Sunday, October 18, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/बुढीगण्डकीको बाढीले भत्काएको आरुघाट पुलमा आजै बेलिब्रिज जोड्ने तयारी

बुढीगण्डकीको बाढीले भत्काएको आरुघाट पुलमा आजै बेलिब्रिज जोड्ने तयारी

Share:WhatsAppFacebookX (Twitter)Telegram
बुढीगण्डकीको बाढीले भत्काएको आरुघाट पुलमा आजै बेलिब्रिज जोड्ने तयारी

गोरखा । बुढीगण्डकी नदीमा आएको बाढीले गोरखा र धादिङ जोड्ने आरुघाटस्थित पुल क्षतिग्रस्त बनाएपछि बेलिब्रिज निर्माणको काम तीव्र पारिएको छ । अवरुद्ध यातायात सेवा पुनः सञ्चालन गर्ने उद्देश्यले निर्माण भइरहेको बेलिब्रिज आजै जोड्ने तयारी गरिएको छ । बाढीले पुलको गोरखातर्फको २२ मिटर भाग बगाएपछि उक्त सडकखण्डमा सवारी आवागमन ठप्प भएको थियो । पुलमा क्षति पुगेपछि गोरखा र धादिङबीचको यातायात सम्पर्क सहज बनाउन बेलिब्रिज निर्माण अघि बढाइएको हो । नेपाली सेना र गोरखा सडक योजनाको समन्वयमा बेलिब्रिज निर्माणको काम भइरहेको छ । निर्माण सम्पन्न भएपछि उक्त सडकखण्डमा यातायात सेवा पुनः सञ्चालन गर्न सहज हुने अपेक्षा गरिएको छ । तस्बिर : साइराम उपरकोटी

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

गाउँदेखि सहरसम्म रौनक
ताजा खबरJust now

गाउँदेखि सहरसम्म रौनक

कमेरो र रातोमाटोले सिँगारिएका घर, गाउँमा ठडिएका लिंगे पिङ, घर फर्किनेको लर्को र शक्तिपीठमा भक्तजनको भीड। दसैँले नेपाली जनजीवनलाई उत्सवमय बनाएको छ। दसैँ नेपालीको घरआँगनमा भित्रिसकेको छ। आश्विन शुक्ल पक्षको महाअष्टमीसँगै दसैँको उल्लास गाउँदेखि सहरसम्म फैलिएको छ। घरको सरसफाइ र रङरोगनदेखि पिङ हाल्ने, किनमेल गर्ने र परदेशबाट घर फर्किने चटारोसम्मले दसैँको आगमनलाई थप उत्सवमय बनाएको छ। दसैँमा घर सिँगार्ने परम्परा अझै पनि ...

नेपालन्युज
भीमफेदीको बाँदरेभीरमा गाडी दुर्घटना : ११ यात्रु घाइते, ५ जना गम्भीर
ताजा खबरJust now

भीमफेदीको बाँदरेभीरमा गाडी दुर्घटना : ११ यात्रु घाइते, ५ जना गम्भीर

काठमाडौंबाट हेटौंडातर्फ आइरहेको बा.प्र०३-००१ ज ०६७४ नम्बरको गाडी भित्तामा ठोक्किएर नालामा खसेको थियो । ...

कान्तिपुर
थाइल्याण्डको गाँजा नेपालसम्म ओसार्न म्यानमारका भरिया
ताजा खबरJust now

थाइल्याण्डको गाँजा नेपालसम्म ओसार्न म्यानमारका भरिया

काठमाडौँ । थाइल्याण्डमा उत्पादन भएको गाँजा म्यानमारका भरिया प्रयोग गरेर हवाई मार्ग हुँदै काठमाडौँ ल्याउने र काठमाडौँलाई ट्रान्जिट बनाएर भारततर्फ तस्करी हुन्छ भन्दा धेरैलाई अनौठो लाग्न सक्छ । लागु पदार्थ... ...

रातोपाटी
बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन
ताजा खबरJust now

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी । सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरबाङ सडकको फापरखेत खण्डमा वैकल्पिक मार्ग प्रयोग गरी सडक सञ्चालन भएको छ । बेनी–नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा रहेको फापरखेतमा शनिबार अपराह्नदेखि सुरु भएको पहिरो नरोकिएपछि मङ्गला गाउँपालिकाले पखेर–बरञ्जा–ज्यामिरे–सातबिसे–बाबियाचौरको सडक प्रयोग गरी यातायात सञ्चालन गरिएको हो । मङ्गला गाउँपालिका–३ का वडा सदस्य हरि ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play