बहसमा बेनी बजार : सदरमुकाम सार्ने कि संरक्षण गर्ने ?

म्याग्दी । कालीगण्डकी नदीको कटान र पहिरोको जोखिम बढ्दै गएपछि म्याग्दीको सदरमुकाम बेनी बजारको भविष्यबारे बहस सुरु भएको छ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री एवं म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य महावीर पुनले जोखिम न्यूनीकरणका लागि बजारको संरक्षण गर्ने वा सदरमुकाम नै सुरक्षित स्थानमा स्थानान्तरण गर्ने विषयमा छलफल गर्न प्रस्ताव गर्नुभएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीमा शुक्रबार (आज) आयोजित जनप्रतिनिधि तथा कार्यालय प्रमुखहरूसँगको छलफलमा मन्त्री पुनले प्राकृतिक विपद्को उच्च जोखिममा रहेका बस्तीको दीर्घकालीन सुरक्षाका लागि वैकल्पिक उपाय खोज्नुपर्ने बताउनुभयो । “अब सदरमुकाम कहाँ सार्ने भनेर छलफल गर्नुपर्यो,” उहाँले भन्नुभयो, “प्रोटेक्सन गर्ने कि सार्ने, त्यो छलफल गरौँ।”जोखिमयुक्त स्थानमा संरचना निर्माण र संरक्षणका काम गरे पनि प्राकृतिक विपद्को जोखिम पूर्ण रूपमा हटाउन नसकिने उल्लेख गर्दै उहाँले बेनी बजारको सुरक्षाबारे दीर्घकालीन दृष्टिकोण बनाउनुपर्ने धारणा राख्नुभयो । जोखिम हो की त्रास मात्र ? असोज ८ देखि ११ गतेसम्म परेको निरन्तर वर्षापछि कालीगण्डकी नदीमा आएको बाढीले बेनी नगरपालिका–८ गणेशटोल क्षेत्रमा निर्माण गरिएको पक्की तटबन्ध भत्काएको छ । त्यस्तै, बेनी बजारको कुनातर्फ रहेको भिरालो पाखामा जमिन चर्किएर पहिरो खस्न थालेपछि बजार क्षेत्रको सुरक्षाबारे चिन्ता बढेको छ । बेनी नगरपालिकाका प्रमुख सुरत केसीले नदी कटान र पहिरोबाट भएको क्षतिबारे जानकारी गराउँदै सदरमुकामलाई सुरक्षित राख्न सङ्घीय र प्रदेश सरकारको सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँका अनुसार नदी कटानसँगै भिरालो जमिनमा पहिरो जाने क्रमले जोखिम थपिएको छ । भूगर्भविद्हरूले पनि जोखिमका सङ्केत देखाएको उल्लेख गर्दै उहाँले आगामी वर्षायामअघि नै रोकथामका उपाय अवलम्बन गर्नुपर्नेमा जोड दिनुभयो । “सदरमुकामको बस्ती र यहाँका बैंक अर्को वर्षायाममा यहाँ नरहने अवस्था आउन नदिन मानसिक र भौतिक रूपमा रोकथाम गर्न सकिने बजेटका लागि माथिल्लो सरकारसँग अपेक्षा राखेका छौँ,” नगरप्रमुख केसीले भन्नुभयो । पुनर्निर्माण र पुनःस्थापनाका लागि सङ्घीय सहयोग मन्त्री पुनले कालीगण्डकी, भोटेकोशी र बुढीगण्डकी नदी बेसिनमा बाढीपहिरोबाट क्षति पुगेका निजी आवास तथा भौतिक संरचनाको पुनर्निर्माण र पुनःस्थापनाका लागि सरकारले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत काम अघि बढाएको जानकारी दिनुभयो । प्रभावित क्षेत्रको वास्तविक अवस्था पहिचान गर्न तथ्याङ्क सङ्कलन र तीनै तहका सरकारबीच समन्वय आवश्यक रहेको उहाँको भनाइ थियो ।“तीनै तहका सरकारको साझेदारी र सहकार्यमा पुनर्निर्माण र पुनःस्थापनाको काम अघि बढाएका छौँ । सङ्घीय सरकारले उपलब्ध स्रोतसाधन परिचालनमा विभेद र कन्जुस्याइँ गर्दैन,” मन्त्री पुनले भन्नुभयो । उहाँका अनुसार पछिल्लो विपद्बाट प्रभावित स्थानीय तहलाई पहिलो चरणमा तीन वर्गमा विभाजन गरी क्रमशः २० लाख, ३० लाख र ४० लाख रुपैयाँका दरले बजेट पठाउने निर्णय भइसकेको छ । बर्खाअघि काम सक्न स्रोत परिचालनमा जोड गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली र हरिबहादुर भण्डारीले विपद् प्रभावित क्षेत्रको पुनर्निर्माण तथा जोखिम न्यूनीकरणका लागि प्रदेश सरकारका तर्फबाट आवश्यक सहयोगका लागि भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँहरूले स्पष्ट कार्ययोजना बनाएर आगामी वर्षायामअघि नै आवश्यक काम सम्पन्न गर्ने गरी स्रोतसाधन परिचालन गर्न सङ्घीय सरकारले अग्रसरता लिनुपर्ने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी गणेश गैरेले विपद्को समयमा गरिएका पूर्वतयारी, राहत वितरण र उद्धारका गतिविधिबारे जानकारी गराउँदै अब पुनर्निर्माण तथा पुनःस्थापनाका लागि पर्याप्त बजेट जुटाउनु प्रमुख चुनौती बनेको बताउनुभयो । छलफलमा म्याग्दीमा क्रियाशील राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि तथा सरकारी कार्यालयका प्रमुखहरूले हालसम्म भएका काम र आगामी योजनाबारे सुझाव प्रस्तुत गरेका थिए । बाढी र पहिरोको जोखिम बढिरहेका बेला बेनी बजारलाई सुरक्षित बनाउने विषयमा तत्कालीन रोकथामका उपायसँगै दीर्घकालीन रणनीति आवश्यक देखिएको छ । सदरमुकामलाई हालकै स्थानमा संरक्षण गर्ने वा अन्यत्र स्थानान्तरण गर्ने भन्ने विषयमा भने विस्तृत अध्ययन, जोखिमको मूल्याङ्कन र सरोकारवालाबीचको छलफलबाट निर्णय लिनुपर्ने देखिन्छ ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

