बुढीगण्डकीको बाढीले उजाडियो शान्तिबजार, घरबास गुमाएका परिवार पालमुनि (तस्बिरहरू)

गोरखा । बुढीगण्डकी नदीमा असोज २५ गते आएको बाढीले गोरखाको आरुघाट गाउँपालिका–५ स्थित शान्तिबजार बस्ती पूर्ण रूपमा प्रभावित भएको छ । बाढीले घर, खाद्यान्न, लत्ताकपडा, विद्युतीय उपकरण, पशुपन्छी र खेतीयोग्य जमिनमा क्षति पुर्याएपछि स्थानीय बासिन्दा बास र गाँसको चिन्तामा परेका छन् । स्थानीय राजकुमार खत्रीका अनुसार शान्तिबजारका ५८ घरधुरीका घर बस्नै नसक्ने अवस्थामा पुगेका छन् । घरभित्र रहेका सामान बाढीले बगाएको वा पुरेको छ । बाढी आउनुअघि बस्तीको अर्कोपट्टिबाट बग्ने बुढीगण्डकी अहिले घरआँगनबाटै बगिरहेको उहाँले बताउनुभयो । ‘पूरै ध्वस्त भयो, केही छैन । ५८ घरधुरी रहेको हाम्रो बस्तीमा एउटा पनि घर काम लाग्ने अवस्थामा छैन । निकाल्न सकिने भनेको जस्तापाता मात्रै हो,’ खत्रीले भन्नुभयो, ‘धान, कुखुरा, टिभी, फ्रिज सबै नष्ट भएका छन् । अहिले हामीसँग केही बाँकी छैन ।’ बाढीबाट विस्थापित परिवारलाई तत्काल सुरक्षित बसोबासको व्यवस्था गर्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो । नेपाल रेडक्रस सोसाइटीले उपलब्ध गराएको पालमा अहिले २८ घरधुरीका परिवार बसिरहेको र अन्य परिवारले साना टहरा बनाएर अस्थायी रूपमा आश्रय लिइरहेको उहाँले जानकारी दिनुभयो । सरकारले प्रभावित परिवारलाई छ महिनासम्म मासिक १५ हजार रुपैयाँका दरले घरभाडा उपलब्ध गराउने घोषणा गरेको जानकारी आफूले पाएको खत्रीले बताउनुभयो । तर, घरसँगै दैनिक जीवनयापनका आधारसमेत गुमाएका परिवारलाई सामान्य अवस्थामा फर्कन कठिन हुने उहाँको भनाइ छ । बाढीले घरमा मात्रै नभई कृषि तथा पशुपालनमा निर्भर स्थानीयको जीविकोपार्जनमा समेत गम्भीर असर पारेको छ । स्थानीय घारे गुरुङको दुई रोपनी जमिनमा लगाइएको खेती बाढीले नष्ट गरेको छ । बाख्रा, गाई र कुखुरालगायत पशुपन्छी पालेर जीविकोपार्जन गर्दै आउनुभएका गुरुङ थप आर्थिक संकटमा पर्नुभएको छ । ‘मेरो दुई रोपनी जमिनको खेती गयो । अरू क्षतिको त हिसाब नै छैन,’ गुरुङले भन्नुभयो । बाढीले घर, खेतबारी र पशुपन्छीमा क्षति पुर्याएपछि स्थानीयको आम्दानीको स्रोतसमेत गुमेको छ । घरबारविहीन भएका परिवारलाई तत्काल सुरक्षित आवास, खाद्यान्न, लत्ताकपडा तथा सरसफाइका सामग्री आवश्यक देखिएको छ । प्रभावित परिवारको वास्तविक क्षतिको विवरण संकलन, पुनःस्थापना र जीविकोपार्जनका कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता पनि देखिएको छ । अस्थायी आश्रयमा दिन बिताइरहेका शान्तिबजारवासी राहतसँगै सुरक्षित बसोबास र भविष्यमा यस्ता विपद्बाट जोगिने दीर्घकालीन व्यवस्थाको प्रतीक्षामा छन् ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

नेकपाको जागरण अभियान : घटेको जनमत बढाउने, सकेसम्म सदस्य थप्ने र नविकरणमा जोड दिइने
• नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी स्थानीय तह र प्रदेश सभा निर्वाचनको तयारीका लागि दुईमहिने जागरण अभियान सुरु गरेको छ। • अभियानमार्फत सदस्यता नवीकरण, जनसम्बन्ध सुदृढीकरण र उम्मेदवार छनोटमा जनताको अपेक्षाअनुसार जोड दिइनेछ। • महँगी, कालाबजारी र सरकारका जनविरोधी कामविरुद्ध जनतालाई जागरुक बनाउँदै आन्दोलनको तयारी गर्ने नेकपाको योजना छ। ...

डाक्टर केसीद्वारा सत्याग्रहको चेतावनी, सरकारलाई दुई दिनको अल्टिमेटम
काठमाडौं। चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीले थप दुई दिनको अल्टिमेटम दिँदै आफ्ना मागबारे ध्यानाकर्षण गराएका छन्। केसीले सोमबार बिहान एक प्रेस विज्ञप्ति जारी गरी सरकारलाई दुई दिनको अल्टिमेटम थप गरी माग पूरा गर्न सम्झाएका हुन्। केसीले २ कात्तिकमा विभिन्न चार बुँदे माग राख्दै पूरा गर्न सरकारलाई एक साताको समय दिएका थिए। एक साताको अवधि पूरा हुँदा आफ्ना मागबारे सरकार ...

जुवा तास खेलिरहेको अवस्थामा चार लाख नगदसहित आठ जना पक्राउ
सुनसरी । जुवातास खेलिरहेको अवस्थामा इटहरीबाट रु चार लाख ५६ हजार नगदसहित आठ जना पक्राउ परेका छन् । इटहरी उपमहानगरपालिका–४ शान्तिचोकस्थित द इस्टन होटलमा आइतबार साँझ जुवातास खेलिरहेको अवस्थामा प्रहरी टोलीले... ...

हेटौँडामा कारको फल्स बटममा लुकाइएको १४ किलो चाँदीजस्तो धातुसहित चार जना पक्राउ
• मकवानपुरको हेटौँडामा चेकपोइन्ट नजिकबाट १४ किलो १८० ग्राम चाँदीजस्तो देखिने सेतो धातु बरामद गरिएको छ। • प्रहरीले कारमा सवार चार जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ, जसमा एक भारतीय चालक र उनका परिवारका सदस्य छन्। • बरामद गरिएको धातुको वास्तविकता पुष्टि गर्न परीक्षण भइरहेको छ। ...


