Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

खलामा धान भर्दै स्थानीय सरकार

Share:WhatsAppFacebookX (Twitter)Telegram
खलामा धान भर्दै स्थानीय सरकार
Photo / Coverage: नेपालन्युज

पाँचथर। जिल्लाको मिक्लाजुङ गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र कृषि प्राविधिक यतिबेला गाउँका खलामा पुगेर धानको थुप्रो नाप्ने र धान भर्ने कार्यमा व्यस्त छन्। पालिकाभित्र धेरै अन्नबाली फलाउने कृषकलाई पुरस्कार दिने कार्यक्रमका सिलसिलामा उनीहरु हाल खलो पुगेर कस्को कति धान फल्यो भनी विवरण लिन सक्रिय छन्। सो गाउँपालिकाले आव २०७७–७८ देखि कृषक प्रोत्साहन कार्यक्रमअन्तर्गत धान थन्क्याउने समयमा खलोबाटै तथ्याङ्क लिन सुरु गरेपछि वडाका जनप्रतिनिधि फाँट–फाँटमा पुगेका हुन्। सो कार्यक्रमबाट लाभ लिन कृषक उत्साहित भएपछि अन्नबालीको नापजाँच गर्दै गाउँपालिकाको टोली केही वर्षदेखि यो समयमा कृषकका खेतमा पुगिरहेको छ। सोही सन्दर्भमा मिक्लाजुङ–७ लिम्बाका बमबहादुर बोहोराले लिम्बा दोभानस्थित तीन खला खेतमा धान झार्ने कार्यक्रम वडा कार्यालयमा जानकारी गराए। यसैगरी, खलामा धान झारेर भुस उडाएपछि वडाध्यक्ष हेमचन्द्र रेग्मी, वडा सचिव ख्यामप्रसाद चम्लागाईं र कृषि प्राविधिक रीता राईको रोहवरमा धान भरियो। कृषक बोहोराको खलामा भरिएको धान ठयाक्कै २५ मुरी पुग्यो। यस वर्ष बोहोराले त्योसहित ७० मुरीभन्दा बढी धान भित्र्याएका रहेछन्। गाउँपालिकाभित्र उनले नै धेरै धान उत्पादन गरेकाले प्रोत्साहन पुरस्कार पाउने सम्भावना देखिएको वडाध्यक्ष रेग्मीले प्रतिक्रिया दिए। “बोहराले धान मात्र होइन, गोठे मलमा पनि पुरस्कार पाउने हुनुभएको छ,” वडाध्यक्ष रेग्मीले भने, “पालिकाको प्रोत्साहन कार्यक्रममार्फत कतिपय कृषकले एकभन्दा बढी उत्पादनमा पनि पुरस्कार पाइरहनु भएको छ।” मिक्लाजुङ गाउँपालिकाले कृषक प्रोत्साहन कार्यक्रमअन्तर्गत आव २०८१–८२ देखि अन्नबाली उत्पादन र मल उत्पादनमा पनि प्रोत्साहन दिँदै आएको गाउँपालिकाका प्रवक्ता अविशन लावतीले बताए। उनका अनुसार पालिकाले ५० मुरीभन्दा बढी धान फलाउने कृषकलाई रु ५० हजार, २० फिट लम्बाइ र चार फिट उचाइ भएको मकैको थाङ्ग्रो राख्नेलाई रु ३० हजार, ३५ मनभन्दा बढी आलु उत्पादन गर्नेलाई रु २५ हजार तथा १० घनमिटरभन्दा बढी प्राङ्गारिक मल बनाउनेलाई रु २५ हजार पुरस्कार दिँदै आएको छ। गाउँपालिकाले त्यसका लागि आफ्नो अन्न उत्पादन भित्र्याउनुअघि पूर्वसूचना दिनुपर्ने तथा जनप्रतिनिधि, कर्मचारी र प्राविधिकले कडाइका साथ अनुगमन गर्ने व्यवस्था गरेको छ। सो मापदण्डअनुसार पुरस्कार दिँदा वार्षिक रुपमा करिब रु दुई करोड रकम खर्च हुन थालेपछि गाउँपालिकाले यस वर्ष मापदण्डलाई केही कसिलो तुल्याउन लागेको छ। “उत्पादन बढाउन कार्यविधिमा सामान्य फेरबदल गर्न लागेका छौँ”, प्रवक्ता लावतीले भने, “विगतभन्दा धेरै अन्तर हुँदैन। अहिले पनि कृषकले राम्रो लाभ पाउनु हुन्छ।” पुरानो मापदण्डअनुसार नै यस वर्ष पनि धान, मकै र आलु उत्पादन तथा मल भण्डारणवारे पूर्वजानकारी दिन वडामार्फत कृषकलाई यसअघि नै सूचित गरिएको गाउँपालिकाको कृषि शाखाका प्रमुख दीपा राईले जानकारी दिइन्। सोही सूचनाअनुसार कृषकहरुले वडा कार्यालयमा दिएको निवेदनका आधारमा पालिका प्रतिनिधिबाट यतिबेला धान नापजाँचको क्रम चलिरहेको उनले वताइन्। कोभिड–१९ पछि ग्रामीण क्षेत्रलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन गाउँपालिकाले ४० मुरीभन्दा बढी धान फलाउने र चार फिट उचाइ तथा २० फिट लम्बाइको मकैको थाङ्ग्रो राख्ने कृषकलाई रु एक लाख पुरस्कार प्रदान गर्दैआएको छ। त्यस्तै, ३५ मनभन्दा बढी आलु उत्पादन गर्ने कृषकलाई प्रतिकिलो रु २० पुरस्कार दिने गरेकामा लाभग्राही कृषक धेरै भएपछि गाउँपालिकाले पछिल्लो पुरस्कारको रकम घटाएको छ। गत वर्ष मात्रै कृषक प्रोत्साहन पुरस्कारमार्फत गाउँपालिकाले ५८६ जना कृषकलाई रु एक करोड ८५ लाख ६५ हजार रकम वितरण गरेको थियो। प्रवक्ता लावतीका अनुसार गत वर्ष धान उत्पादन गर्ने १०७ जनालाई रु ५३ लाख ५० हजार र मकै उत्पादन गर्ने २४८ जनालाई रु ७४ लाख ४० हजार पुरस्कार बापतको रकम उपलब्ध गराइएको छ। त्यस्तै, आलु उत्पादन गर्ने ६७ जना कृषकलाई रु १६ लाख ७५ हजार र मल उत्पादन गर्ने १६४ जना कृषकलाई पालिकाले रु ४१ लाख पुरस्कार बापतको रकम वितरण गरेको थियो। पुरस्कार प्राप्त गर्ने लाभग्राही कृषकको सङ्ख्या बर्षेनि वृद्धि हुँदा अन्नबाली उत्पादन पनि बढिरहेको प्रवक्ता लावतीले बताए। पाँचथरकै फाल्गुनन्द गाउँपालिकाले पनि ५० मुरीभन्दा बढी धान फलाउनेलाई रु ३० हजार र १०० मुरीभन्दा बढी धान उत्पादन गर्ने कृषकलाई रु ५० हजार प्रोत्साहन पुरस्कार दिँदै आएको छ। जिल्लामा फाल्गुनन्द र मिक्लाजुङ गाउँपालिका धेरै अन्नबाली उत्पादन हुने र सिँचाइका तुलनात्मक रुपमा राम्रो सुविधा भएका पालिकाका रुपमा रहिआएका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उर्जामन्त्री विराजभक्त श्रेष्ठलाई
Latest NewsJust now

