काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई १२ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ। कम्पनीले बोनस सेयर र कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न २६औँ वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार सभा पुस १४ गते मंगलबार पोखराको घारीपाटनस्थित आव्या क्लबमा बिहान ११ बजे बस्नेछ। सभामा कम्पनीको हाल कायम चुक्ता पुँजीको १२ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.६३१५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस गरिनेछ। त्यस्तै, कम्पनीको जारी पुँजी वृद्धि गर्ने र सोहीअनुसार प्रबन्धपत्र संशोधन गर्ने सम्बन्धमा सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ। यसका अतिरिक्त लेखापरीक्षक नियुक्त गर्ने तथा दुई जना सञ्चालकको नियुक्ति अनुमोदन गर्ने प्रस्तावसमेत सभाको कार्यसूचीमा समावेश छन्। साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले मंसिर २५ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार मंसिर २४ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सेयर कारोबार भई कायम रहेका सेयरधनीले मात्र प्रस्तावित लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुन सक्नेछन्। The post भगवती हाइड्रोपावरको १२ प्रतिशत लाभांश घोषणा appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
भगवती हाइड्रोपावरको १२ प्रतिशत लाभांश घोषणा

Read Complete Original Article
Published originally on कर्पोरट खबर





