Wednesday, October 21, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/बार्सिलोनाको जितको सिलसिला रोकियो, पीएसजीसँग पराजित

बार्सिलोनाको जितको सिलसिला रोकियो, पीएसजीसँग पराजित

Share:WhatsAppFacebookX (Twitter)Telegram
बार्सिलोनाको जितको सिलसिला रोकियो, पीएसजीसँग पराजित

काठमाडौं । युरोपेली च्याम्पियन्स लिग फुटबलमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) ले बार्सिलोनालाई ४–२ गोलले पराजित गरेको छ । मंगलबार राति पेरिसस्थित पार्क दे प्रिन्सेसमा भएको खेलमा पिएसजीले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै जित निकालेको हो । पिएसजीको जितमा डिजिरे डुए, लुकास हर्नान्डेज, भिटिन्हा र फाबियन रुइजले एक–एक गोल गरे। बार्सिलोनाका जाभी एस्पार्ट र लामिन यामालले गोल गरे पनि टोलीलाई हारबाट जोगाउन सकेनन् । खेलको ३८औँ मिनेटमा डुएले गोल गर्दै पिएसजीलाई अग्रता दिलाएका थिए । तर ५५औँ मिनेटमा एस्पार्टले गोल गरेपछि बार्सिलोनाले खेल बराबरीमा ल्यायो । ७२औँ मिनेटमा हर्नान्डेजले गोल गर्दै पिएसजीलाई पुनः अग्रता दिलाए । ७९औँ मिनेटमा यामालले गोल गरेपछि बार्सिलोनाले फेरि २–२ को बराबरी गरेको थियो । तर बराबरी भएको दुई मिनेटपछि नै भिटिन्हाले गोल गर्दै पिएसजीलाई ३–२ को अग्रता दिलाए । खेलको ८६औँ मिनेटमा रुइजले अर्को गोल थपेपछि पिएसजीले ४–२ को जित पक्का गर्‍यो । यस जितसँगै पिएसजीले च्याम्पियन्स लिगमा लगातार तेस्रो जित निकालेको छ। नौ अंक जोडेको पिएसजी गोलअन्तरका आधारमा तालिकाको शीर्ष स्थानमा पुगेको छ । यस सिजन सबै प्रतियोगितामा अपराजित रहेको बार्सिलोनाले भने पहिलो हार बेहोरेको छ । The post बार्सिलोनाको जितको सिलसिला रोकियो, पीएसजीसँग पराजित appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

चाडपर्व राष्ट्रिय पहिचानका धरोहरः मुख्यमन्त्री थापा मगर
ताजा खबरJust now

चाडपर्व राष्ट्रिय पहिचानका धरोहरः मुख्यमन्त्री थापा मगर

अनिल पराजुलीहेटौँडा, कात्तिक ४ गते । बागमती प्रदेशको मुख्यमन्त्री किरण थापा मगरले चाडपर्व धार्मिक तथा सांस्कृतिक आस्थाका साथै सामाजिक सद्भाव, आपसी एकता र राष्ट्रिय पहिचानको धरोहर भ... ...

गोरखापत्र
भारतमा जीवित प्रमाणित गर्न सरकारी कार्यालय धाउँदै मतदाता सूचीबाट नाम हटेका 'मृतक' व्यक्ति
ताजा खबरJust now

भारतमा जीवित प्रमाणित गर्न सरकारी कार्यालय धाउँदै मतदाता सूचीबाट नाम हटेका 'मृतक' व्यक्ति

जीवितै रहेका कामतालाई मृतक भन्दै मतदाता सूचीबाट हटाइयो । दैनिक झन्डै २५० भारु ज्याला कमाएर परिवार पाल्ने गरेका कामता अहिले निर्वाचन आयोगको उक्त गल्ती सच्याउन आफ्नो काम छाडेर दिल्लीका विभिन्न कार्यालयहरू धाइरहेका छन् ...

कान्तिपुर
राष्ट्र र जनताको हितमा समर्पित हुने सद्बुद्धि प्राप्त होस् : सभापति लामिछाने
ताजा खबरJust now

राष्ट्र र जनताको हितमा समर्पित हुने सद्बुद्धि प्राप्त होस् : सभापति लामिछाने

विपत्ति र शोकका बीच मनाइँदै गरेको यस वर्षको दशैँले नेपाली समाजलाई अझ सुदृढ एकताको सूत्रमा बाँध्ने विश्वास व्यक्त गरेका छन्। ...

हाम्राकुरा
दसैं : परम्परा, दर्शन र समकालीन जीवन
ताजा खबरJust now

दसैं : परम्परा, दर्शन र समकालीन जीवन

दसैं विगतमा भएको कुनै विजयको स्मरण मात्र होइन, वर्तमानमा पनि धर्म, विवेक र आत्मसंयमको पक्षमा उभिने संकल्प दोहोर्‍याउने अवसर हो। ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play