बङ्गालको खाडीमा नयाँ चक्रवात विकसित हुँदै, नेपालमा असर पर्छ ?

काठमाडौं । बङ्गालको खाडीमा विकसित हुँदै गरेको नयाँ चक्रवातले नेपालको मौसममा तत्काल उल्लेखनीय प्रभाव पार्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हालको मौसम अवस्थाको विश्लेषण गर्दा चक्रवातका कारण नेपालमा तत्काल ठूलो मौसमी परिवर्तन हुने संकेत देखिएको छैन। महाशाखाले चक्रवातको अवस्थालाई निरन्तर निगरानी गरिरहेको जनाएको छ। मौसममा कुनै परिवर्तन देखिए आवश्यकताअनुसार थप सूचना तथा अद्यावधिक विवरण सार्वजनिक गरिने महाशाखाले स्पष्ट पारेको छ। महाशाखाले सर्वसाधारण तथा सम्बन्धित निकायलाई पछिल्लो मौसम पूर्वानुमान र आधिकारिक सूचना नियमित रूपमा हेर्न आग्रह गरेको छ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






