बडादशैँको रौनक गाउँघरतर्फ सोझिएसँगै काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न

काठमाडाैं । नेपालीहरूको महान चाड बडादशैँ मनाउन लाखौँ सर्वसाधारण थातथलो फर्केसँगै संघीय राजधानी काठमाडौं उपत्यका प्रायः सुनसान बनेको छ । सधैँजसो तिब्र सवारी चाप र पैदलयात्रुको भीडभाडले भरिभराउ हुने उपत्यकाका मुख्य सडक, व्यापारिक केन्द्र र सार्वजनिक स्थलहरू यतिबेला चकमन्न देखिएका छन् । विजयादशमी नजिकिएसँगै काठमाडौं उपत्यकामा अध्ययन, रोजगारी तथा विभिन्न पेशा-व्यवसायका सिलसिलामा बसोवास गर्दै आएका नागरिकहरू पर्व मनाउन आ-आफ्नो जन्मथलो फर्किएका हुन् । दशैँको घटस्थापनादेखि नै उपत्यकाका मुख्य नाकाहरू थानकोट, जगाती, दक्षिणकाली र टोखा हुँदै लामो तथा छोटो दूरीका सवारीसाधनमार्फत यात्रुहरू बाहिरिने क्रम तिब्र बनेको थियो । सधैँ ट्राफिक जामको सास्ती खेप्नुपर्ने नयाँ बानेश्वर, कोटेश्वर, माईतीघर, चाबहिल, रत्नपार्क तथा कलंकीलगायतका व्यस्त चोकहरूमा सवारी आवागमन नगण्य बनेको छ । सडकमा फाट्टफुट्ट निजी तथा सार्वजनिक यातायातका साधन मात्रै गुडिरहेका छन् भने दैनिक खुल्ने अधिकांश पसल, व्यवसाय र सरकारी तथा गैरसरकारी कार्यालयहरू सार्वजनिक बिदाका कारण बन्द छन् । सडकमा सवारी चाप उल्लेख्य रूपमा घटेसँगै उपत्यकाको ट्राफिक व्यवस्थापन सहज देखिएको छ । यद्यपि सर्वसाधारण गाउँ गएपछि रित्ता बनेका घर तथा बस्तीहरूमा हुनसक्ने चोरी, लुटपाट र आपराधिक घटना नियन्त्रणका लागि काठमाडौं उपत्यका प्रहरी कार्यालयले विशेष सुरक्षा योजना लागू गरेको छ । उपत्यकाका विभिन्न संवेदनशील क्षेत्र तथा आवासीय बस्तीहरूमा चौबीसै घण्टा सुरक्षा गस्ती र निगरानी बढाइएको छ । दशैँको मुख्य दिन टीका तथा त्यसपछिका केही दिनसम्म उपत्यकाको चहलपहल न्युन नै रहने र कोजाग्रत पूर्णिमापछि मात्रै सर्वसाधारण पुनः राजधानी फर्किन थाल्ने भएकाले आगामी केही दिनसम्म उपत्यकाको वातावरण यस्तै शान्त रहने अनुमान गरिएको छ ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

वीरगन्जबाट ब्राउनसुगरसहित भारतीय नागरिक पक्राउ
मोटरसाइकल, लागुऔषध र पक्राउ परेका व्यक्तिलाई इलाका प्रहरी कार्यालय छपकैयामा बुझाइएको छ । ...

मासु खाँदा हड्डी अड्किए आफैँ निकाल्ने प्रयास नगर्न चिकित्सकको सुझाव
दसैँमा चिल्लो, पिरो र अमिलो खानेकुराको सेवन बढ्दा घाँटीमा जलन, एसिड रिफ्लक्स तथा निल्न असहज हुने समस्या देखिन सक्ने भएकाले खानपानमा सावधानी अपनाउन चिकित्सकले सुझाव दिएका छन् । बढी चिल्लो र... ...

सम्पदाका मौनसेवक : जसले वसन्तपुरका झिँगटीमा आफ्नो जवानी सुम्पे
काठमाडौँ । काठमाडौँको वसन्तपुर दरबार स्क्वायर प्राचीन कला–संस्कृतिको धरोहर हो । यहाँको नौ तले दरबार, विभिन्न कलात्मक मन्दिरले स्वदेशी तथा विदेशी पर्यटकलाई लोभ्याउने गर्दछ । नौ तले दरबार नजिकै पुगेर... ...

२८ सन्तानकी आमाको रहर
पन्ध्र वर्षको उमेरमा पहिलो सन्तान जन्माएकी बच्छीमाया कठेतको मातृत्व यात्रा ४७ वर्षको उमेरसम्म चल्यो। वर्षैपिच्छे गर्भवती हुने, सन्तान जन्माउने, हुर्काउने र घरधन्दामा जोतिने क्रममै उनका जीवनका अधिकांश वर्ष बिते। घाँस काट्न जाँदा होस् वा दाउरा बोकेर फर्कंदा, उनले सन्तान जन्माइन्। अस्पताल र स्वास्थ्यकर्मीको सहज पहुँच नभएको त्यो समयमा उनको जीवन मातृत्वको सुखभन्दा बढी सङ्घर्षको कथा बन्यो। इलाम नगरपालिका-५, बरबोटेकी ८४ वर्षीया ...


