काठमाडौं, मंसिर ११ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले भारतले दिने भनिएको आर्थिक सहयोग सीमामा पर्खाल निर्माण गर्न खर्च गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ। उहाँले नेपाली सेनालाई सीमाको सुरक्षामा खटाउनुपर्नेमा जोड दिँदै सेना चुनावमा मतपेटिका बोक्ने र मन्त्रीको ढोका खोल्ने काममा मात्र सीमित भएको भन्दै टिप्पणी गर्नुभएको छ। साम्पाङले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भन्नुभएको छ, “भारतले दिने भनेको पैसाले सिमानामा पर्खाल लाउनु पर्छ ! चुनावमा मत पेटिका बोक्ने र मन्त्रीको ढोका खोल्ने र बुट बजारेर सलोट ठोक्ने सम्ममा सिमित राखिएको नेपाली सेनालाई सिमानामा तैनाथ गर्नु पर्छ !” उहाँको अभिव्यक्तिले नेपालको सीमा सुरक्षा, राष्ट्रिय स्वाधीनता र नेपाली सेनाको भूमिकाबारे पुनः बहस सिर्जना गरेको छ।
भारतले दिने पैसाले सीमामा पर्खाल लगाउनुपर्छ, नेपाली सेना सीमामा तैनाथ गर्नुपर्छ : हर्क साम्पाङ

Read Complete Original Article
Published originally on जनताटाइम्स






