Sunday, October 18, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/भारतको कोलकाताको दुर्गा पूजा पण्डालमा भागदौड, १९ जनाको मृत्यु

भारतको कोलकाताको दुर्गा पूजा पण्डालमा भागदौड, १९ जनाको मृत्यु

Share:WhatsAppFacebookX (Twitter)Telegram
भारतको कोलकाताको दुर्गा पूजा पण्डालमा भागदौड, १९ जनाको मृत्यु

काठमाडौं । भारतको पश्चिम बङ्गालस्थित कोलकातामा शनिबार साँझ दुर्गा पूजा पण्डालमा भागदौड हुँदा कम्तीमा १९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई बालबालिका पनि रहेका छन् । घटनामा २५ जना घाइते भएको विवरणमा उल्लेख छ । कोलकाताको चोरबागान दुर्गा पूजा पण्डालमा भएको घटनामा कोलकाता मेडिकल कलेजका स्रोतले भने २० जनाको मृत्यु र ४५ जनाभन्दा बढी घाइते भएको दाबी गरेका छन् । मृतक तथा घाइतेको सङ्ख्याबारे फरक विवरण सार्वजनिक भएका छन् । कोलकाता प्रहरीका अनुसार शनिबार साँझ वर्षा भएपछि पानीबाट जोगिन धेरै मानिस पण्डालभित्र बसेका थिए । साँझ बाहिर रहेका मानिसले पनि भित्र प्रवेश गर्न खोजेपछि धकेलाधकेल भएको थियो । त्यसपछि भागदौड मच्चिएको बताइएको छ । घटनापछि पण्डालका बत्ती निभाएर मानिसको प्रवेश रोकिएको थियो । सुरक्षाका कारण सहरका अन्य केही दुर्गा पूजा पण्डालसमेत बन्द गराइएको विवरणमा उल्लेख छ । कोलकातामा दुर्गा पूजा मनाउन करिब ३ हजार ५०० पण्डाल निर्माण गरिएको छ । The post भारतको कोलकाताको दुर्गा पूजा पण्डालमा भागदौड, १९ जनाको मृत्यु appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

नौरथाभर पूजाआजामा व्यस्त रहन्छु : भवानी राणा
ताजा खबरJust now

नौरथाभर पूजाआजामा व्यस्त रहन्छु : भवानी राणा

नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष राणा भन्छिन्- 'म आफैंले पाठ पनि गर्छु । गुरु राखेर पूजा पनि हुन्छ । १८ वर्षदेखि दसैंमा यही नित्यकर्म गर्दै आएकी छु ।' ...

कान्तिपुर
वेस्ट ब्याङ्कमा कूटनीतिज्ञ र फ्रान्सेली मेयरमाथि आक्रमण
ताजा खबरJust now

वेस्ट ब्याङ्कमा कूटनीतिज्ञ र फ्रान्सेली मेयरमाथि आक्रमण

काठमाडौं । इजरायली बस्तीका बासिन्दाहरूले कब्जामा रहेको वेस्ट ब्याङ्कमा युरोपेली कूटनीतिज्ञहरूको टोलीमाथि आक्रमण गर्नुका साथै फ्रान्सेली मेयर बर्नार्ड बाउडोक्सलाई कुटपिट गरेका छन्। अमेरिकी फोटो पत्रकारमाथि आक्रमण भएको भोलिपल्टै भएका घटनाप्रति अमेरिकी विदेशमन्त्री मार्को रुबियोले चिन्ता व्यक्त गरेका छन्। उत्तरी फ्रान्सको औल्नोए–आयमेरिसका ७८ वर्षीय मेयर बाउडोक्स प्यालेस्टिनी किसानहरूसँग जैतुन टिप्न सहभागी भएका बेला मुख छोपेका व्यक्तिहरूले उनलाई लात्ती र फलामको बारले प्रहार ...

केन्द्रबिन्दु
खोइँछ भर्न जनकपुरको राजदेवी मन्दिरमा महिलाको घुइँचो
ताजा खबरJust now

खोइँछ भर्न जनकपुरको राजदेवी मन्दिरमा महिलाको घुइँचो

जनकपुरधाम । दसैँको महाअष्टमीका अवसरमा जनकपुरधामस्थित प्रसिद्ध राजदेवी मन्दिरमा दुर्गा माताको खोइँछ भर्न हजारौँ महिलाको घुइँचो लागेको छ। सन्तानको दीर्घायु, पारिवारिक सुख, शान्ति र समृद्धिको कामना गर्दै महिलाहरू बिहानैदेखि विभिन्न शक्तिपीठमा... ...

रातोपाटी
बुटवलमा दसैं, अर्घाखाँचीमा घुमघाम : चन्द्र टण्डन
ताजा खबरJust now

बुटवलमा दसैं, अर्घाखाँचीमा घुमघाम : चन्द्र टण्डन

सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक टण्डनले यसपालि दसैं बिदामा विदेश घुम्ने योजना बनाएनन् । मुलुकलाई परेको पीडा भुलाउन र रीति तथा परम्परा जोगाउन दसैंलगायत चाडपर्व मनाउनुपर्ने बताए । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play