Saturday, October 24, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने

बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
बेनी–दरवाङ–मुना सडक :  पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने

म्याग्दी । बाढीपहिरो र नदी कटानले क्षतविक्षत बनेको म्याग्दीको बेनी–दरवाङ–मुना सडक पुनर्निर्माण गर्न करिब रु सात करोड लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । पश्चिम म्याग्दीका मङ्गला, मालिका र धौलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने यस सडकका विभिन्न स्थानमा गत असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीपहिरो र म्याग्दी नदी कटानले ठूलो क्षति पु¥याएको हो । बेनीदेखि धौलागिरि गाउँपालिकाको केन्द्र मुनासम्मको सडकमा करिब २२ स्थानमा क्षति पुगेको पूर्वाधार विकास कार्यालय म्याग्दीले जनाएको छ । बाढीपहिरो र नदी कटानले सडकको सतह भासिनुका साथै ग्यावियन जाली, टेवा पर्खाल र कालोपत्र सडक बगाउँदा पूर्वाधारमा ठूलो क्षति पुगेको कार्यालयका इन्जिनियर मोहन रुवालीले जानकारी दिनुभयो । उहाँका अनुसार बेनीदेखि मङ्गला गाउँपालिका–२ पानाबगरसम्म १५ स्थानमा साना तथा ठूला पहिरो खसेर सडक संरचनामा क्षति पुगेको छ । नदी कटानका कारण दुई स्थानमा सडक भत्किएको छ । यस खण्डमा मात्रै सडक पूर्वाधारमा रु तीनदेखि चार करोड बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ । मालिका गाउँपालिका–६ स्थित बलौटेमा म्याग्दी नदी कटानले करिब १०० मिटर कालोपत्र सडक बगाएर क्षतविक्षत बनाएको छ । पानाबगरदेखि दरवाङसम्म चार स्थानमा पहिरो खसेर सडकमा क्षति पुगेको छ । त्यस्तै, दरवाङदेखि मुना खण्डको धारापानीमा करिब १५० मिटर ढलान गरिएको सडक भासिएको छ भने थापाचौरमा पहिरोले सडक संरचनामा क्षति पु¥याएको छ । सडकमा क्षति पुगेपछि बेनीदेखि मुनासम्मको सीधा यातायात प्रभावित भएको छ । बलौटेदेखि तोलाबाङसम्मको सडकमा ठूलो क्षति पुगेपछि मङ्गला र मालिका गाउँपालिकाको सिमानामा रहेको दुखुखोला पुलदेखि दुखुबेँसी हुँदै तोलाबाङ जोड्ने वैकल्पिक सडकबाट यातायात सञ्चालन गरिएको छ । साँघुरो, कच्ची र उचित ग्रेड नमिलेको वैकल्पिक सडकमा ठूला सवारीसाधन आवतजावत गर्न समस्या हुने गरेको छ । पूर्वाधार विकास कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर राजेश उलकले बलौटेमा करिब एक सय मिटर सडक नदी कटानले डिलदेखि कुनासम्मै भत्किएकाले तत्काल नियमित सडक सञ्चालन गर्न कठिन भएको बताउनुभयो । उहाँका अनुसार क्षतिग्रस्त सडकमा पैदलयात्रा गर्नसमेत जोखिम छ । सडकलाई पुनः सञ्चालनयोग्य बनाउन खोलाको किनारतर्फ पक्की पर्खाल निर्माण गरी सडक पुनर्निर्माण गर्नुपर्ने आवश्यकता छ । बेनी–पानाबगर खण्डको पुननिर्माणका लागि रु चार करोड ६२ लाख ५६ हजार २० र पानाबगर–दरवाङ खण्डको बालौटे खण्डमा पुनःनिर्माणका लागि रु दुई करोड २७ लाख ४३ हजार ५९९ लागन अनुमान गरिएको कार्यालय प्रमुख उलकले बताउनुभयो । बालौटेको सडक पुननिर्माणका लागि प्रदेश सरकारले रु २५ लाख स्रोत सुनिश्चित गरेको र दसै लगत्तै काम सुरु गरिने उहाँले बताउनुभयो । म्याग्दी १(ख) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशम जुग्जालीले बस्तीलाई असर नपर्ने गरी सडक पुनर्निर्माण गर्ने र आगामी वर्षायामअघि नदी नियन्त्रणको काम गर्नुपर्ने बताउनुभयो । प्रदेशसभा सदस्य जुग्जालीले आवश्यक बजेट व्यवस्था गरेर क्षतिग्रस्त सडक एक वर्षभित्र पुनर्निर्माण गर्न पहल भइरहेको बताउनुभयो । अहिले पहिरो पन्छाएर बेनीदेखि दुखुखोला पुलसम्म र त्यहाँबाट वैकल्पिक सडक हुँदै तोलाबाङ, दरवाङ र मुनासम्म एकतर्फी रूपमा यातायात सञ्चालन गरिएको कार्यालयले जनाएको छ । फापरखेत पहिरोको कारण शनिबार यता पखेर–बरङ्जाङ–सातबिसे–बाबियाचौर वैकल्पिक सडक सञ्चालन गरिएको छ । बेनीदेखि दरवाङसम्म २४ किलोमिटर दूरी रहेको सडकको १६ किलोमिटर ४०० मिटर खण्ड कालोपत्र भएको छ । मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि मुनासम्मको १८ किलोमिटर मध्य धारापानी–झिनडाडा खण्डको छ किलोमिटरबाहेक बाँकी निर्माणाधीन छ । मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्पसमेत मानिने बेनी–दरवाङ–मुना–जलजला–ढोरपाटन हुँदै पूर्वी रुकुम जोड्ने सडक पश्चिम म्याग्दीका बासिन्दाका लागि महत्वपूर्ण मार्ग हो । धौलागिरि गाउँपालिकाको केन्द्र मुनाबाट खोरिया, मरेनी, जलजला र गुर्जाघाट हुँदै ढोरपाटन उपत्यका जोड्ने सडकको मार्ग गत पुसमा खुलेको थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

