बालेनलाई गोकुलको प्रश्न : भारत भ्रमणमा सीमा विवादको कुरा उठ्छ कि उठ्दैन ?

काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले प्रधानमन्त्री बालेन शाहको प्रस्तावित भारत भ्रमणमा नेपाल–भारत सीमा विवादको विषय उठ्छ कि उठ्दैन भन्दै प्रश्न गर्नुभएको छ । आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै बाँस्कोटाले अर्थमन्त्री स्वर्णिम वाग्लेले हालै दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउनुभएको छ । उहाँले वाग्लेको भनाइले राष्ट्रिय हितमा असर पार्ने टिप्पणी गर्नुभएको छ । बाँस्कोटाले प्रधानमन्त्री शाहले विगतमा ग्रेटर नेपालको नक्सा टाँसेको प्रसंग उल्लेख गर्दै भारत भ्रमणका क्रममा सीमा विवादको विषय उठाउने अपेक्षा व्यक्त गर्नुभएको छ । उहाँले यस सन्दर्भमा ‘नयाँ जोगीले धेरै खरानी उडाएको’ भन्दै व्यंग्यात्मक टिप्पणीसमेत गर्नुभएको छ । यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्ष कमल थापाले पनि अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउनुभएको थियो । थापाले नेपालको राष्ट्रवाद कुनै मुलुकविशेषको विरोधमा आधारित नभएको बताउँदै विदेशी मञ्चमा पुगेर ‘भारतविरोधी राष्ट्रवादको युग सकियो’ भन्नु राष्ट्रिय सरोकारका मुद्दालाई कमजोर बनाउने तर्क गर्नुभएको थियो । अर्थमन्त्री वाग्लेको अभिव्यक्तिलाई लिएर राजनीतिक वृत्तमा बहस भइरहेका बेला एमाले नेता बाँस्कोटाले प्रधानमन्त्रीको प्रस्तावित भारत भ्रमणमा सीमा विवादको विषय उठ्ने वा नउठ्ने भन्ने प्रश्न उठाउनुभएको हो ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

२४ घण्टामा काठमाडौँमा ४७० सवारी चालकमाथि कारबाही
काठमाडौँ उपत्यकामा गएको २४ घण्टामा सवारी नियम उलङ्घन गर्ने ४७० सवारी चालक कारबाहीमा परेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारीअनुसार शनिबार सवारी नियम उल्लङ्घन गर्ने ४७० सवारीसाधनका चालक कारबाहीमा परेका हुन्। कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीले मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने ९९, सिसी क्यामरामार्फत ४० र रा... ...

म्यानमामा एक्सप्रेस बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, १२ घाइते
याङगुन।म्यानमाको मन्डाले क्षेत्रमा शनिबार भएको सडक दुर्घटनामा परी कम्तीमा ६ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। म्यानमाको अग्नि सेवा विभागका अनुसार ब्रेक फेल भएको एक्सप्रेस बस विपरीत दिशाबाट आइरहेको भ्यानसँग ठोक्किएपछि सडकबाट करिब ५० फिट गहिरो खोल्सामा खसेको थियो। विभागका अनुसार स्थानीय समयअनुसार शनिबार साँझ करिब ६ः०५ बजे पिन ओ ल्विन–मन्डाले सडक खण्डको ओरालोमा दुर्घटना भएको हो। पिन ...

असोजमा झन्डै ६ अर्ब रुपैयाँको विद्युत् निर्यात, बंगलादेशतर्फको निर्यात पनि पुनः सुरु
बाढीले केही आयोजना बन्द गराए पनि द्विपक्षीय सम्झौता र भारतीय ऊर्जा बजारमार्फत निर्यात कारोबार बढेको हो। ...



