Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

प्रधानमन्त्री शाहको भारत भ्रमण फलदायी रहेको परराष्ट्रमन्त्रीको दाबी

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रधानमन्त्री शाहको भारत भ्रमण फलदायी रहेको परराष्ट्रमन्त्रीको दाबी
Photo / Coverage: नेपालन्युज

काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाहको दुईदिने भारत भ्रमण फलदायी भएको बताएका छन्। स्वदेश फर्किएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खनालले भ्रमण सफल भएको जानकारी दिएका हुन्। उनले दुई देशबीच यसपटक संयुक्त प्रेस वक्तव्य जारी हुनुलाई भ्रमणको महत्त्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गरे। यसअघि दुई देशबाट अलग-अलग वक्तव्य जारी हुने गरेकोमा यस पटक संयुक्त रूपमा वक्तव्य सार्वजनिक गरिएको उनले बताए। सीमा विवादका विषयमा दुई प्रधानमन्त्रीबीच उच्च तहमा संवाद गर्ने समझदारी भएको मन्त्री खनालले जानकारी दिए। उनले भने, ‘अहिलेसम्म सीमा समस्या समाधानका लागि भएका प्रगतिबारे समीक्षा गर्दै सीमासम्बन्धी विवाद समाधानका लागि दुवै देशका प्रधानमन्त्रीले उच्च तहमा संवाद गर्न निर्देशन दिएका छन्।’ यसबाहेक, सीमा विवादसम्बन्धी संवाद प्रक्रियालाई अघि बढाउन दुवै देशका विदेश सचिवहरूलाई समेत निर्देशन दिइएको उनले बताए। मन्त्री खनालले यस भ्रमणले नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्धमा नयाँ आयाम थपेको दाबी गरेका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
न्यायाधीशबीचको मतभेदले संवैधानिक इजलास बन्धक, २४६ मुद्दा प्रभावित
Latest NewsJust now

न्यायाधीशबीचको मतभेदले संवैधानिक इजलास बन्धक, २४६ मुद्दा प्रभावित

गठन प्रक्रियाका विषयमा न्यायाधीशहरूबीच मतभेद हुँदा डेढ महिनादेखि संवैधानिक इजलास गठन हुन सकेन, जबकि इजलासमा आठ वर्षसम्मका पुराना रिट विचाराधीन छन्, पहिलो सुनुवाइ नै हुन नसकेका मुद्दा मात्रै ३० वटा छन् । ...

कान्तिपुर
यूएईमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु
Latest NewsJust now

यूएईमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु

• संयुक्त अरब इमिरेट्सको रस अल खैमाह इमिरेटमा यात्रुवाहक बस र ट्रकको ठोक्किँदा ११ जनाको मृत्यु भएको छ। • दुर्घटनापछि उद्धार कार्यका लागि आपत्कालीन टोली घटनास्थलमा परिचालन गरिएको छ र अनुसन्धान भइरहेको छ। • यसअघि फुजैराह इमिरेटमा भएको अर्को दुर्घटनामा १४ जनाको मृत्यु र ३० जना घाइते भएका थिए, जसले सडक सुरक्षाबारे चिन्ता बढाएको छ। ...

नेपालबहस
विराट एक्स्पोको तयारी तीव्र, लगानीदेखि रोजगारीसम्मका अवसर जोड्ने लक्ष्य
Latest NewsJust now

विराट एक्स्पोको तयारी तीव्र, लगानीदेखि रोजगारीसम्मका अवसर जोड्ने लक्ष्य

पुस २ देखि ११ सम्म विराटनगरमा आयोजना हुने नवौं संस्करणको एक्स्पोमा वस्तु तथा सेवाको प्रदर्शनी र बिक्रीसँगै लगानी, प्रविधि, सीप, रोजगारी र उद्यमशीलताका अवसरलाई एउटै मञ्चमा जोड्ने तयारी गरिएको छ। ...

कान्तिपुर
तीन जिल्लाको पूर्वाधार विकास गर्न धनकुटामा डिभिजन कार्यालय
Latest NewsJust now

तीन जिल्लाको पूर्वाधार विकास गर्न धनकुटामा डिभिजन कार्यालय

धनकुटा, संखुवासभा र भोजपुरलाई कार्यक्षेत्र बनाएर स्थापना गरिएको कार्यालयले ग्रामीण सडक, सडक पुल निर्माण तथा स्तरोन्नतिलाई प्राथमिकता दिनेछ । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement