Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

भारत भ्रमणमा जान लाग्नु भएका प्रधानमन्त्री बालेनलाई एमालेको सुझाव : लम्पसारवादको नयाँ संस्करण बोकेर नफर्कनुहोला

Share:WhatsAppFacebookX (Twitter)Telegram
भारत भ्रमणमा जान लाग्नु भएका प्रधानमन्त्री बालेनलाई एमालेको सुझाव : लम्पसारवादको नयाँ संस्करण बोकेर नफर्कनुहोला
Photo / Coverage: जनताटाइम्स

काठमाडौं, मंसिर ६ । नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यले प्रधानमन्त्री बालेन्द्र साह बालेनको भारत भ्रमणअघि संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल तथा राष्ट्रपतिसँग परामर्श नगरिएकोप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री साह भारत भ्रमणमा जान लाग्नुभएको सन्दर्भमा सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै आचार्यले यस्ता महत्त्वपूर्ण भ्रमणअघि राष्ट्रिय सहमति र साझा धारणा निर्माणका लागि राजनीतिक दलहरूसँग परामर्श गर्नुपर्ने भए पनि त्यसो नगरिएको भन्दै प्रश्न उठाउनुभएको हो । उहाँले सार्वभौम राष्ट्रको प्रधानमन्त्रीका रूपमा भारत भ्रमण गर्दा नेपाल–भारत सम्बन्धलाई पारस्परिक सम्मान, समानता र राष्ट्रिय हितका आधारमा अघि बढाउनुपर्ने बताउनुभएको छ । आचार्यले भन्नुभएको छ, “यस्ता महत्त्वपूर्ण भ्रमणअघि संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल, आवश्यक परामर्श गर्नु तथा राष्ट्रपतिसँग संवाद गर्नु लोकतान्त्रिक अभ्यास र संस्थागत मर्यादाका दृष्टिले महत्त्वपूर्ण हुन्छ। यसले राष्ट्रिय चासोका विषयमा साझा धारणा बनाउन र विदेशमा नेपालको आवाज थप सशक्त बनाउन सहयोग पुर्‍याउँछ, तर त्यस्तो गरिएन।” उहाँले भ्रमणअघि नै गर्नुपर्ने परामर्श नगरेको विषयलाई लोकतान्त्रिक अभ्यास र संस्थागत मर्यादासँग जोड्दै राष्ट्रिय महत्त्वका विषयमा साझा धारणा बनाएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । त्यसैगरी, सीमा तथा भूभागसम्बन्धी विषयमा नेपालको स्थापित अडान, ऐतिहासिक प्रमाण र राष्ट्रिय सहमतिअनुरूप स्पष्ट तथा जिम्मेवार प्रस्तुति दिनुपर्नेमा पनि आचार्यले जोड दिनुभएको छ । “मित्रवत् सम्बन्धलाई सुदृढ बनाउँदै आफ्ना चासो दृढतापूर्वक राख्न सक्नु नै प्रभावकारी कूटनीति हो,” उहाँले उल्लेख गर्नुभएको छ । प्रधानमन्त्रीले नेपालको सार्वभौमिकता, राष्ट्रिय स्वाभिमान र कूटनीतिक मर्यादालाई स्मरण गर्नुपर्ने उहाँको सुझाव छ । भारत भ्रमणका क्रममा नेपालको भूमि तथा सीमा विवादका विषयमा नेपालको अडान कमजोर हुने अभिव्यक्ति नदिन आग्रह गर्दै आचार्यले कडा शब्दमा भन्नुभएको छ, “नेपालले पनि भारतको जग्गा मिचेको छ भन्ने अभिव्यक्ति दिनुपर्ने परिस्थिति नआओस्। लम्पसारवादको नयाँ संस्करण बोकेर नफर्कनुहोला।” प्रधानमन्त्री साहले घोषणापत्रमा उल्लेख गर्नुभएका रोजगारीका सपना, बहुपक्षीय कूटनीति र राष्ट्रिय हितसम्बन्धी प्रतिबद्धताहरू व्यवहारमा कार्यान्वयन हुनुपर्नेमा पनि उहाँले जोड दिनुभएको छ । ती विषय केवल भाषण र प्रचारका विषय बन्न नहुने आचार्यको भनाइ छ । भ्रमणले नेपालको स्वाभिमान उँचो राख्दै दुई देशबीचको विश्वास अभिवृद्धि गर्नुपर्ने उल्लेख गर्दै उहाँले भ्रमणबाट फर्किएपछि भएका समझदारी र उपलब्धिबारे संसद् तथा जनतालाई जानकारी गराउन पनि प्रधानमन्त्रीसँग आग्रह गर्नुभएको छ । “यहाँको भ्रमणले नेपालको स्वाभिमान उँचो राख्दै दुई देशबीच विश्वास बढाओस् र नेपाली जनताका अपेक्षा सम्बोधन गर्ने ठोस आधार तयार गरोस्,” आचार्यले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
राष्ट्रपति पौडेललाई जानकारी नदिई भारत जाँदै बालेन, मुर्मूसँग भने भेटवार्ता गर्ने
PoliticsJust now

