १ चौका र १ छक्कासहित १२ रन ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play