बडादशैँको महाष्टमीः भद्रकालीसहित देशभरका शक्तिपीठहरूमा श्रद्धालुको घुइँचो

काठमाडौं । अभिनेतृ तथा निर्देशक दीपाश्री निरौलाले वस्तु तथा सेवा खरिद गर्दा अनिवार्य रूपमा बिल लिने बानीले उपभोक्तालाई सचेत बनाउनुका साथै राज्यको कर प्रणालीलाई निष्पक्ष र पारदर्शी बनाउन सहयोग पुग्ने बताउनुभएको छ । आइतबार आयोजित ‘करदाता प्रोत्साहन कार्यक्रम’ अन्तर्गतका विजेता घोषणा सभामा बोल्दै निरौलाले प्रत्येक उपभोक्तालाई सामान तथा सेवा खरिद गर्दा बिल लिन आग्रह गर्नुभएको हो । कार्यक्रममा नियमित रूपमा खरिद बिल लिने उपभोक्तामध्येबाट १६ जना सामान्य विजेता र एक जना मुख्य बम्पर विजेता घोषणा गरिएको थियो । कार्यक्रममा एक उपभोक्ताले ३ हजार रुपैयाँ बराबरको खरिद बिलमार्फत १० लाख रुपैयाँको मुख्य पुरस्कार जित्नुभएको छ । कार्यक्रममा बोल्दै निरौलाले करदाता प्रोत्साहन प्रणालीमा कुनै पनि प्रकारको पक्षपात वा व्यक्तिगत पहुँचले काम नगर्ने बताउनुभयो । उहाँले प्रविधिमा आधारित पारदर्शी प्रणालीमार्फत विजेता छनोट हुने गरेको उल्लेख गर्नुभयो । ‘घोषणा भएका १६ जना विजेता र एक जना अहिलेसम्मकै ठूलो विजेता, जसले ३ हजार रुपैयाँको बिलबाट १० लाख रुपैयाँ जित्नुभएको छ । कति राम्रो ! सायद हामी पनि यो प्रक्रियामा सहभागी भएको भए जित्न सक्ने रहेछौँ,’ उहाँले भन्नुभयो । विजेता छनोटमा व्यक्तिगत चिनजान वा पहुँचभन्दा पनि प्रणालीले काम गर्ने उल्लेख गर्दै निरौलाले यस्तो कार्यक्रममा सहभागी हुन खरिद बिल लिनु आवश्यक रहेको बताउनुभयो । ‘यहाँ कसैलाई हेरेर यो मान्छे मेरो हो, त्यो मान्छे तेरो हो भनेर होइन, व्यवस्थित रूपमा सिस्टमले काम गरिरहेको रहेछ । यो सिस्टममा सहभागी हुनका लागि हामीले बिल लिने काम गर्नुपर्ने रहेछ,’ उहाँले भन्नुभयो । उहाँले आम नागरिकलाई आजैदेखि सचेत भएर खरिद बिल लिने बानी बसाल्न आग्रह गर्दै भन्नुभयो, ‘आज सुनिरहनुभएका सम्पूर्ण महानुभावहरूलाई मेरो आग्रह छ, आजैदेखि तपाईंहरू पनि सचेत हुनुहोस् । बिल लिनुहोस्, पैसा कमाउनुहोस् ।’ निरौलाले दैनिक उपभोग्य वस्तु तथा सेवा खरिद गर्दा बिल माग्ने सामान्य बानीले पनि उपभोक्तालाई पुरस्कार जित्ने अवसर प्रदान गर्नुका साथै कर प्रणालीलाई व्यवस्थित बनाउन योगदान पुर्याउने बताउनुभयो । ३ हजार रुपैयाँको सामान्य कारोबारबाटै १० लाख रुपैयाँसम्मको पुरस्कार जित्न सकिने उदाहरणले उपभोक्तालाई बिल लिन प्रोत्साहित गर्ने उहाँको भनाइ छ । उहाँले आम नागरिकलाई खरिद बिल लिने संस्कार विकास गरी वित्तीय अनुशासन कायम गर्न र पारदर्शी कर प्रणाली निर्माणमा सहयोग पुर्याउन अपिल गर्नुभयो ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

गाउँदेखि सहरसम्म रौनक
कमेरो र रातोमाटोले सिँगारिएका घर, गाउँमा ठडिएका लिंगे पिङ, घर फर्किनेको लर्को र शक्तिपीठमा भक्तजनको भीड। दसैँले नेपाली जनजीवनलाई उत्सवमय बनाएको छ। दसैँ नेपालीको घरआँगनमा भित्रिसकेको छ। आश्विन शुक्ल पक्षको महाअष्टमीसँगै दसैँको उल्लास गाउँदेखि सहरसम्म फैलिएको छ। घरको सरसफाइ र रङरोगनदेखि पिङ हाल्ने, किनमेल गर्ने र परदेशबाट घर फर्किने चटारोसम्मले दसैँको आगमनलाई थप उत्सवमय बनाएको छ। दसैँमा घर सिँगार्ने परम्परा अझै पनि ...

भीमफेदीको बाँदरेभीरमा गाडी दुर्घटना : ११ यात्रु घाइते, ५ जना गम्भीर
काठमाडौंबाट हेटौंडातर्फ आइरहेको बा.प्र०३-००१ ज ०६७४ नम्बरको गाडी भित्तामा ठोक्किएर नालामा खसेको थियो । ...

थाइल्याण्डको गाँजा नेपालसम्म ओसार्न म्यानमारका भरिया
काठमाडौँ । थाइल्याण्डमा उत्पादन भएको गाँजा म्यानमारका भरिया प्रयोग गरेर हवाई मार्ग हुँदै काठमाडौँ ल्याउने र काठमाडौँलाई ट्रान्जिट बनाएर भारततर्फ तस्करी हुन्छ भन्दा धेरैलाई अनौठो लाग्न सक्छ । लागु पदार्थ... ...

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन
म्याग्दी । सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरबाङ सडकको फापरखेत खण्डमा वैकल्पिक मार्ग प्रयोग गरी सडक सञ्चालन भएको छ । बेनी–नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा रहेको फापरखेतमा शनिबार अपराह्नदेखि सुरु भएको पहिरो नरोकिएपछि मङ्गला गाउँपालिकाले पखेर–बरञ्जा–ज्यामिरे–सातबिसे–बाबियाचौरको सडक प्रयोग गरी यातायात सञ्चालन गरिएको हो । मङ्गला गाउँपालिका–३ का वडा सदस्य हरि ...


