Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

बहराइनस्थित अमेरिकी सैन्य राडारमा सफल ड्रोन आक्रमण गरिएको इरानको दाबी

Share:WhatsAppFacebookX (Twitter)Telegram
बहराइनस्थित अमेरिकी सैन्य राडारमा सफल ड्रोन आक्रमण गरिएको इरानको दाबी
Photo / Coverage: टक्सार

काठमाडौँ । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आइआरजिसी)ले आफ्नो वायुसेनाले बहराइनको रिफा एयर बेस भित्र रहेको अमेरिकी हवाई प्रतिरक्षा प्रणालीको राडारलाई आक्रमण गरेको जनाएको छ । ६ ओटा ड्रोनमार्फत सफलतापूर्वक निशाना बनाएको दाबी गरेको आइआरजिसीको दाबी छ । यो जानकारी आइआरजिसी निकट समाचार संस्था फार्स न्युज एजेन्सीले सार्वजनिक गरेको हो । बहराइनको गृह मन्त्रालयले पछिल्ला केही घण्टायता सम्भावित सुरक्षा खतराबारे चेतावनी जारी गर्दै नागरिकहरूलाई सुरक्षित आश्रयस्थलमा जान आग्रह गरे लगत्तै इरानको यो दाबी आएको हो । फार्सले प्रकाशित गरेको वक्तव्यमा आइआरजिसीले होर्मुज जलमार्ग अझै बन्द रहेको दाबी गरेको छ । साथै, अमेरिकाले उक्त समुद्री मार्गबाट जहाजहरूलाई सुरक्षित रूपमा आवतजावत गराउन असफल भएको आरोप पनि लगाएको छ । वक्तव्यमा अमेरिकाबाट हुने कुनै पनि आक्रामक कदमको जवाफ अझ “कडा र विनाशकारी“ ढङ्गले दिने चेतावनीसमेत दिइएको छ । यद्यपि, अमेरिकी सैन्य कमाण्ड सेन्ट्रल कमाण्डले हालसम्म इरानको यस दाबीबारे कुनै आधिकारिक प्रतिक्रिया जनाएको छैन । यो समाचार स्वतन्त्र रूपमा पुष्टि भइसकेको छैन र घटनाबारे थप विवरण तथा आधिकारिक पुष्टि आउन बाँकी छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
Latest NewsJust now

रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान

काठमाडौँ । ठाकुरप्रसाद शर्मा प्रतिष्ठानले गोरखापत्र दैनिकका पूर्वप्रधानसम्पादक एवं वरिष्ठ पत्रकार कमलप्रसाद रिजाललाई रु २५ हजार राशिको मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान अर्पण गर्ने निर्णय गरेको छ । सो प्रतिष्ठान कार्य... ...

रातोपाटी
स्पेसएक्सको स्टारसिप पहिलोपटक ‘चपस्टिक्स’को सहायताले सुरक्षित अवतरण
Latest NewsJust now

स्पेसएक्सको स्टारसिप पहिलोपटक ‘चपस्टिक्स’को सहायताले सुरक्षित अवतरण

काठमाडौं । अन्तरिक्ष विज्ञान र एलन मस्कको अन्तरिक्ष अभियानको इतिहासमा स्पेसएक्सले एक ऐतिहासिक सफलता हासिल गरेको छ । लामो र चुनौतीपूर्ण अन्तरिक्ष यात्रापछि कम्पनीको स्टारसिप अन्तरिक्षयान प्रक्षेपण टावरमा जडित यान्त्रिक पाखुरा (चपस्टिक्स)को सहायताले सुरक्षित रूपमा समातिएको छ । यो सफलताले अन्तरिक्षयात्रीलाई चन्द्रमा र मंगल ग्रहसम्म पुर्‍याउने लक्ष्यतर्फ ठूलो प्राविधिक उपलब्धि हासिल भएको छ । यस परीक्षण उडानका मुख्य उपलब्धि र चुनौतीहरूमा ...

केन्द्रबिन्दु
राष्ट्रपति पौडेल दिउँसो ४ बजे गौरीघाटमा छठ पूजा गर्न जाने
Latest NewsJust now

राष्ट्रपति पौडेल दिउँसो ४ बजे गौरीघाटमा छठ पूजा गर्न जाने

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल आइतबार दिउँसो ४ बजे गौरीघाटमा छठको पूजा गर्न जाने कार्यक्रम तय भएको छ । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले राष्ट्रपति पौडेल दिउँसो ४ बजे गौरीघाटस्थित छठ... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play