जलवायु न्यायलाई प्राथमिकता दिन पूर्वराष्ट्रपति भण्डारीको आग्रह
ताजा खबरJust now

जलवायु न्यायलाई प्राथमिकता दिन पूर्वराष्ट्रपति भण्डारीको आग्रह

काठमाडौँ, कात्तिक ७ गते । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको हालैका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेकाले नेपालको जलवायु... ...

गोरखापत्र
एएफसीका अध्यक्ष खलिफाको समर्थनले इन्फान्टिनोको फिफा अध्यक्षमा निर्वाचित हुने सम्भावना बढ्यो
ताजा खबरJust now

एएफसीका अध्यक्ष खलिफाको समर्थनले इन्फान्टिनोको फिफा अध्यक्षमा निर्वाचित हुने सम्भावना बढ्यो

काठमाडौं । फिफा अध्यक्ष जियानी इन्फान्टिनो चौथो कार्यकालका लागि पुनः निर्वाचित हुने सम्भावना बलियो बनेको छ। एसियाली फुटबल महासंघ एएफसीका अध्यक्ष शेख सलमान बिन इब्राहिम अल खलिफाले उनको उम्मेदवारीलाई समर्थन गरेपछि इन्फान्टिनोको पक्षमा समर्थन बढेको हो। शुक्रबार जापानको टोकियोमा आयोजित एएफसीको विशेष कंग्रेसमा शेख सलमानले एसियाली फुटबल इन्फान्टिनोको पक्षमा एकजुट रहेको बताएका थिए। यसअघि फिफाको व्यावसायिक अधिकारमा निजी लगानी भित्र्याउने प्रस्तावको विषयमा ...

केन्द्रबिन्दु
इन्फान्टिनो फिफा अध्यक्षमा चौथो कार्यकालका लागि पुनः निर्वाचित हुने सम्भावना
ताजा खबरJust now

इन्फान्टिनो फिफा अध्यक्षमा चौथो कार्यकालका लागि पुनः निर्वाचित हुने सम्भावना

एएफसी अध्यक्ष शेख सलमानको समर्थनपछि एसियाली फुटबल इन्फान्टिनोको पक्षमा उभिएको छ, जसले आगामी मार्चको निर्वाचनमा उनको स्थिति मजबुत बनाएको छ। ...

कान्तिपुर
कर्णालीबाट पहिलो पटक विद्यावारिधि गर्ने पत्रकार डा.एलपी देवकोटा सम्मानित
ताजा खबरJust now

कर्णालीबाट पहिलो पटक विद्यावारिधि गर्ने पत्रकार डा.एलपी देवकोटा सम्मानित

• डा. लक्ष्मीप्रसाद देवकोटा (एलपी देवकोटा) लाई खस साहित्य समाज जुम्लाले सम्मानित गरेको छ, उनले पत्रकारिता विषयमा पीएचडी हासिल गरेका छन्। • सम्मान समारोहमा उनलाई दोसल्ला ओढाएर र सम्मान पत्र प्रदान गरेर सम्मान गरिएको हो। • डा. देवकोटाको यो उपलब्धिले कर्णाली क्षेत्रको सञ्चार जगत् र बौद्धिक समुदायमा उत्साह थपेको छ। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play