Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

बझाङका गाउँगाउँमा क्रिकेटको लहर, खेतबारीमै प्रतिभा देखाउँदै युवा

Share:WhatsAppFacebookX (Twitter)Telegram
बझाङका गाउँगाउँमा क्रिकेटको लहर, खेतबारीमै प्रतिभा देखाउँदै युवा
Photo / Coverage: आर्थिक न्यूज

बझाङ । कुनै समय मोबाइल र टेलिभिजनको पर्दामा राष्ट्रिय टोलीको खेल हेरेर रमाउने बझाङका ग्रामीण क्षेत्रका युवा अहिले आफैँ मैदानमा उत्रिएर क्रिकेट खेल्न थालेका छन्। दसैँ, तिहार र छठको अवसरमा गाउँगाउँमा क्रिकेट प्रतियोगिता आयोजना हुन थालेपछि स्थानीय युवामा खेलप्रतिको आकर्षण बढ्दै गएको छ।

खेलमैदानको अभाव, सीमित स्रोतसाधन र सरकारी लगानीको कमीका बाबजुद बझाङका युवाले खेतबारी, खुला चौर तथा उपलब्ध खाली ठाउँलाई क्रिकेट मैदान बनाउँदै आफ्नो प्रतिभा देखाइरहेका छन्। पछिल्लो समय नेपाल प्रिमियर लिग (एनपिएल) ले क्रिकेटप्रतिको आकर्षण थप बढाएपछि जिल्लाका विभिन्न गाउँमा प्रतियोगिता विस्तार हुँदै गएको छ।

बाँस्काटिया युवा जागरण अभियानका क्रिकेट संयोजक चक्रजंग रोकायाको पहलमा यस वर्ष खप्तडछान्ना गाउँपालिकामा पहिलोपटक क्रिकेट प्रतियोगिता आयोजना गरिएको थियो।

दसैँ–तिहारको अवसरमा गाउँमा सांस्कृतिक तथा खेलकुद कार्यक्रम गर्ने तयारी भइरहेका बेला सुरु भएको प्रतियोगितामा बाँस्काटियाका १८ टोलीले नाम दर्ता गराएर प्रतिस्पर्धा गरेका थिए। मोबाइल र टेलिभिजनमा राष्ट्रिय टोलीको खेल हेर्दै आएका स्थानीय युवाका लागि आफ्नै गाउँमा क्रिकेट खेल्ने अवसर नयाँ अनुभव बनेको थियो।

खेतमा आयोजना गरिएको प्रतियोगितामा विभिन्न टोलीले उत्कृष्ट प्रदर्शन गरे। सामान्य मानिएका टोलीले समेत प्रतिस्पर्धात्मक खेल प्रस्तुत गरेपछि दर्शक उत्साहित बने। गाउँका किशोर तथा युवाले खेतबारी, बाटोघाटो र खुला ठाउँमा खेल्दै सिकेको क्रिकेटलाई प्रतियोगितामा उतारेका थिए।

क्रिकेट संयोजक रोकायाका अनुसार गाउँमा क्रिकेट खेल्ने प्रतिभा रहे पनि उनीहरूलाई अवसर दिने माध्यमको अभाव थियो।

‘हाम्रो खप्तडछान्ना गाउँपालिकामा पनि यस्तो प्रतिभा छ भन्ने हामीले कल्पना नै गरेका थिएनौँ। खेतबारी, बाटोघाटो र खुला ठाउँमा खेल्दै आएका युवा तथा किशोरको खेलले दर्शकको मन जित्यो। सामान्य भनिएका टोलीले पनि उत्तिकै राम्रो प्रदर्शन गरे। यो नै हामी आयोजकका लागि सफलता हो,’ उनले भने।

स्थानीयस्तरमा प्रतियोगिता आयोजना भएपछि गाउँका युवाले आफ्नो प्रतिभा देखाउने अवसर पाएका छन्। खेलप्रतिको रुचि र सहभागिता बढ्दै जाँदा आगामी दिनमा अझ व्यवस्थित प्रतियोगिता सञ्चालन गर्न सकिने आयोजकको विश्वास छ।

माझिगाउँमा पनि दुई दर्जनभन्दा बढी टोलीको सहभागिता

बाँस्काटियामा क्रिकेट प्रतियोगिता सम्पन्न भएको एक सातामै खप्तडछान्ना गाउँपालिका–४ माझिगाउँमा अर्को प्रतियोगिता आयोजना भयो। जिम्माल युवा क्लबले आयोजना गरेको उक्त प्रतियोगितामा दुई दर्जनभन्दा बढी टोली सहभागी भएका थिए।

