बर्दघाटमा सशस्त्र प्रहरीले बनायो लिंगेपिङ

परासी । दसैँ–तिहारको उल्लास बढाउने र स्थानीय समुदायसँगको सहकार्य बढाउने उद्देश्यले सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा तालिम शिक्षालय बर्दघाटले विभिन्न स्थानमा लिङ्गेपिङ निर्माण गरेको छ । शिक्षालयको टोलीले पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ स्थित नगरपालिका टोल र बाढीपीडित टोलमा बालबालिका तथा स्थानीयवासीका लागि लिङ्गेपिङ निर्माण गरेको हो । शिक्षालयका प्रमुख एवम् सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक सुधीर सुवेदीले नागरिक र सुरक्षाकर्मीबीचको सामाजिक तथा भावनात्मक सम्बन्ध थप प्रगाढ बनाउनुका साथै नेपाली मौलिक संस्कृति र परम्पराको संरक्षण गर्ने उद्देश्यले पिङ निर्माण गरिएको बताए । सीमा सुरक्षा तथा नागरिकको रक्षाको जिम्मेवारी निर्वाह गर्नुका साथै समुदायका सुख–दु:खमा समेत साथ दिनु सशस्त्र प्रहरीको प्राथमिकता रहेको उनले बताए । सशस्त्र प्रहरीका सुरक्षाकर्मी आफैँ टोलमा पुगेर पिङ निर्माण गरिदिएपछि स्थानीयवासी उत्साहित भएका छन् । बालबालिका, युवा तथा बाढीपीडित क्षेत्रका बासिन्दा आफ्नै टोलमा पिङमा रमाएका छन् । केही समयअघिसम्म टोलटोलमा पिङ बनाएर रमाउने गरिन्थ्यो । दसैँमा एक पटक भए पनि भुइँ छोड्नुपर्ने मान्यता छ । तर पछिल्लो समय पिङ हराउँदै गएको छ । The post बर्दघाटमा सशस्त्र प्रहरीले बनायो लिंगेपिङ appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

वीरगन्जबाट ब्राउनसुगरसहित भारतीय नागरिक पक्राउ
मोटरसाइकल, लागुऔषध र पक्राउ परेका व्यक्तिलाई इलाका प्रहरी कार्यालय छपकैयामा बुझाइएको छ । ...

मासु खाँदा हड्डी अड्किए आफैँ निकाल्ने प्रयास नगर्न चिकित्सकको सुझाव
दसैँमा चिल्लो, पिरो र अमिलो खानेकुराको सेवन बढ्दा घाँटीमा जलन, एसिड रिफ्लक्स तथा निल्न असहज हुने समस्या देखिन सक्ने भएकाले खानपानमा सावधानी अपनाउन चिकित्सकले सुझाव दिएका छन् । बढी चिल्लो र... ...

सम्पदाका मौनसेवक : जसले वसन्तपुरका झिँगटीमा आफ्नो जवानी सुम्पे
काठमाडौँ । काठमाडौँको वसन्तपुर दरबार स्क्वायर प्राचीन कला–संस्कृतिको धरोहर हो । यहाँको नौ तले दरबार, विभिन्न कलात्मक मन्दिरले स्वदेशी तथा विदेशी पर्यटकलाई लोभ्याउने गर्दछ । नौ तले दरबार नजिकै पुगेर... ...

२८ सन्तानकी आमाको रहर
पन्ध्र वर्षको उमेरमा पहिलो सन्तान जन्माएकी बच्छीमाया कठेतको मातृत्व यात्रा ४७ वर्षको उमेरसम्म चल्यो। वर्षैपिच्छे गर्भवती हुने, सन्तान जन्माउने, हुर्काउने र घरधन्दामा जोतिने क्रममै उनका जीवनका अधिकांश वर्ष बिते। घाँस काट्न जाँदा होस् वा दाउरा बोकेर फर्कंदा, उनले सन्तान जन्माइन्। अस्पताल र स्वास्थ्यकर्मीको सहज पहुँच नभएको त्यो समयमा उनको जीवन मातृत्वको सुखभन्दा बढी सङ्घर्षको कथा बन्यो। इलाम नगरपालिका-५, बरबोटेकी ८४ वर्षीया ...