दिल्ली प्रहरीले ककरोच पार्टीका संस्थापक अभिजित दीपकेलाई बनायो ‘बेपत्ता’
भारतको ककरोच जनता पार्टी (सीजेपी) ले आफ्ना संस्थापक नेता अभिजित दीपकेलाई दिल्ली प्रहरीले अज्ञात स्थानमा लगेको दाबी गरेको छ। सीजेपीले सामाजिक सञ्जाल एक्समा लेखेको छ, ‘दिल्ली प्रहरीले अभिजित दीपकेलाई अज्ञात स्थानमा लगेको छ। उनीसँग हाम्रो सम्पर्क टुटेको छ। उनलाई आफ्ना वकिलहरूसँग कुरा गर्न अहिलेसम्म अनुमति दिइएको छैन। यो सरकारले युवा... ...

जाडोयाममा युक्रेनका लाखौँ नागरिक फेरि विस्थापित हुने जोखिममा
काठमाडाैँ । रुसको आक्रमणपछि घर फर्किएका लाखौँ युक्रेनी नागरिक आगामी जाडोयाममा पुनः विस्थापित हुन सक्ने जोखिममा रहेको संयुक्त राष्ट्रसंघले चेतावनी दिएको छ । संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) का अनुसार... ...

१० बजे १० समाचार : राष्ट्रपतिले जारी गरे अध्यादेश, प्रचण्ड–माधव हेरेको हेर्यै
काठमाडौँ। आज मिति २०८३ साल असोज महिनाको ३० गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति रातोपाटी ब्रिफिङमा १० बजे १० समाचार लिएर हाजिर भएका छौँ- मन्त्रिपरिषद्का... ...

एनपीएलमा ‘डीआरएस आउँदै’
नेपाल क्रिकेट संघका सचिव पारस खड्काले तेस्रो सिजनको एनपीएलमा ‘डिसिजन रिभ्यु सिस्टम’ (डीआरएस) लागु गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाए । ...