राष्ट्रपति पौडेललाई जानकारी नदिई भारत जाँदै बालेन, मुर्मूसँग भने भेटवार्ता गर्ने

काठमाण्डु- प्रधानमन्त्री वालेन्द्र शाह आइतबार दुईदिने राजकीय भ्रमणका लागि भारत जाँदैछन्। तर, विदेश भ्रमणमा जानुअघि राष्ट्रपतिलाई जानकारी गराउने सामान्य अभ्यास प्रधानमन्त्री शाहले पालना गरेनन् । राष्ट्रपति रामचन्द्र पौडेलको सचिवालयका अनुसार प्रधानमन्त्री शाहले आफ्नो भारत भ्रमणबारे अहिलेसम्म औपचारिक वा अनौपचारिक कुनै पनि माध्यमबाट जानकारी गराएका छैनन्। प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा राष्ट्रपतिलाई त्यसबारे जानकारी गराउने अभ्यास रहे […] ...

काठमाण्डुपाटी
शान्ति सम्झौताको २० वर्षमा झलनाथको टिप्पणी– सेना समायोजन भयो, जनताको जीवन बदलिएन
PoliticsJust now

शान्ति सम्झौताको २० वर्षमा झलनाथको टिप्पणी– सेना समायोजन भयो, जनताको जीवन बदलिएन

विस्तृत शान्ति सम्झौता भएको २० वर्ष पुगेको छ । तत्कालीन सरकार र नेकपा माओवादीबीच २०६३ मंसिर ५ गते भएको शान्ति सम्झौताले सशस्त्र द्वन्द्व अन्त्य गरे पनि त्यसको मूल उद्देश्यअनुसार मुलुकको सामाजिक तथा आर्थिक रूपान्तरण हुन नसकेको नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले बताएका छन् । खनालले शान्ति सम्झौताले सेना समायोजनको काम मात्रै पूरा गरेको तर जनताले अपेक्षा गरेअनुसार ...

फरकधार
यस्तो छ प्रधानमन्त्री वालेन्द्रको दुई दिने भारत भ्रमणको विस्तृत कार्यतालिका
PoliticsJust now

यस्तो छ प्रधानमन्त्री वालेन्द्रको दुई दिने भारत भ्रमणको विस्तृत कार्यतालिका

काठमाण्डु-प्रधानमन्त्री वालेन्द्र शाह आइतबार गणतन्त्र भारतको दुईदिने राजकीय भ्रमणमा जाँदैछन्। आइतबार र सोमबार दुई दिन करिब २५ घण्टाका लागि भ्रमण तालिका सार्वजनिक भएको छ। सार्वजनिक कार्यतालिकाअनुसार प्रधानमन्त्री शाह आइतबार दिउँसो नयाँ दिल्ली प्रस्थान गरेर सोमबार साँझ काठमाण्डु आइसक्ने छन्। पहिलो दिनको कार्यतालिका (मङ्सिर ६ /२२ नोभेम्बर) ० दिउँसो १:१ ० बजे (१३१ ०): निवासबाट त्रिभुवन […] ...

काठमाण्डुपाटी
कार्यवाहक प्रधानमन्त्रीकाे जिम्मेवारी ऊर्जामन्त्री श्रेष्ठलाई
PoliticsJust now

कार्यवाहक प्रधानमन्त्रीकाे जिम्मेवारी ऊर्जामन्त्री श्रेष्ठलाई

काठमाण्डु– प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणमा जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी ऊर्जामन्त्री विराजभक्त श्रेष्ठलाई दिएको छ। दोस्रो वरियतामा रहेका अर्थमन्त्री स्वर्णिम वाग्ले पनि भारत जाने भएपछि तेस्रो वरियतामा देखिएका श्रेष्ठलाई जिम्मेवारी दिएको हो। प्रधानमन्त्रीसँगै अर्थमन्त्री स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल पनि भारत जान लागेका हुन्। ३८ सदस्य सरकारी टोली भारत भ्रमणमा निस्किँदा निजी क्षेत्र […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play