काठमाडौं। दुई दिने भारतको राजकीय भ्रमण सम्पन्न गरी काठमाडौं फर्कने क्रममा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनताप्रति आभार व्यक्त गरेका छन्। प्रमुख शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो भ्रमणका क्रममा प्राप्त आतिथ्यका लागि धन्यवाद दिएका हुन्। उनले आफ्नो सन्देशमा लेखेका छन्, ‘Thank you Your excellency Prime Minister Narendra Modi Jyu and the People of India.’ प्रमुख शाह केही समयभित्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको छ।
भारत भ्रमणबाट फर्किएपछि बालेनले दिए धन्यवाद

Read Complete Original Article
Published originally on नेपालन्युज






