ब्राजिलको राष्ट्रपतिमा लुलाको जित, फ्लाभियो बोल्सोनारोले नतिजा अस्वीकार गरे

ब्राजिलका वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले राष्ट्रपतीय निर्वाचनको दोस्रो चरणमा जित हासिल गरेका छन् । तर प्रतिष्पर्धी तथा पूर्वराष्ट्रपति जैर बोल्सोनारोका छोरा फ्लाभियो बोल्सोनारोले निर्वाचनको नतिजा स्वीकार गर्न अस्वीकार गर्दै चुनाव रद्ध गर्न माग गरेका छन् । ब्राजिलको सर्वोच्च निर्वाचन अदालतले आइतबार राति सार्वजनिक गरेको आधिकारिक नतिजाअनुसार ९९.९९ प्रतिशत मतगणना सम्पन्न हुँदा लुलाले ५१.७९ प्रतिशत सदर मत प्राप्त गरेका थिए । उनका प्रतिष्पर्धी लिबरल पार्टीका उम्मेदवार फ्लाभियो बोल्सोनारोले ४८.२१ प्रतिशत मत प्राप्त गरेका छन् । जितपछि साओ पाउलोमा आयोजित प्रत्यक्ष सम्बोधनमा लुलाले जनताबाट निर्वाचित रूढिवादी धारको संसदसँग सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरे । उहाँले निर्णय प्रक्रियामा नागरिकको सहभागिता बढाउनुपर्नेमा जोड दिँदै डिजिटल माध्यमबाट हुने विदेशी हस्तक्षेपको सामना गरेपछि डिजिटल नियमनलाई थप सुदृढ बनाउनुपर्ने बताए । ब्राजिल कुनैपनि देशको प्रभाव क्षेत्र वा अधीनस्थ भूभाग नभएको उल्लेख गर्दै उनले राष्ट्रिय सार्वभौमिकताको रक्षा गर्ने धारणा व्यक्त गरे ।यता, राजधानी ब्रासिलियामा सम्बोधन गर्दै फ्लाभियो बोल्सोनारोले निर्वाचनको नतिजा स्वीकार गर्नु ‘असम्भव’ रहेको बताए । उनले निर्वाचन रद्ध गर्नसमेत माग गरेका छन् । लुलाले आगामी सन् २०२७ जनवरी ५ मा चार वर्षे कार्यकालका लागि शपथ लिने जनाइएको छ । यससँगै उनी चौथोपटक ब्राजिलको राष्ट्रपति बन्नेछन् । ब्राजिलमा राष्ट्रपतीय निर्वाचन दुई चरणको बहुमतीय प्रणालीअनुसार हुने गर्छ । पहिलो चरणमा विजयी हुन उम्मेदवारले सदर मतको ५० प्रतिशतभन्दा बढी प्राप्त गर्नुपर्छ । गत अक्टोबर ४ मा सम्पन्न पहिलो चरणको निर्वाचनमा फ्लाभियो बोल्सोनारोले करिव ४७ प्रतिशत मत प्राप्त गर्दै लुलालाई पछि पारेका थिए । लुलाले करिव ४५ प्रतिशत मत प्राप्त गरेका थिए । कुनैपनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसकेपछि दुवै उम्मेदवार दोस्रो चरणमा प्रवेश गरेका थिए । दोस्रो चरणमा भने लुलाले जित हासिल गरेका हुन् ।
Read Complete Original Article
Published originally on टक्सार
Related News

इरान, टर्की, पाकिस्तान र साउदी अरबले अलग्गै क्षेत्रीय सुरक्षा संरचना बनाउन थाले पहल
तेहरान- इरान, टर्की, पाकिस्तान र साउदी अरबले क्षेत्रीय देशकै हित र निर्णयमा आधारित सुरक्षा संरचना निर्माणका लागि पहल अघि बढाउन सक्ने भएका छन् । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईले सोमबार तेहरानमा टर्की, पाकिस्तान र साउदी अरबका उच्च अधिकारीहरूसँग हुने बैठकले क्षेत्रीय सुरक्षा संयन्त्र निर्माणका लागि थप कदम चाल्ने आधार तयार गर्न सक्ने बताएका छन् […] ...

प्रलोभन देखाइ रकम असुल गर्ने वर्णवाल पक्राऊ
दिपकप्रसाद गौतम वीरगञ्ज (पर्सा), कार्तिक ९ गते । पर्सा प्रहरीले आफू सुरक्षाकर्मीको घुमुवा हुँ भन्दै विभिन्न व्यक्तिहरुसँग अवैध रकम असुली गरेको आरोपमा पोखरिया नगरपालिका वडा नम्बर ५... ...

स्कारपियो दुर्घटनामा ५ जनाकाे मृत्यु
गुल्मी। गुल्मीको कालीगण्डकी गाउँपालिका–२ दबौखानीस्थित कालीगण्डकी करिडोर सडक खण्डमा स्कारपियो दुर्घटना हुँदा ५ जनाकाे मृत्यु भएकाे छ । स्याङ्जाको चिरकोटबाट गुल्मीको राक्सेतर्फ जाँदै गरेको बीएए ०२२० नम्बरको स्कारपियो सडकबाट खसेर दुर्घटना... ...

एनपीएल : उद्घाटन खेलमा लुम्बिनी लायन्सलाई ८८ रनको लक्ष्य
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण अन्तर्गतको सुरुवाती खेलमा लुम्बिनी लायन्सले ८८ रनको लक्ष्य पाएको छ । पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले लुम्बिनीलाई ८८ रनको टार्गेट दिएको हो । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस हारेर सुदूरपश्चिमले पहिले ब्याटिङ गर्यो । सुदूरपश्चिम रोयल्स १७ ओभर २ बलमा ८७ रन बनाउँदै […] ...