प्रतियोगितामा विजेतालाई एक लाख ५० हजार रुपैयाँ र उपविजेतालाई ४० हजार रुपैयाँ पुरस्कार राखिएको थियो। आकर्षक पुरस्कार र स्थानीय युवाको सहभागिताले प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक बनाएको थियो।

जिम्माल युवा क्लबका संयोजक मुकेश रोकायाका अनुसार माझिगाउँमा विगत चार वर्षदेखि नियमित रूपमा क्रिकेट प्रतियोगिता आयोजना हुँदै आएको छ।

वडास्तरीय प्रतियोगितामा विभिन्न वडा तथा गाउँका टोली सहभागी हुने गरेका छन्। उत्कृष्ट खेलाडी छनोट गरेर बाहिरका प्रतियोगितामा सहभागी गराउने गरिएको उनले बताए।

‘वडास्तरीय प्रतियोगितामा वडा तथा गाउँबाट टोली प्रतिस्पर्धामा उत्रिन्छन्। यहाँबाट उत्कृष्ट खेलाडी छनोट गरेर बाहिरका प्रतियोगितामा सहभागी हुन्छौँ। त्यहाँबाट ट्रफी जितेर गाउँ फर्किंदा सबैलाई खुसी लाग्छ। यहाँ नियमित खेल भइरहँदा खेलाडी र गाउँ दुवैलाई फाइदा भएको छ,’ उनले भने।

स्थानीय क्लबको सक्रियताले क्रिकेटलाई गाउँको खेलकुद संस्कृतिका रूपमा स्थापित गर्न सहयोग पुगेको छ। नियमित प्रतियोगिताले खेलाडीलाई अभ्यास गर्ने, आफ्नो क्षमता पहिचान गर्ने र अन्य टोलीसँग प्रतिस्पर्धा गर्ने अवसर दिएको छ।

गाउँगाउँमा फैलिँदै क्रिकेट प्रतियोगिता

दसैँ, तिहार र छठको अवधिभर बझाङका दर्जनभन्दा बढी स्थानमा क्रिकेट प्रतियोगिता आयोजना भएका छन्। पहिले निश्चित ठाउँमा सीमित रहेको क्रिकेट अहिले ग्रामीण बस्तीमा समेत फैलिँदै गएको छ।

नेपाल क्रिकेट संघ (क्यान) बझाङका अध्यक्ष प्रविन्द्र धामीका अनुसार जिल्लाका बुंगल, दुर्गाथली, सुर्मा र जयपृथ्वी नगरपालिकामा क्रिकेट प्रतियोगिता सञ्चालन हुन थालेको एक दशकभन्दा बढी भइसकेको छ। पछिल्लो समय भने गाउँगाउँमा पनि प्रतियोगिता हुन थालेका छन्।

‘सुरुमा निश्चित ठाउँमा मात्रै हुने क्रिकेट प्रतियोगिता अहिले गाउँगाउँमा पनि हुन थालेका छन्। यसले जिल्लामा क्रिकेटप्रतिको आकर्षण बढेको देखाउँछ,’ उनले भने।

स्थानीय तह, युवा क्लब तथा विभिन्न अभियानको सहकार्यमा प्रतियोगिता आयोजना हुन थालेपछि क्रिकेटको पहुँच ग्रामीण क्षेत्रमा विस्तार हुँदै गएको धामीले बताए। खेलकुदलाई मनोरञ्जनका रूपमा मात्र नभई प्रतिभा पहिचान गर्ने र युवालाई सकारात्मक गतिविधिमा जोड्ने माध्यमका रूपमा लिन थालिएको उनको भनाइ छ।

एनपिएलपछि गाउँमा थप उत्साह

नेपाल प्रिमियर लिग (एनपिएल) सुरु भएपछि बझाङका गाउँमा क्रिकेटप्रतिको आकर्षण थप बढेको छ। एनपिएलको प्रभावसँगै तलकोट गाउँपालिकामा ‘तलकोट प्रिमियर लिग’ सञ्चालन हुन थालेको छ।

बर्सेनि लाखौँ रुपैयाँ पुरस्कार राखेर आयोजना हुने उक्त प्रतियोगिता कहिले पालिकास्तरीय त कहिले वडास्तरीय रूपमा सञ्चालन हुँदै आएको छ। स्थानीय तहको खेलकुद शाखाले सहयोग गर्न थालेपछि विभिन्न पालिकामा क्रिकेट प्रतियोगिता आयोजना गर्ने क्रम बढेको हो।

