Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

भारत भ्रमणमा बालेनका लागि मोदीको भावुक उपहार, दिए दिवंगत बुवाको दुर्लभ तस्बिर

Share:WhatsAppFacebookX (Twitter)Telegram
भारत भ्रमणमा बालेनका लागि मोदीको भावुक उपहार, दिए दिवंगत बुवाको दुर्लभ तस्बिर
Photo / Coverage: पर्दाफास

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको एउटा उपहारले कूटनीतिक भेटवार्ताभन्दा परको पारिवारिक सम्बन्ध र स्मृतिलाई पनि जोडेको छ। मोदीले प्रधानमन्त्री शाहलाई उनका दिवंगत पिता डा. रामनारायण शाहको पुरानो तस्बिर उपहार दिएका छन्। मोदीले दिएको उक्त तस्बिरमा डा. रामनारायण शाह आफ्ना सहपाठी तथा सहकर्मीहरूसँग देखिएका छन्। यो तस्बिर गुजरात आयुर्वेद विश्वविद्यालय, जामनगरमा स्नातकोत्तर अध्ययन गरिरहेका बेलाको हो। तस्बिरमा उनी अगाडि उभिएका छन् भने पछाडि उनका सहपाठीहरूको समूह देखिन्छ। कुनै समय अध्ययन र पेसागत यात्रामा व्यस्त रहेका डा. शाहको जीवनको एउटा पुरानो क्षण समेटिएको यो तस्बिर अहिले छोरा बालेनका लागि विशेष सम्झनाको सामग्री बनेको छ। डा. रामनारायण शाह नेपालका वरिष्ठ आयुर्वेद चिकित्सक थिए। उनले आफ्नो जीवनको लामो समय आयुर्वेद चिकित्सा क्षेत्रको सेवा र विकासमा बिताएका थिए। उनले नरदेवी आयुर्वेद अस्पतालमा लामो समय काम गरेका थिए। त्यसपछि सिंहदरबार वैद्यखानामा समेत सेवा गरेका थिए। उनी आयुर्वेद विभागको निमित्त महानिर्देशकको जिम्मेवारीमा समेत पुगेका थिए। आयुर्वेद चिकित्सा क्षेत्रमा लामो अनुभव र योगदान रहेका डा. शाहलाई चिकित्सा क्षेत्रका एक अनुभवी चिकित्सकका रूपमा चिनिन्थ्यो। उनले आफ्नो पेसागत जीवनको ठूलो हिस्सा उपचार सेवा र आयुर्वेद क्षेत्रको संस्थागत विकासमा समर्पित गरेका थिए। तर, गत वर्ष परिवारले उनलाई गुमाउनुपर्‍यो। लामो समयदेखि मधुमेह र पिसाबसम्बन्धी समस्याबाट पीडित डा. शाहको २०८२ मंसिर १५ गते ७७ वर्षको उमेरमा नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारका क्रममा निधन भएको थियो। बुवाको निधन भएको करिब एक वर्षपछि भारतको राजकीय भ्रमणमा रहेका बालेनले भारतीय प्रधानमन्त्रीबाट उनै बुवाको पुरानो तस्बिर उपहार पाएका छन्। यो उपहार केवल एउटा तस्बिरमा सीमित छैन। यसले डा. शाहको विद्यार्थी जीवनको एउटा पुरानो अध्यायलाई फेरि जीवित बनाएको छ। सार्वजनिक जीवनमा देशको नेतृत्व गरिरहेका बालेनका लागि यो तस्बिर आफ्ना बुवाको विगत, संघर्ष र योगदानसँग जोडिएको एउटा सम्झनाका रूपमा रहनेछ। कूटनीतिक भेटघाटमा सामान्यतया दुई देशको सम्बन्ध, संस्कृति र पहिचान झल्काउने उपहार आदानप्रदान हुने गर्छन्। तर यसपटक मोदीले दिएको यो तस्बिरमा एउटा परिवारको निजी इतिहास र दिवंगत पिताको सम्झना पनि जोडिएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
एनपीएलका आठ फ्रेन्चाइज प्रतिनिधिसँग छलफल गर्दै शिक्षामन्त्री पोखरेल
OthersJust now

एनपीएलका आठ फ्रेन्चाइज प्रतिनिधिसँग छलफल गर्दै शिक्षामन्त्री पोखरेल

८ मंसिर, काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपाल प्रिमियर लिग (एनपीएल) का आठवटै फ्रेन्चाइज टोलीका सञ्चालक तथा प्रतिनिधिसँग मंगलबार छलफल गर्दैछन्। एनपीएललाई भविष्यमा ‘होम एन्ड अवे’ प्रणालीमा सञ्चालन गर्ने योजनाअनुसार आवश्यक पूर्वाधार, घरेलु मैदान र लगानीका विषयमा छलफल गर्न उनीहरूलाई बोलाइएको हो। सिंहदरबारस्थित मन्त्रालयमा हुने छलफलमा फ्रेन्चाइज टोलीका सञ्चालक तथा प्रतिनिधिबाट घरेलु मैदानका… ...

अनलाइन खबर
नेपालको विपद्‌पछिको पुनर्निर्माणमा सक्रिय सहयोग गर्छौं : चीन
OthersJust now

नेपालको विपद्‌पछिको पुनर्निर्माणमा सक्रिय सहयोग गर्छौं : चीन

८ मंसिर, काठमाडौं । चीनले नेपालको विपद्‌पछिको पुनर्निर्माण प्रयासमा सक्रिय सहयोग गर्ने जनाएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले सोमबार आयोजित नियमित पत्रकार सम्मेलनपछि अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले सोधेको प्रश्नको जवाफ दिँदै यस्तो बताएका हुन्। हालैको बाढीपछिको पुनर्निर्माणका लागि आर्थिक स्रोत जुटाउन नेपालले अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने योजना बनाएको, जसमा चीनले सहयोग गर्ने सङ्केत… ...

अनलाइन खबर
आनि छोइङ डोल्माको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता
OthersJust now

आनि छोइङ डोल्माको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता

नागरिकता सम्बन्धी विवाद तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विचाराधीन रहेको बेलामा विधि प्रक्रिया भन्दा बाहिर रहेर नियुक्ति गरिएको भन्दै अभियानले प्रश्न उठाउँदै आएको थियो । ...

अनलाइन खबर
बोदेबरसाइन नगरपालिकाको २ करोड ९३ लाखको पोषण कार्यक्रमको आशयपत्र रद्द
OthersJust now

बोदेबरसाइन नगरपालिकाको २ करोड ९३ लाखको पोषण कार्यक्रमको आशयपत्र रद्द

८ मंसिर, सप्तरी । सप्तरीको बोदेबरसाइन नगरपालिकाले बालबालिका, गर्भवती तथा सुत्केरी महिलालाई लक्षित गरी सञ्चालन गर्न लागेको पोषणसम्बन्धी कार्यक्रमको आशयपत्र (ईओआई) आह्वान प्रक्रिया रद्द गरेको छ। नगरपालिकाले गत कात्तिक २० गते २ करोड ९३ लाख रुपैयाँको लागतमा कार्यक्रम सञ्चालन गर्न परामर्श सेवा उपलब्ध गराउने योग्य संस्था, कम्पनी तथा फर्मबाट आशयपत्र माग गरेको थियो। नेपाल सरकार… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement