Thursday, October 22, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/बाजुराको अम्कोट पहिरो नियन्त्रण गर्न ५२ करोड बजेट विनियोजन

बाजुराको अम्कोट पहिरो नियन्त्रण गर्न ५२ करोड बजेट विनियोजन

Share:WhatsAppFacebookX (Twitter)Telegram
बाजुराको अम्कोट पहिरो नियन्त्रण गर्न ५२ करोड बजेट विनियोजन

बाजुरा । बाजुराको साँफे–मार्तडी सडकखण्डअन्तर्गत अम्कोटमा पहिरो नियन्त्रण तथा सडक सुधारका लागि ५२ करोड ३१ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ। वर्षौंदेखि पहिरोका कारण सडक अवरुद्ध हुने र स्थानीय बासिन्दाले जोखिमपूर्ण जीवन बिताउनुपर्ने समस्या समाधान गर्ने उद्देश्यले सरकारले उक्त बजेट छुट्याएको हो। संघीय सरकारको पूर्वाधार विकास मन्त्रालयले चालु आर्थिक वर्षदेखि आयोजना अघि बढाउने गरी बजेट विनियोजन गरेको जनाएको छ। आयोजना सडक डिभिजन कार्यालय साँफेबगर, अछाममार्फत कार्यान्वयन गर्ने तयारी गरिएको छ। अहिले आयोजना टेन्डर प्रक्रियामा रहेको र निर्माण अघि बढाउनुअघि प्राविधिक डिजाइन पुनरावलोकन गरिने जनाइएको छ। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालका विज्ञ सल्लाहकार इन्जिनियर दिनेश रावतका अनुसार लागत अनुमान तयार भइसकेको छ। डिजाइन पुनः जाँच गरी आवश्यक परिमार्जन गरेपछि टेन्डर प्रक्रिया अघि बढाइनेछ। आयोजनाको काम बहुवर्षीय ठेक्कामार्फत सम्पन्न गर्ने योजना रहेको छ। बाजुराको अम्कोट क्षेत्रमा पहिरोको समस्या लामो समयदेखि कायम छ। पहिरोका कारण साँफे–मार्तडी सडकमा यातायात सञ्चालन प्रभावित हुँदै आएको छ भने बुढीगंगा नगरपालिका–१ स्थित अम्कोट गाउँका बासिन्दासमेत जोखिममा छन्। पहिरोले खेतीयोग्य जमिन कटान गर्नुका साथै केही घरमा पनि क्षति पुर्‍याएको छ। यस क्षेत्रमा सडकको तल्लो भागमा बूढीगंगा नदीले कटान गरिरहेको छ भने अर्कोतर्फ त्रिवेणी नगरपालिकाको पैमा क्षेत्रमा पहिरोको जोखिम छ। नदी कटान र पहिरोको दोहोरो समस्याले सडकलाई सुरक्षित राख्न चुनौती थपिएको छ। विगतमा वर्षायामका बेला अम्कोट क्षेत्रमा महिनौँसम्म यातायात अवरुद्ध हुने गरेको थियो। विशेषगरी २०७७ र २०७९ सालमा पहिरोका कारण करिब चार महिनासम्म सडक सञ्चालन हुन सकेको थिएन। २०७७ भदौमा सडक भासिँदा एक जनाको ज्यानसमेत गएको थियो। अम्कोट पहिरोको दीर्घकालीन समाधानका लागि यसअघि पनि अध्ययन गरिएको थियो। २०७९ सालमा भूगर्भविद्को टोलीले गरेको अध्ययनपछि उक्त क्षेत्रमा सडक निर्माण तथा व्यवस्थापनका लागि करिब तीन अर्ब रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको थियो। ठूलो लागत लाग्ने देखिएपछि पहिरो नियन्त्रण र सडक सुधारको काम लामो समयसम्म अघि बढ्न सकेको थिएन। यसपटक बजेट विनियोजन भएपछि स्थानीय बासिन्दामा समस्या समाधान हुने आशा पलाएको छ। स्थानीय वसन्त थापाले लामो समयदेखि पहिरो नियन्त्रण र सडक सुधारका लागि बजेट माग गर्दै आएको बताउँदै अब विनियोजित रकमअनुसार काम अघि बढ्नुपर्ने बताए। उनका अनुसार बजेट छुट्याउनु सकारात्मक भए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन आवश्यक छ। साँफे–मार्तडी सडक बाजुराको सदरमुकाम मार्तडीलाई अन्य क्षेत्रसँग जोड्ने प्रमुख मार्ग हो। यसै सडकबाट हुम्ला र मुगुका बासिन्दासमेत आवतजावत गर्ने भएकाले अम्कोटको पहिरो नियन्त्रणले धेरै क्षेत्रको यातायातमा सहजता ल्याउने अपेक्षा गरिएको छ। वर्षायाममा सडक अवरुद्ध हुँदा बिरामीलाई अस्पताल पुर्‍याउन, खाद्यान्न तथा दैनिक उपभोग्य वस्तु ढुवानी गर्न र यात्रु आवतजावतमा समस्या हुँदै आएको छ। सडक जोखिमपूर्ण हुँदा दुर्घटनाको सम्भावना पनि रहन्छ। ५२ करोडभन्दा बढी बजेट विनियोजन भए पनि पहिरोको जोखिम कति कम हुन्छ भन्ने कुरा निर्माणको प्राविधिक योजना र कार्यान्वयनमा निर्भर रहनेछ। अब डिजाइन पुनरावलोकन, टेन्डर प्रक्रिया र निर्माण कार्य समयमै अघि बढाउनु सम्बन्धित निकायका लागि महत्त्वपूर्ण हुनेछ। The post बाजुराको अम्कोट पहिरो नियन्त्रण गर्न ५२ करोड बजेट विनियोजन appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

