Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

बाढीले मध्यकालीगण्डकी जलविद्युत् आयोजनामा २० करोडको क्षति, निर्माण ठप्प

Share:WhatsAppFacebookX (Twitter)Telegram
बाढीले मध्यकालीगण्डकी जलविद्युत् आयोजनामा २० करोडको क्षति, निर्माण ठप्प
Photo / Coverage: नेपालन्युज

म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन ६६ दशमलव तीन मेगावाट क्षमताको मध्यकालीगण्डकी जलविद्युत् आयोजनाको निर्माणकार्य बाढीका कारण पछिल्लो एक महिनादेखि ठप्प भएको छ । गत असोज ११ गते कालीगण्डकी नदीमा आएको भीषण बाढीले आयोजनाको बाँध, सुरुङ, आवास, मेसिनरी तथा निर्माण उपकरणलगायत भौतिक संरचनामा क्षति पुर्‍याएपछि निर्माणकार्य रोकिएको हो । बाढीबाट आयोजनामा करिब रु १८ देखि २० करोडबराबरको क्षति भएको आयोजना प्रमुख अजितविक्रम कार्कीले जानकारी दिए । उनका अनुसार कालीगण्डकी बाढीले सुकेबगरमा निर्माणाधीन बाँधको डाइभर्सन भत्काएर निर्माणस्थलमा गेग्रान थुपारेको छ । बाँध निर्माणस्थलमा रहेको सुरुङको अडिटभित्र बाढी पसेर क्षति पुर्‍याएको छ । त्यलसैगरी अन्नपूर्ण गाउँपालिका वडा नं २ नागढुङ्गा र ६ रातोपानीमा रहळका आयोजनाका आवास भवन भत्किएका छन् । त्यहाँ रहेका निर्माण सामग्री बाढीले बगाएको छ भने आयोजनाको श्रमिक आवास (लेबर क्याम्प) बगाएको छ । मेसिनरी तथा उपकरण, निर्माण सामग्री, डिजेल ट्याङ्की र वर्कसपमा पनि क्षति पुगेको छ । आयोजना प्रमुख कार्कीका अनुसार क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र आवश्यक व्यवस्थापकीय तयारीपछि निर्माणकार्य पुनः सञ्चालन गर्ने योजना बनाइएको छ । बाढीले बगाएका आवास र श्रमिक क्याम्पलगायत संरचना पुनर्निर्माण गरी तिहारलगत्तै आयोजनाको काम अघि बढाउने तयारी गरिएको उनले बताए। विसं २०८१ देखि निर्माण सुरु भएको आयोजनाको काम बाढी आउनुअघि निरन्तर अघि बढिरहेको थियो । बाढीले निर्माणका महत्त्वपूर्ण संरचनामा क्षति पुर्‍याएपछि निर्धारित समयमै आयोजना सम्पन्न गर्न चुनौती थपिएको छ । सुकेबगरमा १३ मिटर अग्लो र ५५ मिटर लामो बाँध निर्माण गरी चार हजार ३१९ मिटर लामो मुख्य सुरुङमार्फत पानी अन्नपूर्ण गाउँपालिका–२ नौनीबगरमा निर्माण हुने भूमिगत विद्युत्गृहमा पुर्‍याइनेछ । बाँधबाट ल्याइएको पानी १५१ मिटरको उचाइबाट खसालेर विद्युत् उत्पादन गरिनेछ । नदी प्रवाहमा आधारित (रन अफ रिभर) प्रकृतिको यस आयोजनाको विद्युतगृह, स्वीचयार्ड र नियन्त्रणकक्ष भूमिगत रहनेछन् । आयोजनाबाट उत्पादित विद्युत् नौनीबगरदेखि करिब सात किलोमिटरमाथि दानामा रहेको २२० केभी क्षमताको सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने योजना छ । तीन वर्षभित्र अर्थात् २०८५ सालसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाको कुल लागत रु १२ अर्ब ९३ करोड अनुमान गरिएको छ । आयोजनामा नबिल बैंकको नेतृत्वमा छवटा वाणिज्य बैंकले ७५ प्रतिशत लगानी गर्नेछन् भने बाँकी २५ प्रतिशत रकम प्रवर्द्धक कम्पनी र सेयर लगानीकर्तामार्फत जुटाइनेछ । हाइड्रो सपोर्ट प्रालि प्रवर्द्धक रहेको आयोजनाको नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता भइसकेको छ । सम्झौताअनुसार हिउँदयाममा प्रतियुनिट आठ रुपैयाँ ४० पैसा र वर्षायाममा प्रतियुनिट चार रुपैयाँ ८० पैसाका दरले विद्युत् खरिदबिक्री हुनेछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
तिहार सुरु, आज धनतेरस
Latest NewsJust now

तिहार सुरु, आज धनतेरस

काठमाण्डु – नेपालीको दोस्रो ठुलो चाड तिहार पर्व आजदेखि सुरु भएको छ । चन्द्रमासको कात्तिक कृष्णपक्षको त्रयोदशी तिथिदेखि कात्तिक शुक्लपक्षको द्वितीयासम्म पाँच दिन मनाइने यो पर्व यसपटक तिथिको घटबढले छ दिनको भएको छ । आज नयाँ गरगहना, सुनचाँदीका सिक्का वा धातुका भाँडाकुँडा किनेर घरमा ल्याई पूजा गरेर धनतेरस मनाउने परम्परा छ । कात्तिक कृष्णपक्षको त्रयोदशी […] ...

काठमाण्डुपाटी
सीसीटीभीमा कैद भएको दृष्यको आधारमा बसभित्र युवतीमाथि दुर्व्यवहार गर्ने तीन युवक पक्राउ
Latest NewsJust now

सीसीटीभीमा कैद भएको दृष्यको आधारमा बसभित्र युवतीमाथि दुर्व्यवहार गर्ने तीन युवक पक्राउ

कैलाली । काठमाडौंबाट महेन्द्रनगर आउँदै गरेको यात्रुवाहक बसमा महिला यात्रुमाथि दुर्व्यवहार गरेको आरोपमा कञ्चनपुरका तीन युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–९ का समीर बिष्ट र अनिल नाथ योगी तथा भीमदत्त नगरपालिका–३, तिलकेनीका जीवन बम रहेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतले उनीहरूलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जानकारी दिए । उनका अनुसार ...

केन्द्रबिन्दु
तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा
Latest NewsJust now

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

• तनहुँको ऋषिङ गाउँपालिकामा १४० मेगावाट क्षमताको जलविद्युत् आयोजनाको भूमिगत विद्युतगृह र प्रमुख संरचना निर्माण अन्तिम चरणमा पुगेको छ। • प्याकेज–२ अन्तर्गत विद्युतगृह, सुरुङ र उपकरण जडानको काम झन्डै ८० प्रतिशत सम्पन्न भएको छ। • उपकरण जडान र परीक्षणसँगै वातावरणीय बहावका लागि विद्युतगृह र बाँध सञ्चालन भवनको निर्माण पनि जारी छ। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play