Sunday, October 25, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/बाढीको धक्काबीच असोजमा झन्डै ६ अर्बको बिजुली निर्यात

बाढीको धक्काबीच असोजमा झन्डै ६ अर्बको बिजुली निर्यात

Share:WhatsAppFacebookX (Twitter)Telegram
बाढीको धक्काबीच असोजमा झन्डै ६ अर्बको बिजुली निर्यात

काठमाडाैं । प्राकृतिक विपत्ति र बाढीपहिरोले प्रमुख जलविद्युत आयोजनाहरूमा क्षति पुर्‍याए पनि नेपालले चालु आर्थिक वर्षको असोज महिनामा ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको बिजुली भारततर्फ निर्यात गरेको छ । यससँगै बाढीका कारण अवरुद्ध बनेको बंगलादेशतर्फको ४० मेगावाट विद्युत आपूर्तिसमेत वैकल्पिक आयोजनाहरूमार्फत पुनः नियमित भएको छ । नेपाल विद्युत प्राधिकरणको भार प्रेषण केन्द्रको तथ्यांकअनुसार असोज महिनामा मात्रै भारततर्फ कुल ६३ करोड ३९ लाख ८६ हजार युनिट विद्युत पठाइएको छ । यो कारोबार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९६ करोड २० लाख रुपैयाँले बढी हो । गत वर्ष असोजमा ४ अर्ब ९६ करोड ३० लाख रुपैयाँको बिजुली विक्री भएको थियो भने चालु आर्थिक वर्षको भदौमा ५ अर्ब ९ करोड २५ लाख रुपैयाँ आम्दानी भएको थियो । यस वृद्धिसँगै चालु आर्थिक वर्षको पहिलो त्रैमास (साउन, भदौ र असोज) मा कुल विद्युत निर्यात १६ अर्ब १५ करोड १३ लाख रुपैयाँ पुगेको छ । प्राधिकरणकाअनुसार असोजमा भारततर्फको निर्यात मुख्यतः दुई संयन्त्रमार्फत गरिएको छ । जसमा हरियाणा र बिहार राज्यसँग गरिएको द्विपक्षीय सम्झौता र भारतीय ऊर्जा विनिमय बजार (आइएक्स) को डे-अहेड तथा रियल टाइम बजार रहेका छन् । कुल निर्यातको करिव दुई तिहाइ परिमाण द्विपक्षीय सम्झौताअनुसार र बाँकी एक तिहाइ हिस्सा आइएक्सको खुला प्रतिष्पर्धी बजारमार्फत बिक्री गरिएको हो । अर्कोतर्फ, भदौ १० गतेको बाढीपहिरोले त्रिशूली र चिलिमे जलविद्युत केन्द्रमा क्षति पु¥याएपछि बंगलादेश र भारतको हरियाणातर्फको नियमित निर्यात प्रभावित भएको थियो । तर भारतको केन्द्रिय विद्युत प्राधिकरण (सीईए) ले अन्य वैकल्पिक आयोजनाबाट विद्युत पठाउने अनुमति दिएपछि गत कात्तिक ६ गतेदेखि बंगलादेशतर्फ ४० मेगावाट विद्युत प्रवाह पुनः सुचारु भएको छ । अब त्रिशूली, देवीघाट र चिलिमेको सट्टा सोलु, काबेली-१ र तल्लो मोदी जलविद्युत केन्द्रबाट उत्पादित विद्युत बंगलादेश तथा हरियाणातर्फ पठाइनेछ । नेपाल र बंगलादेश पावर डेभलपमेन्ट बोर्डबीच भएको सम्झौताअनुसार प्रत्येक वर्षको १५ जुनदेखि १५ नोभेम्बरसम्म बंगलादेशलाई विद्युत उपलब्ध गराउने व्यवस्था छ । यसैबीच, भारतबाट थप ३१ मेगावाट विद्युत निर्यातको नयाँ स्वीकृति पाएसँगै नेपालबाट भारततर्फ निर्यात गर्न पाउने कुल स्वीकृत क्षमता १ हजार १७९ मेगावाट पुगेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

डिएनएको प्रतीक्षामा बित्यो दसैँ
ताजा खबरJust now

डिएनएको प्रतीक्षामा बित्यो दसैँ

ज्योति पन्थी बबई, कात्तिक ८ गते । गत भदौ १० गते रसुवाको बाढीमा परेर बेपत्ता भएका आफन्तको परिवारले यस वर्षको दसैँ डिएनए परीक्षणको रिपोर्ट पाउने आशामा बिताए । विभिन्न कामका लागि रसुव... ...

गोरखापत्र
नेपाली कांग्रेसका पदाधिकारी र सदस्यको शपथ तथा प्रमाणपत्र वितरण कात्तिक १२ गते
ताजा खबरJust now

नेपाली कांग्रेसका पदाधिकारी र सदस्यको शपथ तथा प्रमाणपत्र वितरण कात्तिक १२ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरूको पद तथा गोपनीयताको शपथ ग्रहण तथा प्रमाणपत्र वितरणको कार्यक्रम कात्तिक १२ गते गर्ने तयारी भएको छ । सभापति गगन थापाले... ...

रातोपाटी
बाढी पहिरो प्रभावित स्थानमा विद्युत आपूर्ति पूर्ववत्
ताजा खबरJust now

बाढी पहिरो प्रभावित स्थानमा विद्युत आपूर्ति पूर्ववत्

• म्याग्दी जिल्लामा बाढी पहिरोबाट प्रभावित स्थानमा विद्युत आपूर्ति पुनः सुरु भएको छ। • नेपाल विद्युत प्राधिकरणले क्षति पुगेका संरचनाहरू मर्मत गरेर विद्युत आपूर्ति नियमित बनाउने प्रयास गरिरहेको छ। • विद्युत आपूर्ति भएपछि ग्रामीण जनजीवनमा सुधार आएको छ। ...

नेपालबहस
आश्विन शुक्ल पूर्णिमा: नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्ने आज अन्तिम दिन
ताजा खबरJust now

आश्विन शुक्ल पूर्णिमा: नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्ने आज अन्तिम दिन

• आजको दिन नवदुर्गाको प्रसाद स्वरुप टीका लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जानको लागि अन्तिम अवसर रहेको छ। • विजयादशमीको पूजा आराधना पछि प्रसाद ग्रहण गर्ने क्रम कोजाग्रत पूर्णिमासम्म जारी रहनेछ। • सडकमा चहलपहल बढेको भए पनि सवारी साधनको कमीले यात्रा सहज हुन सकेको छैन। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play