युक्रेन युद्ध अन्त्य गर्न कूटनीतिक प्रयास जारी, सम्झौताको नजिक पुगेको ट्रम्पको संकेत
ताजा खबरJust now

युक्रेन युद्ध अन्त्य गर्न कूटनीतिक प्रयास जारी, सम्झौताको नजिक पुगेको ट्रम्पको संकेत

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीचको युद्ध अन्त्य गर्ने शान्ति सम्झौता लामो समयपछि पहिलो पटक सम्भावनाको नजिक पुगेको बताएका छन् । उनले वार्ता संवेदनशील अवस्थामा रहेकाले रुसमाथि थप प्रतिबन्ध लगाउँदा कूटनीतिक प्रयास प्रभावित हुन सक्ने उल्लेख गरे ।  ह्वाइट हाउसबाट दक्षिण क्यारोलिना प्रस्थान गर्नुअघि बुधबार पत्रकारहरूसँग कुरा गर्दै उनले सम्झौताको सम्भावना बढेका बेला प्रतिबन्ध लगाउनु उचित नहुने बताए । आवश्यक ...

फरकधार
अमेरिकामा हराइरहेकी नर्स ममता काफ्लेबारे हामीलाई अहिलेसम्म के–के थाहा छ ?
ताजा खबरJust now

अमेरिकामा हराइरहेकी नर्स ममता काफ्लेबारे हामीलाई अहिलेसम्म के–के थाहा छ ?

अमेरिकाको भर्जिनियामा नेपाली नर्स ममता काफ्ले भट्ट बेपत्ता भएको दुई वर्षभन्दा बढी भइसकेको छ । उनकी एक वर्ष नपुगेकी छोरी अहिले तीन वर्षकी भइसकेकी छन् । तर, ममता कहाँ छिन्, उनीमाथि के भयो र उनको शव कहाँ छ भन्ने प्रश्नको उत्तर अझै भेटिएको छैन । ममताका श्रीमान् नरेश भट्टमाथि भने श्रीमतीको हत्या गरेको, शव लुकाएको र शवको अपमान गरेको अभियोगमा प्रिन्स ...

फरकधार
एनपीएलका खेललाई आइसीसीबाट ’लिस्ट ए टी–२०’ को मान्यता
ताजा खबरJust now

एनपीएलका खेललाई आइसीसीबाट ’लिस्ट ए टी–२०’ को मान्यता

काठमाडौं । आइसीसीले नेपाल प्रिमियर लिग (एनपीएल)का खेललाई ’लिस्ट ए टी–२०’को मान्यता दिएको छ । आइसीसीले एनपीएलका सबै खेललाई लिस्ट ए टी–२० को मान्यता प्रदान गर्ने निर्णय गरेको हो । यसअघि आइसीसीले एनपीएललाई आधिकारिक मान्यता प्रदान गरेको थियो । नेपाल क्रिकेट संघले एनपीएल तेस्रो सिजनका सबै खेलले लिस्ट एको मान्यता पाएको जानकारी दिएको छ । त्यस्तै एनपीएलमा पहिलोपटक डीआरएस प्रविधि पनि यसपटक लागू ...

कर्पोरट खबर
बहुप्रतिभाका धनी दुर्गा लामिछाने
ताजा खबरJust now

बहुप्रतिभाका धनी दुर्गा लामिछाने

बुटवल। नवलपरासीको बर्दघाट नगरपालिका कार्यालयमा हलुका सवारी चालकको रूपमा कार्यरत छन् दुर्गा लामिछाने । सोही पालिकाका स्थायी बसोबासी उनलाई नगरबासीले अर्कै रूपमा पनि चिन्छन्– सर्पको उद्धारकर्ता । बर्दघाट क्षेत्रमा घरभित्र... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play