मष्टा गाउँपालिकाका शिक्षा तथा खेलकुद शाखा प्रमुख एवं शिक्षा अधिकृत पृथुराज जोशी स्थानीयस्तरमा पनि प्रतिभावान् खेलाडी हुन सक्ने भएकाले उनीहरूलाई आफ्नो क्षमता देखाउने अवसर दिन प्रतियोगिता आयोजना गरिँदै आएको बताउँछन्।

‘हाम्रा गाउँमा पनि प्रतिभावान् खेलाडी हुन सक्छन्। उनीहरूले आफ्नो प्रतिभा देखाउनका लागि खेल आयोजना गर्नुपर्छ भन्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्दै आएका छौँ,’ उनले भने।

उनका अनुसार वडासँगको सहकार्यमा खेलकुद क्षेत्रमा लगानी गर्ने गरिएको छ। स्थानीयस्तरमा प्रतियोगिता आयोजना हुँदा खेलाडीले आफ्नो क्षमता देखाउन पाएका छन् भने खेलप्रति समुदायको रुचि पनि बढ्दै गएको छ।

एनपिएलमा विभिन्न जिल्लाका खेलाडीले फरकफरक टोलीबाट खेल्ने अवसर पाएपछि ग्रामीण क्षेत्रका युवामा क्रिकेटप्रति आकर्षण बढेको छ। राष्ट्रिय तथा व्यावसायिक प्रतियोगितामा स्थानीय खेलाडीको सहभागिताले गाउँका युवालाई पनि क्रिकेटमा भविष्य खोज्न प्रेरित गरेको छ।

पिठातोला लायन्स किङ कोब्रा टोलीका खेलाडी कपिल जोशीका अनुसार एनपिएलपछि गाउँगाउँमा क्रिकेट प्रतियोगिता आयोजना गर्ने क्रम बढेको हो।

‘पहिले हामीलाई क्रिकेटप्रति खासै चासो हुँदैनथ्यो। एनपिएल सुरु भएपछि जताततै खेल हुन थाले। विभिन्न जिल्लाका राम्रा खेलाडीले पनि विभिन्न टोलीबाट खेल्ने अवसर पाए। त्यसपछि गाउँगाउँमा पनि क्रिकेट प्रतियोगिता हुन थाले,’ उनले भने।

खेलमैदानको अभाव, खेतबारीमै प्रतिभा

क्रिकेटप्रतिको आकर्षण बढ्दै गए पनि बझाङका विभिन्न गाउँमा व्यवस्थित खेलमैदानको अभाव छ। क्रिकेट खेल्न आवश्यक मैदान, पिच तथा अन्य पूर्वाधार नहुँदा खेलाडीले खेतबारी र खुला चौरमै अभ्यास तथा प्रतियोगिता सञ्चालन गर्नुपर्ने बाध्यता छ।

कपिल जोशीका अनुसार जिल्लाका गाउँमा क्रिकेटका लागि पर्याप्त मैदान छैनन्। सरकारले पनि आवश्यक पूर्वाधार निर्माणमा पर्याप्त लगानी गर्न सकेको छैन।

‘क्रिकेटका लागि कुनै ठाउँमा पनि व्यवस्थित मैदान छैन। सरकारले पर्याप्त लगानी गरेको छैन। तैपनि गाउँगाउँका प्रतिभा खेतमा देखिन थालेका छन्। यो सुखद पक्ष हो,’ उनले भने।

बझाङका गाउँमा परम्परादेखि भलिबल र देउडा सांस्कृतिक तथा खेलकुद गतिविधिका अभिन्न अङ्गका रूपमा रहँदै आएका छन्। गाउँका मेला, पर्व र उत्सवमा भलिबल प्रतियोगिता तथा देउडा कार्यक्रम आयोजना हुने चलन अझै कायम छ।

पछिल्लो समय भने क्रिकेट र ब्याडमिन्टनजस्ता खेलले पनि ग्रामीण क्षेत्रमा स्थान पाउन थालेका छन्। यसले गाउँका मेला तथा पर्वलाई थप विविध र आकर्षक बनाएको छ।

खप्तडछान्ना एकीकृत विकास मञ्चका अध्यक्ष पुष्पराज रोकाया ‘अक्षर खेती’का अनुसार बझाङका विभिन्न ठाउँका मेलामा भलिबल र देउडा अनिवार्यजस्तै हुने गरेका छन्। अहिले त्यससँगै क्रिकेट र ब्याडमिन्टनले पनि स्थान पाउन थालेका छन्।

