Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

बीएस्सी प्रथम वर्षको प्रयोगात्मक परीक्षाको प्राप्ताङ्क र हाजिरी बुझाउन क्याम्पसहरूलाई त्रिविको निर्देशन

Share:WhatsAppFacebookX (Twitter)Telegram
बीएस्सी प्रथम वर्षको प्रयोगात्मक परीक्षाको प्राप्ताङ्क र हाजिरी बुझाउन क्याम्पसहरूलाई त्रिविको निर्देशन
Photo / Coverage: टेक्नोलोजी खबर

त्रिभुवन विश्वविद्यालय (त्रिवि) परीक्षा नियन्त्रण कार्यालयले विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गत चारवर्षे स्नातक तह (बीएस्सी) प्रथम वर्ष २०८२ को नियमित परीक्षाको प्रयोगात्मक परीक्षाको प्राप्ताङ्क र हाजिरी बुझाउन क्याम्पसहरूलाई निर्देशन दिएको छ। परीक्षा नियन्त्रण कार्यालयले मंगलबार एक सूचना प्रकाशित गर्दै प्रयोगात्मक परीक्षाको प्राप्ताङ्क तथा हाजिरी बुझाउन बाँकी रहेका सम्बन्धित क्याम्पस तथा कलेजले मंसिर १९ गतेभित्र बुझाइसक्नुपर्नेछ। क्याम्पस तथा कलेजहरूले उक्त विवरण बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालयको विज्ञान समूह शाखामा बुझाउनुपर्ने सूचनामा उल्लेख छ। त्रिविले सम्बन्धित क्याम्पस तथा कलेजका साथै क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय (क्षे.प.नि.का.) र बाह्य परीक्षकहरूलाई पनि तोकिएको समयभित्र विवरण बुझाउने व्यवस्थाका लागि अनुरोध गरेको छ। निर्धारित समयभित्र प्रयोगात्मक परीक्षाको प्राप्तांक तथा हाजिरी प्राप्त नभएमा त्यसको जिम्मेवारी सम्बन्धित क्याम्पस, कलेज, क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय र बाह्य परीक्षक स्वयंले लिनुपर्ने परीक्षा नियन्त्रण कार्यालयले स्पष्ट पारेको छ। The post बीएस्सी प्रथम वर्षको प्रयोगात्मक परीक्षाको प्राप्ताङ्क र हाजिरी बुझाउन क्याम्पसहरूलाई त्रिविको निर्देशन appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
जेन्सेन ह्वाङको पुनरागमनमा पूर्णविराम, नयाँ सीईओको खोजीमा एनभिडिया
TechnologyJust now

जेन्सेन ह्वाङको पुनरागमनमा पूर्णविराम, नयाँ सीईओको खोजीमा एनभिडिया

काठमाडौं । विश्वकै अग्रणी कृत्रिम बौद्धिकता (एआई) चिप निर्माता कम्पनी एनभिडियाका सञ्चालक समिति अध्यक्ष हार्वे जोन्सले पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन ह्वाङलाई पुन: नेतृत्वमा फर्काउने सम्भावना नरहेको स्पष्ट पारेका छन् । मंगलबार आयोजित त्रैमासिक वित्तीय समीक्षा बैठकको प्रारम्भमै उनले ह्वाङको पुनर्नियुक्तिबारे उठिरहेका अड्कलबाजीलाई खारेज गरेका हुन् ।व्यक्तिगत आचरण तथा वैवाहिक सम्बन्धबाहिरको सम्बन्धसम्बन्धी विवरण सार्वजनिक भएपछि ह्वाङले सीईओ पदबाट राजीनामा ...

आइसिटी समाचार
जेन्सेन हुआङ एनभिडिया सीईओका रूपमा फर्कन इच्छुक, कम्पनी सञ्चालक समितिद्वारा प्रस्ताव अस्वीकार
TechnologyJust now

जेन्सेन हुआङ एनभिडिया सीईओका रूपमा फर्कन इच्छुक, कम्पनी सञ्चालक समितिद्वारा प्रस्ताव अस्वीकार

सिलिकन भ्यालीको दबाब र राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनको बावजुद, जेन्सेन हुआङको पुनर्स्थापनाको कुनै पनि सम्भावनालाई चिप निर्माता कम्पनी एनभिडियाले मंगलबार अस्वीकार गरेको छ। यसले गर्दा अहिलेलाई प्रख्यात आर्टिफिसियल इन्टेलिजेन्स अर्बपति तथा उद्योग प्रचारकको पदमा फर्किने विषयलाई विश्राम दिइएको छ। कम्पनीको सञ्चालक समितिले “सर्वसम्मतिले उनको राजीनामा स्वीकार गरेको छ र जेन्सेनलाई सीईओको रूपमा पुनर्स्थापित गर्ने कुनै इरादा छैन,” एनभिडियाका अध्यक्ष हार्वे जोन्सले ...

टेक्नोलोजी खबर
पुँजीबजार सुधारको २१ बुँदे कार्ययोजना कार्यान्वयन गर्न ब्रोकर एसोसिएसनको जोड
TechnologyJust now

पुँजीबजार सुधारको २१ बुँदे कार्ययोजना कार्यान्वयन गर्न ब्रोकर एसोसिएसनको जोड

२ मंसिर, काठमाडौं। स्टक ब्रोकर एसोसिएसन अफ नेपालले अर्थ मन्त्रालयले अघि सारेको पुँजीबजार सुदृढीकरण तथा पुनरुत्थानसम्बन्धी २१ बुँदे कार्ययोजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई आग्रह गरेको छ । एसोसिएसनका अध्यक्ष सागर ढकालसहितको प्रतिनिधिमण्डलले नेप्सेका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रताप सुबेदीलाई भेट गरी कार्ययोजना कार्यान्वयनमा जोड दिएको हो । प्रतिनिधिमण्डलले सीईओ […] The post पुँजीबजार सुधारको २१ ...

आइसिटी फ्रेम
एप्पलका सेवाहरूमा अवरोध, कम्पनीद्वारा साइबर आक्रमणको सम्भावना अस्वीकार
TechnologyJust now

एप्पलका सेवाहरूमा अवरोध, कम्पनीद्वारा साइबर आक्रमणको सम्भावना अस्वीकार

एप्पलले मंगलबार आईक्लाउड, एप्पल पे, एप स्टोर र अन्य सेवाहरूमा आएको व्यापक अवरोध कुनै साइबर आक्रमणका कारण नभई कम्पनीको आन्तरिक अपडेटका कारण भएको बताएको छ। कम्पनीले इमेलमार्फत जारी गरेको विज्ञप्तिमा भनिएको छ, “आज बिहान आन्तरिक अपडेटका कारण केही सेवाहरू अवरुद्ध भएका थिए, जसमध्ये धेरैजसो प्रणालीहरू पुनः सञ्चालनमा आइसकेका छन्। बाँकी प्रणालीहरूलाई पनि सकेसम्म चाँडो सुचारु गर्न हामी काम गरिरहेका छौं।” कम्पनीले बाँकी ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play