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उर्जामन्त्री विराजभक्त श्रेष्ठलाई

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उर्जामन्त्री विराजभक्त श्रेष्ठलाई दिएका छन् । प्रधानमन्त्री शाह आज प्रतिनिधिमण्डलसहित भारत भ्रमणमा जाँदैछन् । दोस्रो वरियतामा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र त्यसपछिको वरियतामा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल प्रधानमन्त्रीसँगै भारत जाँदैछन् । त्यसपछिको वरियतामा रहेका मन्त्री श्रेष्ठलाई प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी […] ...

लोकपथ
इन्डोनेसियाको मिठाई कारखानामा आगलागी हुँदा तीन जनाको मृत्यु, ३६ जना बेपत्ता
Latest NewsJust now

इन्डोनेसियाको मिठाई कारखानामा आगलागी हुँदा तीन जनाको मृत्यु, ३६ जना बेपत्ता

स्थानीय उद्धार अधिकारीका अनुसार शनिबार दिउँसो सेराङ जिल्लास्थित फोनुसा अगुङ मुलिया कारखानामा आगलागी भएको हो ...

कान्तिपुर
एक सातामै सुन र चाँदीको मूल्यमा करिब १० प्रतिशत गिरावट, अझै कति घट्न सक्ला ?
Latest NewsJust now

एक सातामै सुन र चाँदीको मूल्यमा करिब १० प्रतिशत गिरावट, अझै कति घट्न सक्ला ?

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर गिरावट आएको छ । अमेरिकी डलर बलियो हुनु, अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ) ले ब्याजदर बढाउने सम्भावना, विश्व सेयर बजारमा आएको... ...

रातोपाटी
अस्ट्रेलियाका पूर्व सांसद ड्यारिल म्याग्वायरलाई तीन वर्षको जेल सजाय
Latest NewsJust now

अस्ट्रेलियाका पूर्व सांसद ड्यारिल म्याग्वायरलाई तीन वर्षको जेल सजाय

एन् एस् डब्ल्यू जिल्ला अदालतले नोभेम्बर २० मा उनलाई तीन वर्ष कैद सजाय सुनाएको हो । अदालतले एक वर्षको गैरप्यारोल अवधि (न्यूनतम जेलमा बस्नुपर्ने अवधि) तोकेको छ । अर्थात्, उनले कम्तीमा एक वर्ष जेलमा बिताउनुपर्नेछ । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play