‘बझाङका विभिन्न ठाउँका मेलामा भलिबल र देउडा अनिवार्यजस्तै छ। तर अहिले क्रिकेट र ब्याडमिन्टनले पनि प्रवेश पाएको छ। विभिन्न खेल आयोजना हुँदा मेला रोमाञ्चक बन्न थालेका छन्,’ उनले भने।

खेलमैदान र पूर्वाधारको अभावका बीच पनि बझाङका युवाले क्रिकेटलाई गाउँगाउँसम्म विस्तार गरिरहेका छन्। स्थानीय क्लब, युवा अभियान र पालिकाको सहकार्यमा प्रतियोगिता आयोजना हुन थालेपछि ग्रामीण क्षेत्रमा लुकेका प्रतिभाले आफ्नो क्षमता देखाउने अवसर पाएका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आर्थिक न्यूज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
कालीमाटीमा सानो गोलभेँडा प्रतिकिलो २० र सिताके च्याउ ९ सय रुपैयाँ पर्ने, कुनकाे मूल्य कति ? (सूचीसहित)
Economy & BusinessJust now

कालीमाटीमा सानो गोलभेँडा प्रतिकिलो २० र सिताके च्याउ ९ सय रुपैयाँ पर्ने, कुनकाे मूल्य कति ? (सूचीसहित)

काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजारमा सानो गोलभेँडाको मूल्य घटेर प्रतिकिलो औसत २० रुपैयाँमा झरेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले ...

अर्थडबली
नेपाल–फिनल्याण्ड आर्थिक साझेदारी विस्तारमा चेम्बरको जोड, सहकार्यका लागि चेम्बरको भूमिका महत्त्वपूर्ण : राजदूत पुहाक्का
Economy & BusinessJust now

नेपाल–फिनल्याण्ड आर्थिक साझेदारी विस्तारमा चेम्बरको जोड, सहकार्यका लागि चेम्बरको भूमिका महत्त्वपूर्ण : राजदूत पुहाक्का

काठमाडौं । नेपाल र फिनल्याण्डबीच आर्थिक तथा व्यावसायिक सम्बन्ध विस्तार गर्न नेपाल–फिनल्याण्ड चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रीले महत्त्वपूर्ण भूमिका खेल्न सक्ने नेपालका लागि फिनल्याण्डका राजदूत पेट्री पुहाक्काले बताएका छन् । नेपाल–फिनल्याण्ड चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रीको चौथो वार्षिक साधारणसभालाई सम्बोधन गर्दै राजदूत पुहाक्काले दुई देशबीच व्यापार, लगानी, नवप्रवर्तन, शिक्ष… ...

आर्थिक न्यूज
जब विद्यार्थीले नमूना विद्यालय हेरे...
Economy & BusinessJust now

जब विद्यार्थीले नमूना विद्यालय हेरे...

तुलसीपुर (दाङ) / दाङका विद्यार्थी, शिक्षक तथा अभिभावकले बिभिन्न जिल्लाका नमूना विद्यालयको स्थलगत अवलोकन गरेपछि आफ्नो विद्यालय सुधार गर्ने योजना अगाडि सारेका छन् । दाङको तुलसीपुरका ...

अर्थडबली
अस्ट्रेलियामा सामाजिक सञ्जाल र प्रविधि कम्पनीमाथि कडा कानुन, विश्वव्यापी आम्दानीको ५ प्रतिशतसम्म जरिवाना हुन सक्ने
Economy & BusinessJust now

अस्ट्रेलियामा सामाजिक सञ्जाल र प्रविधि कम्पनीमाथि कडा कानुन, विश्वव्यापी आम्दानीको ५ प्रतिशतसम्म जरिवाना हुन सक्ने

क्यानबेरा । अस्ट्रेलियाले सामाजिक सञ्जाल तथा ठूला प्रविधि कम्पनीहरूलाई प्रयोगकर्ताको अनलाइन सुरक्षाप्रति थप जिम्मेवार बनाउने उद्देश्यसहित नयाँ कानुन पारित गरेको छ । संसद्बाट पारित ‘डिजिटल ड्युटी अफ केयर’ नामक कानुनले अनलाइन सेवामार्फत हुने हानिकारक गतिविधि नियन्त्रण गर्न प्रविधि कम्पनीहरूलाई बाध्यकारी जिम्मेवारी तोकेको छ । नयाँ कानुनअनुसार प्रयोगकर्ताको सुर… ...

आर्थिक न्यूज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement